समाज

    Showing ७,७३१-७,७४० of ११,२७९ items.
  • पूर्वपश्चिम राजमार्ग विस्तार तीव्र, निर्माण कार्यले गति लिँदै

    इटहरी। एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र रूपमा भइरहेको छ । सडक विस्तारका लागि २०८० कात्तिक २ गते सम्झौता भई माघ १९ गतेदेखि काम सुरु भएको हो । एक वर्षको अवधिमा ११ प्रतिशत भौतिक र ६।५५ प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना निर्देशनालय ९एडिबी० का निर्देशक चूडाराज ढकालका अनुसार माघ १९ मा काम सुरु भए पनि रुख कटान, बिजुलीका पोल सार्ने, खानेपानीका पाइप स्थानान्तरण गर्ने, केबल नेटका तार हटाउनेलगायतका कामले साइट क्लियर गर्न  बढी समय खर्च भयो । अझ असोजसम्म परेको काम गर्न ‘डिस्टर्ब’ भयो । उहाँले अब समग्रमा मासिक ३।५ प्रतिशतको भौतिक

    • प्रकाशित मितिः माघ २२, २०८१
    • २७५ पटक पढिएको
  • ऐतिहासिक टक्सार संकटमा, मौलिकता बचाउन संरक्षणको खाँचो

    इटहरी ।  औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यतिबेला संरक्षणको पर्खाइमा छ । यहाँ बनेका कलात्मक शैलीका घरहरु खण्डहर बनेसँगै यो स्थानको मौलिकतासमेत मेटिँदै गएको छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र टक ९डोली पैसा० छाप्ने टक्सार बजार केही वर्षयता सुनसान छ । यहाँ निर्माण भएका धातुका सामानहरु देश विदेशमा परिचित छन् । राणाकालीन समयमा नेपालभर आवश्यक पर्ने टक ९डोली पैसा० छापिएको ऐतिहासिक बजार हो टक्सार । भोजपुर सदरमुकाम नजिकै रहेको टक्सार कुनै समय व्यापारिक केन्द्रको रुपमा स्थापित बजार पनि हो । यस बजारको

    • प्रकाशित मितिः माघ २२, २०८१
    • १६० पटक पढिएको
  • नो केबलकार समूहद्वारा ताप्लेजुङ सडकखण्ड रुख ढालेर अवरोध

    इटहरी। ताप्लेजुङमा अवस्थित पाथिभरा देवीको मन्दिरमा केबुलकार बनाउन थालेपछि त्यसको विरोधमा उत्रेको नो केबलकार समूहले सडकमा रुख ढालेर अवरोध गरेको छ । आम हड्तालको आह्वान गरेको समूहले मङ्गलबार मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्डमा रुख ढालेर सडक अवरुद्ध गरिएको हो । सडकमा अवरोध सिर्जना गरिएपछि राति बिरामी लिएर सदरमुकाम आउँदै गरेका एम्बुलेन्स बाटैमा रोकिएको छ । सुत्केरी व्यथा लागेर स्थानीय स्वास्थ्य चौकीमा प्रसुती गराउन नसकिए पछि हिलिहाङ २ देखि फिदिम ल्याइँदै गरेको हिलिहाङ १ की कल्पना जोगी तामाङलाई बोकेको एम्बुलेन्स सडमै रोकिँदा बिरामीको बिचल्ली भएको हो । पाथिभरामा केबकार निर्माण प्रकृयाको विरोध ग

    • प्रकाशित मितिः माघ २२, २०८१
    • १६९ पटक पढिएको
  • ताप्लेजुङमा भरुवा बन्दुकसहित एक पुरुष पक्राउ

    इटहरी । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका १ स्थितबाट एक नाल भरुवा बन्दुकसहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय बिर्खराज राई रहेका छन् । राईले घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेका छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी नायव उपरीक्षक रवि रावलसहितको प्रहरी टोलीले पक्राउ गरेको हो । राईको घर खानतलासी गर्दा लुकाईछिपाई राखेको अवस्थामा एक नाल भरुवा बन्दुक फेला परेकोसँगै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भरुवा बन्दुकसहित पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २१, २०८१
    • ३४३ पटक पढिएको
  • वडाध्यक्ष कप क्रिकेटमा भण्टाबारी च्याम्पियन

    इटहरी । सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरमा सम्पन्न वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको उपाधि भण्टाबारीले जितेको छ ।  सम्पन्न फाइनल खेलमा भोक्राहालाई ५ विकेटले पराजित गर्दै कोशी क्रिकेट क्लब भण्टाबारी दोस्रो वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको च्याम्पियन बनेको हो । फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ् गर्दै भोक्राहाले १८ औं ओभरमा अल आउट हुँदै ५९ रनको योगफल तयार पारेको थियो । ६० रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ् गरेको भण्टाबारीले १० औं ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । भण्टाबारीलाई च्याम्पियन गराउन सकिल अहमदले सर्वाधिक ४ विकेट लिए भने सहवाज आलम र आल्मिन आलमले २–२ विकेट

    • प्रकाशित मितिः माघ २१, २०८१
    • ३९७ पटक पढिएको
  • वराहक्षेत्र नगरपालिका, ऐतिहासिक र धार्मिक सम्पदाको संरक्षण र सौन्दर्यीकरणमा तीन तहको सरकारको संयुक्त प्रयास

