समाज

    Showing ८,०११-८,०२० of ११,२७९ items.
  • तीव्र गतिको बसले ठक्कर दिँदा विराटनगरमा एक महिलाको मृत्यु

    इटहरी । विराटनगरमा तीव्र गतिको बसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । प्रदेश १–०१–००१ ख ४४८३ नम्बरको बसले ठक्कर दिँदा बाटो क्रस गर्दै गरेकी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा विराटनगर–१४ की अन्दाजी ५५ वर्षीया हक्री खातुन रहेकी छन् । विराटनगरको रानीबाट बसपार्कतर्फ आउँदै गरेको तीव्र गतिमा गुडिरहेको बसले सोमबार साँझ करिब ६ बजेतिर ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न बस र चालक विराटनगर–१७ का ४५ वर्षीय सोमराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १, २०८१
    • १६९ पटक पढिएको
  • आइसिपीसँग जोड्ने सडक विस्तारको तयारी

    इटहरी  । विराटनगर–१८ स्थित एकीकृत जाँच चौकी आइसिपीलाई कोशी राजमार्गसँग जोड्ने ‘लिङ्क रोड’ चार लेनमा विस्तार गर्ने योजना अन्तिम चरणमा पुगेको छ । आइसिपी क्षेत्रसँगै कार्गो रेलको नेपाल कस्टम यार्ड रहेको छ । कार्गो रेलमार्फत आयात हुने सामान ढुवानीका लागि आइसिपीदेखि कोशी राजमार्गसम्मको दुरी ४।४ किलोमिटर छ । दुई लेनको सडकबाट सामान ढुवानी गर्ने ठुला मालवाहक सवारी आवतजावतमा असहज हुँदै आएपछि यसको विस्तार योजना अगाडि बढाइएको हो । विराटनगर ९रानी–धरान० कोशी राजमार्ग छ लेनमा विस्तार भइसकेको छ । औद्योगिक कच्चा बोकेर आउने मालवाहक सवारीसाधन साबिक रानी भन्सार क्षेत्रभन्दा पाँच किलोमिटर पूर्व आइसिपीमा सरेप

    • प्रकाशित मितिः माघ १, २०८१
    • १९६ पटक पढिएको
  • सुन्दरहरैँचामा थारू संस्कृतिको संरक्षण गर्न महोत्सव

    इटहरी ।  जिल्लाको सुन्दरहरैँचा नगरपालिका–४ रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा आजदेखि माघ ७ गतेसम्म ‘माघी महोत्सव’ हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका अवसरमा नगरको दुलारीस्थित हवेली टोलमा रहेको थारू सङ्ग्रहालय परिसरमा साताव्यापी महोत्सव हुन लागेको हो । ‘कृषि, उद्योग, व्यापार र पर्यटनको समृद्धि–सभ्यता पहिचानसहितको संस्कार र संस्कृति’ भन्ने मूल नाराका साथ आजदेखि महोत्सव सुरु भएको महोत्सवका संयोजक तेजनारायण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा थारू खानपिन, परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, प्रदर्शनीलगायत करिब ७० भन्दाबढी कक्ष रहन छन् । संयोजक चौधरीले माघेस

    • प्रकाशित मितिः माघ १, २०८१
    • १२१ पटक पढिएको
  • मदन भण्डारी अस्पतालमा सिटी स्क्यान सेवा

    इटहरी। मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सिटी स्क्यान सेवा सुरु भएको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले सेवा उद्घाटन गर्नुभएको हो ।  सो अवसरमा स्वास्थ्यमन्त्री राईले गणतन्त्रको लाभ निम्न वर्गले अझै लिन नसकिरहेको बताउनुभयो । उहाँले निजी अस्पतालले कृत्रिम विवरण बनाएर अस्पताल नवीकरण गर्न कागजात पेस गर्ने तर असाहय, अपाङ्ता भएका, सडक मानव र विपन्न वर्गका बिरामीको विवरण बुझाउन नसकेको बताउनुभयो । अस्पताल दर्ता ऐनले तोकेको मापदण्ड अनुसार अस्पतालको शøया सङ्ख्याका आधारमा निश्चित प्रतिशत विपन्न वर्गका बिरामीको उपचार गर्नु पर्छ तर कुनै

    • प्रकाशित मितिः माघ १, २०८१
    • ७९ पटक पढिएको
  • देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो

    सुनसरी। धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रुपमा परिचित बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी धाम, कालीगण्डकीलगायत नदीमा मकर सङ्क्रान्ति स्नान गर्ने भक्तजनको भीड लागेको छ । आज उत्तरायण सुरु हुने दिन भएकाले स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिने भएकाले बिहानदेखि यी क्षेत्रमा भक्तजनको भीड लागेको हो । सुनसरीको प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र–१ चतराधामस्थित वराहक्षेत्र मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । सोमबार साँझदेखि नै धामी–झाँक्रीसहित ठूलो सङ्ख्यामा भक्तजन स्नान गर्न र पूजापाठ गर्न आएको बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबह

