समाज

    Showing ७,५९१-७,६०० of ११,२७९ items.
  • कोशी प्रदेशमा लक्ष्य अनुसार राजस्व सङ्कलन

    इटहरी। कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१र८२ को अर्धवार्षिक समीक्षा अवधिमा लक्ष्य अनुसार राजस्व सङ्कलन गरेको छ । चालु आवमा चार अर्ब ५८ करोड रुपियाँ राजस्व आम्दानी हुने अनुमान गरेकोमा अर्धवार्षिक अवधि माघ मसान्तसम्म ५० प्रतिशतभन्दा बढी दुई अर्ब ४५ करोड रुपियाँ आम्दानी गरेको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले जानकारी दिनुभयो । प्रदेशको आर्थिक अवस्थाबारे मन्त्री रानाले कोशी प्रदेश सभालाई जानकारी गराउँदै राजस्व आम्दानी अझ बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भ्यु टावर, पार्क, रिफ्रेसमेन्ट सेन्टर जस्ता आयोजनालाई निजी क्षेत्रसँग साझेदारी गरेर राजस्व आम्दानी गर्ने आधार बना

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • २३१ पटक पढिएको
  • ताप्लेजुङमा पक्राउ परेका १५ मध्ये १४ जना बाहिरी जिल्लाका

    इटहरी । ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर विरेन्द्रचोकमा नो केबलकार र प्रहरी बिच भएको झडपको क्रममा १५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक प्रेस विज्ञप्ति जारी गर्दै आपराधिक उपद्रव र हुलदङ्गा गर्ने अभियोगमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्ने १५ जना मध्ये ताप्लेजुङका एक जना मात्र रहेका छन् । अन्य सबै जिल्ला बाहिरका रहेका छन् । जसमा चार जना महिला रहेका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं। १ निवासी ४५ वर्षका नवीन पोमू रहेका छन् । यस्तै फिदिम नगरपालिका ११ पाँचथर निवासी २२ वर्षका एमन राई, फालेलुङ गाउँपालिका

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • १२८ पटक पढिएको
  • कोशी प्रदेश खेलकुद महोत्सव–२०८१ को तयारी पूरा

    इटहरी । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव–२०८१ को तयारी पूरा भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आइतबार सामाजिक विकास मन्त्रालय विराटनगरमा पत्रकार सम्मेलन गर्दै फागुन १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने खेल महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो ।  कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ९पर्शुराम० ले बोर्डको २६औँ बैठकको निर्णय अनुसार बोर्डको वार्षिक कार्यक्रममा विभिन्न खेल सम्मिलित खेलकुद महोत्सवको सम्पूर्ण तयारी सम्पन्न भएको बताउनुभएको छ । बस्नेतले महोत्सवमा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडीको सहभागिता हुने बताउँदै महोत्सव आयोजना गर्न झण्डै १ करोड ७८ लाख रुप

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • २९५ पटक पढिएको
  • माछा मार्ने क्रममा करेन्ट लागेर २० वर्षीय युवकको मृत्यु

    इटहरी । झापामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–३ का २० वर्षीय सुशील लिम्बू रहेका छन् । बुद्वशान्ति गाउँपालिका–१ नमुना बस्तीस्थित दामा खोलामा बिजुलीको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • ३७२ पटक पढिएको
  • धरानमा प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ

    इटहरी । धरान १७ स्थितबाट प्रतिबन्धित औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र। १–०२–०४० प ५६०४ नम्बरको स्कुटर चालक धरान ११ का १९ वर्षीय योगेन राई र स्कुटर पछाडि सवार २१ वर्षीय खेम यादवलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ट्रामाडोल ९०५ क्याप्सुल र स्पास्पेन ९०६ ट्याब्लेट बरामद गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • २६७ पटक पढिएको
  • ताप्लेजुङ फुङ्लिङमा अनिश्चितकालीन निषेध आदेश जारी

    इटहरी । ताप्लेजुङ फुङ्लिङमा अनिश्चितकालीन निषेध आदेश जारी गरिएको छ । आइतबार बिहान ५ बजे देखि अर्को आदेश नआए सम्मको लागि निषेध आदेश जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस र स्थानीय स्तरमा हुलदङ्गा, झडप साथै प्रतिकुल स्थितिको सृजना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिका कारण निषेध आदेश जारी गरेको जानकारी गराएको छ । आइतबार बिहान ५ बजे देखि अर्को आदेश नभए सम्मको लागि चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ ृसंशोधन सहिते को दफा ६ को उपदफा ३ ृके बमोजिम निषेधित क्षेत्रमा पाँच जना भन

