समाज

    Showing ७१-८० of १०,२३६ items.
  • एक वर्षमा नौ करोड ८४ लाख १४ हजार बराबरको सागसब्जी निर्यात

    इटहरी।  भारत, बङ्गलादेश र अमेरिकामा गरी एक वर्षमा नौ करोड ८४ लाख १४ हजार बराबरको सागसब्जी निर्यात भएका छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले एक वर्षमा पूर्वी नाका काँकडभिट्टाबाटबाट उक्त सागसब्जी निर्यात गरेको जनाएको हो । आर्थिक वर्ष २०८२/८३ मा छ हजार ५१९ मेट्रिक टन बन्दागाभी, सिमी र हरियो खुर्सानी निर्यात भएको हो ।बन्दागोभी छ हजार २०१ मेट्रिक टन भारत निर्यात हुँदा नौ करोड ४७ लाख ६२ हजार विदेशी मुद्रा प्राप्त भएको छ । यसैगरी, हरियो खुर्सानी एक लाख ७६ हजारको र टमाटर एक लाख १७ हजारको बङ्गलादेश निर्यात भएको हो । सोही अवधिमा २६० मेट्रिक टन सिमी अमेरिका निर्यात हुँदा पाँच लाख ९९ हजार

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १२६ पटक पढिएको
  • गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्‍याली

    इटहरी। बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ की तीन  वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा आज काँकरभिट्टामा र्‍याली भएको छ । जनचेतना महिला केन्द्रको आयोजनामा मेचीनगर नगरपालिका क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र विद्यार्थीको सहभागिता रहेको विरोध र्‍यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो । र्यालीमा ‘हत्या हिंसा बन्द गर, अन्याय अब सहिन्न, बलात्कारीलाई फाँसी दे, गरिमालाई न्याय दे’ जस्ता नारा लगाइएको थियो । र्‍यालीपछि आयोजित कोणसभालाई जनचेतना केन्द्रकी संयोजक राधाप्रधान कार्की र विद्यार्थीले सम्बोधन गरेका थिए ।

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ७५ पटक पढिएको
  • सहरको कोलाहलबाट टाढा विराट पोखरी, किन बन्दैछ पर्यटकको रोजाइ

    इटहरी  : बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच शान्त वातावरणको खोजी गर्नेहरूको रोजाइ बन्दै गएको छ, झापाको बिर्तामोड नगरपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिकस्थल विराट पोखरी।बिर्तामोड बजारबाट करिब चार किलोमिटर दक्षिणमा रहेको यो पोखरी क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटक, विद्यार्थी तथा धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ। शनिबार र सार्वजनिक बिदाका दिन यहाँ घुम्न आउनेको उल्लेखनीय भीड लाग्ने गरेको स्थानीय बताउँछन्। स्थानीय सोमनाथ अधिकारीका अनुसार फुर्सदको समय बिताउन मात्र होइन, परिवारसहित घुम्न र प्राकृतिक वातावरणको आनन्द लिन पनि आगन्तुक विराट पोखरी पुग्ने गरेका छन्। ‘शनिबार र आइतबार

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ३७ पटक पढिएको
  • विमानस्थल निर्माण अलपत्र, जग्गामा स्थानीयको घाँस खेती

    इटहरी। उदयपुरमा निर्माण गर्ने भनिएको सगरमाथा आन्तरिक विमानस्थलका लागि छुट्याइएको जग्गा विस्तारै अतिक्रमणको जोखिममा परेको छ । बजेट अभावका कारण विमानस्थल निर्माणको काम अघि नबढेपछि खुला रहेको उक्त जग्गामा स्थानीयले विभिन्न प्रयोजनका लागि प्रयोग गर्न थालेका छन् ।त्रियुगा नगरपालिका–१ र २ अन्तर्गतको सामुदायिक वन क्षेत्रका १५७ हेक्टर जग्गा विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको थियो । सो क्रममा करिब २६ प्रजातिका झण्डै १५ हजार रुख कटान गरी विमानस्थल निर्माणका लागि जग्गा खाली गरिएको थियो । तर पछिल्लो समय वन क्षेत्रका रुख कटान र काठ बिक्रीबाहेक विमानस्थल निर्माणसँग सम्बन्धित अन्य काम पूर्ण रूपमा रोकिए

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ६३ पटक पढिएको
  • उन्नत भैँसी खोज्दै किसान, अनुसन्धान केन्द्रमा स्रोत अभाव

    इटहरी। भैँसीपालनमा किसानको आकर्षण बढ्दै गए पनि उन्नत जातका भैँसी सहज रूपमा उपलब्ध नहुँदा किसान समस्यामा परेका छन् । दुधजन्य सामग्री तथा मासुको बजार राम्रो भएसँगै किसान भैँसीपालनतर्फ आकर्षित भएका हुन् । उन्नत जातका भैँसी सहज रूपमा उपलब्ध नहुँदा किसान समस्यामा परेका बताइएको छ । भैँसीपालनका लागि किसानले अनुसन्धान केन्द्र तथा सरकारी फार्ममा सम्पर्क गर्ने गरे पनि माग अनुसार भैँसी उपलब्ध गराउन नसकिएको राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रम तरहराका वैज्ञानिक पवनकुमार झाले बताउनुभयो । उहाँका अनुसार पछिल्ला एकदुई वर्षयता भैँसीपालनमा किसानको रुचि बढेको छ । तराईका साथै पहाडी जिल्लाबाट समेत उन्नत जातका