    • प्रकाशित मितिः माघ १, २०८१
    • ८० पटक पढिएको
  • रवि अझै कम्तीमा दुई दिन हिरासतमा रहने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोमबार पनि न्यायीक हिरासतमा पठाइएको छ । सोमबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई बुधबार अदालतमा पेस गर्न आदेश दिएको छ । प्रहरीले काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सहित ४४ जना विरुद्ध  मुद्दा दर्ता गरेको थियो । उक्त सहकारीबाट अपचलन भएको रकम सहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो म

    • प्रकाशित मितिः पुस २९, २०८१
    • २८७ पटक पढिएको
  • सोलुखुम्बुमा हिमपात, सडक अवरुद्ध

    इटहरी । सोलुखुम्बुमा हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा हिमपात भएपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु हुँदै लामजुरासम्मको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । सडक अवरुद्ध भएपछि प्रहरी सहायक निरीक्षक मोहनप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको छ । सडक खुलाउन समय लाग्ने उनले बताए। सडकमा हिउँमा चिप्लिएर सवारीसाधन दुर्घटना हुने सम्भावना भएकाले पताले, लामाजुरालगायत क्षेत्रमा यात्रा गर्ने सबैलाई सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ । माथिल्लो सोलुखुम्बुमा यसअघि नै हिमपात भए तल्लो सो

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ३२८ पटक पढिएको
  • प्रान्तीय पुल सूचना व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

    इटहरी । नेपाल सरकार र स्वीस विकास सहयोग संस्था एसडिसिको सहकार्यमा आयोजित“मोटरेबल स्थानीय सडक पुल कार्यक्रम अन्तर्गत “प्रान्तीय पुल सूचना व्यवस्थापन प्रणाली“सम्बन्धी दुई–दिने तालिम सम्पन्न भएको छ । सुनसरीको इटहरीमा आयोजित तालिममा प्रान्तीय पुलहरूको प्रभावकारी व्यवस्थापन, अनुगमन र डाटाबेस व्यवस्थापन गर्ने क्षमतामा सुधार ल्याउने विषयमा सहभागिहरुलाइ प्रशिक्षण दिइएको  थियो । प्रदेश सरकारको पुल सम्वन्धी र अन्य सुचनाहरुलाई समेत व्यवथित गर्न नयाँ प्रविधिहरुलाइ प्रयोगमा ल्याउनु पर्ने समापन कार्याक्रममा कोशी प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयका प्रवक्ता रमेश कुमार श्रेष्ठले बताउनु भयो । तालिममा

    • प्रकाशित मितिः पुस २९, २०८१
    • १९८ पटक पढिएको
  • रोङमा अभिभावक शिक्षा ‘डिजिटल’ माध्यमबाट

    इटहरी  । इलामको रोङ गाउँपालिकाले अभिभावक शिक्षा प्रभावकारी बनाउन मोबाइल एप९डिजिटल० प्रर्णाली सुरु गरिएको छ। गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई विद्यालयप्रति रुचि बढाउनका लागि मासिक रुपमा अभिभावक पढाउँदै आएको गाउँपालिकाले अभिभावक शिक्षालाई थप प्रभावकारी बनाउनका लागि मोबाइल एप९डिजिटल० प्रणाली सुरु गरिएको हो । पालिकाको शिक्षा तथा युवा खेलकुद शाखाले बाल स्याहार, घरबाटै शिक्षा दिन र बालबालिकाको स्वास्थ्य सुधारका लागि मोबाइल एप निर्माण गरी अभिभावकको सबै विवरण एपबाटै अद्यावधिक गर्न सुरु गरेको शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख श्रुति तामाङले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः पुस २९, २०८१
    • २७९ पटक पढिएको
  • यातायात व्यवस्था कार्यालय रुम्जाटारको सेवा हर्कपुरमा विस्तार

    इटहरी  । ओखलढुङ्गाको रुम्जाटारमा रहेको यातायात व्यवस्था कार्यालयको सेवा हर्कपुरमा पनि विस्तार हुने भएको छ । करिब पाँच वर्षदेखि सिद्धिचरण नगरपालिका–४ रुम्जाटारमा सञ्चालित कार्यालयको सेवा अब जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेल हर्कपुरमा पनि विस्तार हुने भएको हो । गत पुस १९ गते बसेको मन्त्रीस्तरको बैठकले हर्कपुरमा सम्पर्क कार्यालय स्थापना गरी सवारी अस्थायी रुट परमिट जारी र ब्लुबुक नविकरण सेवा विस्तार गर्न यातायात व्यवस्था कार्यालय रुम्जाटार ओखलढुङ्गालाई पत्रचार गरिएको छ । हाल रुम्जाटारमा रहेको कार्यालयबाट मध्यपहाढी लोकमार्गमा चल्ने सवारी साधन तथा सिद्धिचरण लोकमार्ग सोलुखुम्बु–कटारी सा

    • प्रकाशित मितिः पुस २९, २०८१
    • १९४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]