    इटहरी। सुनसरीको वराहक्षेत्र नगरपालिका क्षेत्रमा तिनै तहका सरकार ऐतिहासिक, पुरातात्त्विक तथा पौराणिक महत्त्व बोकेका धार्मिक सम्पदाका संरक्षण, प्रवर्धन र सौन्दर्यीकरणका काममा लागेका छन् । नगर क्षेत्रका धार्मिक स्थलमा दैनिक रूपमा देशविदेशबाट धार्मिक पर्यटक दर्शनका लागि आउने गरेका छन् । भारतको विहार प्रदेशसँग नजिकको दुरीमा रहेको छ वराहक्षेत्र नगर । यहाँ विहारबाट उल्लेखनीय रूपमा तीर्थालु, व्रतालु तथा धार्मिक पर्यटक वराहक्षेत्र, चतरा धाम, औलिया मठ र रामधुनी मन्दिरको दर्शन गर्न आउने गरेको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।  वराहक्षेत्र नगरपालिकामा रहेको औलिया मठ क्षेत्र, वराहक

    • प्रकाशित मितिः माघ २१, २०८१
    • ३४७ पटक पढिएको
  • सरस्वतीको मूर्तिबाट करोडको कारोबार

    इटहरी । सुनसरीमा सरस्वती पूजाका लागि एक हजारभन्दा बढी मूर्तिको कारोबार भएको छ । सुनसरीका मूर्तिकारका अनुसार एक हजार बढी मूर्ति बिक्री हुँदा एक करोडको आर्थिक कारोबार भएको छ । एक महिनाअघिदेखि आकर्षक रूपमा बनाएको मूर्तिबाट राम्रो आम्दानी गरेको इनरुवाका मूर्तिकार लक्ष्मण मेहताले बताउनुभयो । आफूहरूलाई एक महिनादेखि भ्याइनभ्याइ भएकोमा सोमबार सरस्वती पूजा हुने भएकाले आइतबार मात्रै एक सयभन्दा बढी मूर्ति आफूले बिक्री गर्दा पाँच लाखको कारोबार भएको मेहताले बताउनुभयो । सरस्वती पूजाका लागि विद्यालय, शैक्षिक संस्था र व्यक्तिले समेत मूर्ति लाने भएकाले सोचेभन्दा राम्रो आम्दानी भएको अर्का मूर्तिकार सञ्जय चौधरील

    • प्रकाशित मितिः माघ २१, २०८१
    • २९४ पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    इटहरी । झापाको पूर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ जुकेकल्भर्टमा सोमबार बिहान ४ः३० बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ४प ९५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा झापा गाउँपालिका ६ शरणामती निवासी ५० वर्षीय  हरिप्रसाद सिटौला गम्भीर घाइते हुनुभएको थियो । घाइते सिटौलाको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याउन साथ बिहान ५ बजे चिकित्सकले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।    

    • प्रकाशित मितिः माघ २१, २०८१
    • १८८ पटक पढिएको
  • ओखलढुङ्गा जिल्ला अदालतको सेवा नवनिर्मित सुविधासम्पन्न भवनबाट सुरु

    इटहरी। ओखलढुङ्गा जिल्ला अदालतको सेवा नवनिर्मित सुविधासम्पन्न भवनबाट सुरु भएको छ । हालै निर्माण सम्पन्न भएको अदालतको सुविधासम्पन्न भवनबाट सोमबारदेखि सेवा दिन थालिएको हो । नवनिर्मित भवनबाट जिल्ला अदालतको सेवा प्रारम्भ भएको जिल्ला न्यायाधीश गिरिराज गौतमले बताउनुभयो । नयाँ भवनबाट सेवा प्रवाह प्रभावकारी र सहज हुने विश्वास गरिएको न्यायाधीश गौतमको भनाइ छ । यसअघि भएको अदालतको पुरानो भवनबाट सेवा प्रवाह गर्न भौतिक रुपमा कठिनाइ रहेकोले नयाँ भवनमा कर्मचारीलाई कार्य सम्पादन गर्न र सेवाग्राहीलाई सेवा लिन सहज हुने न्यायाधीश गौतमले बताउनुभयो । २०७९ असार १९ गते ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भएको ३२ महिन

    • प्रकाशित मितिः माघ २१, २०८१
    • १११ पटक पढिएको
  • प्याब्सन स्पोर्ट्स मिटको उपाधि एभरेष्ट र पूर्वाञ्चल ऐकेडमीलाई

    विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोट्र्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैचा नगरपालिका ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमीले जितेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आइतबार राती सम्पन्न प्रतियोगितामा उच्च मावि (सिनियरतर्फ) एभरेष्टले ३ स्वर्ण, ३ रजत र १ कास्य पदक ल्याएर उपाधि जितेको हो । त्यसैगरी कक्षा १० सम्मको जुनियरतर्फ पूर्वाञ्चल एकाडेमीले ६ स्वर्ण, ३ रजत र ४ कास्य पदकसहित ४० अंकको साथ उपाधि जितेको छ । त्यस्तै जुनियरतर्फ ४ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित २९ अंक ल्याएर सुन्दरहरैचामा रहेको बाल प्रतिभा स्कुल द्धितीय भएको छ ।

    • प्रकाशित मितिः माघ २१, २०८१
    • २५२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]