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ६२ पटक पढिएको
  • जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    इटहरी। वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेइ सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेइबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो । यससँगै जिल्लामा जेइ सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । हालसम्म चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ । उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेइ परीक्षणलाई बढाइनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको उहाँले जानकारी दिनुभ

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ९६ पटक पढिएको
  • लगानीमा जोडिँदै विद्यार्थी

    इटहरी।  इलामको रोङ गाउँपालिकाले विद्यार्थीलाई आर्थिक कारोबारमा जोड्न थालेको छ । विद्यार्थीलाई बचत गर्ने बानी विकास गरी उच्च शिक्षा अध्ययनमा सहज बनाउने उद्देश्यले गाउँपालिकाभित्र अध्ययनरत विद्यार्थीलाई आर्थिक कारोबारमा जोड्न थालेको हो । मासिक रूपमा बाल बचत कार्यक्रममा विद्यार्थीलाई समावेश गराएको गाउँपालिकाले विद्यार्थीलाई सेयर बजारमा समेत जोडेको छ । दुई हजार १२९ जना विद्यार्थीको बाल बचत खाता सञ्चालन गरिएको छ । गाउँपालिकाले पहिलो चरणमा उद्यमशीलता कार्यक्रम अन्तर्गत ४६० विद्यार्थीको डिम्याट खाता खोलिसकेको छ भने १५८ विद्यार्थीको सिआरएन लिङ्कसमेत आइसकेको छ । अहिले विद्यार्थीका नाममा विभिन

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ५२ पटक पढिएको
  • किसान उत्साहित

    इटहरी।  गएको आर्थिक वर्षमा विदेशी मुद्रा आर्जनमा अब्बल बनेको अलैँची यस वर्ष पनि टिप्न सुरु भएको छ । इलामको तल्लो क्षेत्रका किसानले जिर्मले जातको अलैँची टिप्न थालेका हुन् । तातो तथा पारिलो क्षेत्रमा लगाइने यो अलैँची धमाधम टिप्न थालिएको रोङ गाउँपालिकाका किसानले बताएका छन् ।रोङ गाउँपालिकाका सबै जसो वडामा जिर्मले जातको अलैँची लगाइएको छ । पालिकाका सबै जसो वडामा अलैैैँची टिप्न सुरु भएको रोङ गाउँपालिकाका गुरु किसानसमेत रहनुुभएका वडा–३ का किसान राम आचार्यले बताउनुुभयो । गत वर्ष १६ मन अलैँची बेचेका आचार्यले यस वर्ष सात मन नयाँ तयारी अलैँची बेचिसक्नुभएको छ । ५० रोपनी जमिनमा अलैँची लगाएका आचार्यले य

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ३९ पटक पढिएको
  • सुविधा र प्रविधियुक्त बस सेवा सञ्चालन

    इटहरी। अत्याधुनिक प्रविधिसहितको ताप्लेजुङ–काठमाडौँका लागि लक्जरी बस सेवा सञ्चालनमा ल्याइएको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङबाट बिहीबारदेखि औपचारिक रुपमा वस सेवा आरम्भ गरिएको हो ।जय पाथीभरा माता एसी बस सेवा प्रालिमार्फत ताप्लेजुङबाट फिदिम हुँदै तमोर करिडोर–सिन्धुलीममार्फत काठमाडौँसम्मका लागि ६ ओटा अत्याधुनिक बस सेवा सञ्चालनमा आएको हो । पछिल्लो समयमा यात्रुहरूको माग अनुसार प्रविधि सहितको सुविधा सम्पन्न बस सेवा सञ्चालनमा ल्याइएको ताप्लेजुङका बुकिङ इन्चार्ज मिथुन पालुङ्वा लिम्बूले जानकारी दिनुभयो । सुरक्षालाई मध्यनजर गर्दै बसभित्र सीसीटीभीमार्फत यात्रु तथा यात्रुका सामाग्रीको निगरानी, निःशुल्क वाइ

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ७० पटक पढिएको
  • खाना पकाउने ग्याँस सहज नभएपछि इलाममा जिल्ला प्रशासन कार्यालयको निगरानीमा ग्याँस वितरण

    इटहरी।  खाना पकाउने ग्याँस सहज नभएपछि इलाममा जिल्ला प्रशासन कार्यालयको निगरानीमा ग्याँस वितरण गरिएको छ । इलाम  सदरमुकाममा आज आइपुुगेको ३६५ वटा सिलिन्डरलाई सदरमुकाममा रहेका पाँचवटा डिलर मार्फत उपभोक्तालाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरि थापाले जानकारी दिनुुभयो । मेची राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक सडकबाट ग्याँस ढुवानी गर्दा दुुई हजार छ सय रुपियाँसम्म तिर्नु परेको गुनासो आएपछि प्रशासनले ग्याँस डिलरमा निगरानी बढाएको हो । आज आएको ग्याँस भने ग्याँस कम्पनीकै गाडीबाट सदरमुकाम झरेकाले प्रति सिलिन्डर दुुई हजार ६० रुपियाँमा ग्याँस वितरण गरिएको थापाले बताउनुुभय

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • १८० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]