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • ३०३ पटक पढिएको
  • पथरीशनिश्चरे खण्डमा कालोपत्रे हुँदै

    इटहरी। हिउँदमा धुलो र वर्षायाममा हिलो खेपिरहेका मोरङको पथरीशनिश्चरे शिविरडाँडाबाट शनिश्चरे बजार–गान्धी आश्रम–टकुवा हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहन मार्गका उपभोक्ताको खुसी फर्किएको छ । पाँच वर्षदेखि लथालिङ्ग भएको सडकमा निर्माण कम्पनीले धमाधम काम गर्न थालेपछि खुसी फर्किएको हो । सम्झौता अनुसार सडक २०८० सालको भदौ मसान्तमा कालोपत्रे गरिसक्नुपर्ने थियो । निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनले तोकिएको मिति सकिएको १५ महिनापछि काम थालेको पथरीशनिश्चरे नगरपालिका वडा नं। ९ का वडाध्यक्ष वीरबहादुर राईले बताउनुभयो । राईका अनुसार विद्युत्को पोल स्थानान्तरणमा समस्या भएकाले एकातर्फ मात्र कालोपत्रे भइरहेको छ

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • २९५ पटक पढिएको
  • भोजपुरको कावाखोलामा पक्की पुल निर्माण सम्पन्न

    इटहरी । जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने कावाखोलामा पुल निर्माण सम्पन्न भएको हो । पुल नहुँदा वर्षौँबाट समस्या झेल्दै आएका स्थानीयवासीलाई पुल बनेपछि सहजता भएको छ । स्टिल ट्रस ओपन फाउन्डेसन, एक स्पानमा निर्माण भएको पुल ४६ मिटर लम्बाइ, छ मिटर चौडाइ र एक दशमलव २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्नेगरी निर्माण गरिएको कोशी प्रदेश, प्रादेशिक स्थानीय सडक पुल सहयोग एकाइले जनाएको छ । पुल भ्याटसहित रु। चार करोड ६२ लाख ७४ हजार नौ सय १० लागतमा निर्माण भएको हो । कावाखोलामा पुल

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • २४५ पटक पढिएको
  • लोपोन्मुख रेडपान्डा सम्बन्धी पुस्तक विमोचन

    इटहरी । लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेको दुर्लभ रेडपान्डाको विषयमा लेखिएको ‘हाब्रे’ नामक पुस्तक इलाममा विमोचन गरिएको छ। रेडपान्डा नेटवर्क र दीपज्योति युवा क्लबले प्रकाशन गरेको पुस्तकमा रेडपान्डासम्बन्धी जानकारीमूलक विभिन्न १६ लेख समेटिएको छ। पुस्तकको इलाम जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, कोशी प्रदेश सरकारको वन मन्त्रालयका सचिव विशाल घिमिरेलगायतले सामूहिक रूपमा विमोचन गर्नुभएको थियो। इलाम, पाँचथर, ताप्लेजुङलगायत १३ जिल्लामा विश्वकै दुर्लभ वन्यजन्तु रेडपान्डा संरक्षणका कार्यक्रम सञ्चालनमा रहेको र यसलाई नेपाली नाम हाब्रे दिएर प्रकाशन गरिएको पुस्तकका सम्पादक तथा नेपाल पत्रकार महासङ्घ शाख

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • ११९ पटक पढिएको
  • क्रिकेट प्रशिक्षक शर्मा नगदसहित सम्मानित

    इटहरी । लक्ष्मी उप्रेती ब्यक्तित्व वर्ष पुरस्कार प्रतिष्ठान विराटनगरले विराटनगरमा क्रिकेट प्रशिक्षक एवं खेलाडी विजयकुमार शर्मालाई नगद पुरस्कारसहित सम्मान गरेको छ। नेपालमा क्रिकेट खेल विकासमा उल्लेख्य योगदान गरेवापत शर्मालाई आइबातर एक लाख एक सय रुपियाँ सहित सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । विराटनगरमा २०३७ सालमा भएको जय ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा २७ विकेटको कीर्तिमानी इतिहास बनाउनुभएका शर्माले लामो समय नेपाली क्रिकेट खेलमा योगदान पुर्‍याउनुभएको थियो । हाल भेट्रान क्रिकेट एसोसिएसनको अध्यक्ष रहनु भएका शर्मा काठमाडौँ निवासी हुनुहुन्छ । उहाँलाई  प्राध्यापक कविराज न्यौपानेले पुर

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • २३४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]