समाज

    Showing ८,०५१-८,०६० of ११,२७९ items.
  • धनकुटाको राजारानिमा छैटौ चौविसे रनिङ कप फुटबल हुने

    इटहरी । धनकुटाको चौविसेमा खुल्ला पुरुष तथा महिला छैटौ रनिङ चौविसे कप फुटवल प्रतियोगिता हुने भएको छ । चौविसे गाउँपालिकाले पत्रकार सम्मेलननको आयोजना गरी चौविसे कप हुने जानकारी गराएको हो । चौविसे गाउँपालिका–२, मुढेवास स्थित त्रीवेणी खेल मैदानमा आगामी माघ १ गते देखि ४ गतेसम्म हुने भएको हो । प्रतियोगितामा चौविसे गाउँपालिका भित्रका पुरुष र महिलाको ८÷८ टिमको सहभागी रहने आयोजक चौबिसे गाउँपालिकाले जनाएको छ । खेलको बिजेता टिमले पुरुषतर्फ ६५ हजार र उपबिजेताले ३५ हजार रुपैया नगद, ट्रफ्री , मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै महिला तर्फ बिजेताले नगद ५० हजार र उपविजेताले ३५ हजार नगद ट्रफी , मेडल र प

    • प्रकाशित मितिः पुस २६, २०८१
    • १६८ पटक पढिएको
  • अपराध नियन्त्रणमा सहकार्य गरिने

    इटहरी। ताप्लेजुङ र पाँचथरका सुरक्षा निकायले अपराध नियन्त्रण तथा विपत् व्यवस्थापनमा सहकार्य गर्ने भएका छन्। दुवै जिल्लाका सुरक्षा अधिकारीको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले अपराध नियन्त्रण, विपत् व्यवस्थापनलगायतमा सहकार्य गर्ने निर्णय गरेको हो। दुई जिल्लाको सिमाना काबेलीमा बिहीबार बसेको अन्तर जिल्ला सुरक्षा समन्वयको बैठकले अपराध नियन्त्रण, विपत् व्यवस्थापनलगायतमा सहकार्य गर्ने निर्णय भएको बताइएको छ। सुरक्षा अधिकारीको बैठकले सुरक्षा समन्वय, अपराध नियन्त्रण, लागू औषध नियन्त्रणजस्ता विषयमा पनि दुई जिल्लाका सुरक्षा अधिकारीबिच समन्वयात्मक सम्बन्ध स्थापित गर्ने निर्णय भएको ताप्लेजुङका प्रमुख जिल्ला

    • प्रकाशित मितिः पुस २६, २०८१
    • १५४ पटक पढिएको
  • ताप्लेजुङमा मापसे जाँचमा कडाई

    इटहरी। ताप्लेजुङमा मादक पदार्थ सेवन मापसे जाँचमा कडाइ गर्न सुरु गरिएको छ। सवारी दुर्घटनालाई न्युनीकरण गर्न ट्राफिक प्रहरीले मापसे जाँचलाई कडाइ गर्न थालेको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले ब्रेथलाइजर मेसिनद्वारा मापसे जाँच गर्ने कार्यलाई तीब्र पारिएको जानकारी दिनुभयो। मापसे जाँचलाई तीब्र पारिएसँगै सवारी चालकले मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाई आवश्यक कारबाही गर्न थालेको प्रनाउ रावलले बताउनुभयो। हालको चिसो मौसमका समयमा मादक पदार्थको सेवन अत्यधिक हुने भएको पाइएकाले मापसे जाँचलाई कडाइ गर्न थालेको ट्राफिक प्रहरीले जनाएको छ। यता मापसे जाँचमा कडाइ गर्

    • प्रकाशित मितिः पुस २६, २०८१
    • १४५ पटक पढिएको
  • पथरिशनिश्चरे नगरद्वारा ५ विपन्न परिवारलाई आवासीय घर हस्तान्तरण

    इटहरी । पथरी शनिश्चरे नगरपालिकाले नगरका अति विपन्न ५ परिवारको आवासीय घर निर्माण पूरा गरी हस्तान्तरण गरेको छ । बिहीबार नगर उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा ५ परिवारलाई आवासीय घर हस्तान्तरण गरिएको हो । विपन्न नागरिक आवास सम्वन्धि कार्यविधि २०८० अन्तर्गत लक्षित वर्गलाई आवासीय घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ ।  विपन्न परिवारहरूमा क्रमशः वडा नं. ३ का धनबहादुर लिम्बु, वडा नं. ५ का चुडा कुमारी पौडेल, द्रोणपति ऋषिदेव, वडा नं ६ का नारायण पोखरेल र वडा नं. ७ का लिलामाया आङ्देम्वेलाई आवासको चाबी हस्तान्तरण गरिएको थियो । ती आवासीय घरमा तीन वटा कोठा, टीनको छानो र बिजुली जडान गरिएक

    • प्रकाशित मितिः पुस २६, २०८१
    • १९२ पटक पढिएको
  • लर्ड बुद्ध साकोसद्वारा रक्तदान कार्यक्रम सम्पन्न,१ सय ९ प्रिन्ट रगत संकलन

    इटहरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर २ बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको लर्ड बुद्ध साकोस पथरी शनिश्चरेले  आफ्नो २३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । बिहीबार आयोजित कार्यक्रममा सो साकोसको आफ्नै कार्यालय प्राङ्गणमा १ सय ९ जनाले रक्तदान गर्नुभएको हो । “रक्तदानः जीवनदान“ भन्ने मूल नाराका साथ लडबुद्ध साकोसद्वारा आयोजना तथा रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाभित्रका विभिन्न सामाजिक, शैक्षिक तथा  वित्तिय संघ– संस्थाहरूका महानुभावहरूले रक्तदान गर्नुभएको थियो । पथरी शनिश्चरे व

    • प्रकाशित मितिः पुस २६, २०८१
    • २०२ पटक पढिएको
  • धरानमा ट्रामाडोलसहित तीन जना पक्राउ, औषधिको दुरुपयोगमा वृद्धि

    इटहरी । धरानको दुई स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान–८ सिद्धार्थ मार्गस्थित कुमार खत्रीको घरमा कोठा लिएर बस्ने ३१ वर्षीय असरद अन्सारी र ४५ बर्षीय जियाउल अन्सारी पक्राउ परेका छन् । उनीहरूको कोठा खानतलासी गर्दा ट्रामाडोल–५० लेखिएको ४२ हजार ६ सय क्याप्सुल बरामद भएको छ । अरसदको स्थायी घर सुनसरीको हरिनगरा– ४ र जियाउलको त्यही पालिकाको वडा नम्बर २ भुटाहा हो । असरद र जिउलले धरानमा कोठा भाडामा लिएर अवैधरुपमा लागुऔषध कारोबार गर्दै आएको जानकारी पाएपछि बिहीबार राति छापा मार्दा ट्रामाडोल बरामद भएको हो । बरामद ट्रामाडोलको बजार मूल

    • प्रकाशित मितिः पुस २६, २०८१
    • २९१ पटक पढिएको
  • इडेनवर्क कलेजको वक्तृत्वकला प्रतियोगितामा पवन प्रथम

    इटहरी । विराटनगरस्थित इडेनवर्क कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै पवनकुमार यादव प्रथम भएका छन् । ‘वैदेशिक रोजगारीः रहर कि बाध्यता’ शीर्षकमा उत्कृष्ट विचार व्यक्त गरेर पवन प्रथम भएका हुन् । कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको समितिले सुप्रिया सिंहलाई द्वितीय घोषणा गरेको थियो । प्रतियोगितामा संजय साहलाई तृतीय र अल्ताप हुसेन सान्त्वना भए । नवोदितसहित कान्तिपुर कलेजका प्रिन्सिपलसमेत रहेका आयोजक कजेका सञ्चालक भुवन नेपाल, शिक्षक वासुदेव शर्मा र शिक्षिका सीमा आचार्यसमेत सहभागी निर्णायक समितिले सबै पुरस्कृतहरुको नाम घोषणा गरेको थियो । कार्

    • प्रकाशित मितिः पुस २६, २०८१
    • २०५ पटक पढिएको
  • मानेभञ्ज्याङमा लिब्जु सामुदायिक क्याम्पस सञ्चालन हुने

    इटहरी  । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गामा लिब्जु सामुदायिक क्याम्पस सञ्चालन हुने भएको छ । मानेभञ्ज्याङ गाउँपालिकाको लगानीमा क्याम्पस स्थापना गर्न लागिएको हो । जिल्लामा स्थानिय तहले प्रत्येक्ष सञ्चालन गरेको यो पहिलो सामुदायिक क्याम्पस हुनेछ । गत आर्थिक वर्षदेखि शिक्षा र मानविकी सङ्कायको कक्षा सञ्चालन गर्न सम्बन्धनका लागि पूर्वाञ्चल विश्वविद्यालयमा माग गरिएको थियो । हालै ब्याचलरमा शिक्षा सङ्कायको कक्षा सञ्चालनका लागि अनुमति प्राप्त भएको कुरा मानेभञ्ज्याङ गाउँपालिका वडा नं।५ का वडा अध्यक्ष रामकुमार राईले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय

    • प्रकाशित मितिः पुस २६, २०८१
    • १८८ पटक पढिएको
  • धनकुटामा पिकअप भ्यान दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

    इटहरी । धनकुटामा पिकअप भ्यान दुर्घटना हुँदा चालक र सह(चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहीबार राति करिब ९ बजेतिर पाख्रीबास–हिले सडक खण्डअन्तर्गत पाख्रीबास नगरपालिका–३ जौटारमा को १ ज २६३९ नम्बरको पिकअप भ्यान दुर्घटना भएको हो । दुर्घटनामा पिकअप चालक पाख्रीबास–९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सह(चालक सिरहाको लाहान नगरपालिका–५ का २४ वर्षीय प्रमोद मल्लिकको मृत्यु भएको हो । दुवै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः पुस २६, २०८१
    • १५९ पटक पढिएको
  • चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे

    इटहरी । चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको सम्बन्धित विद्यालयका शिक्षकहरू बताउँछन् । त्रियुगा, चौदण्डीनढी गरपालिकासहितका विद्यालयमा सरकारी तथा निजी विद्यालयका साना कक्षाका विद्यार्थी चिसोका कारण प्रभावित भई विद्यालयमा न्यून उपस्थित हुन थालेको त्रियुगा–१ जोगीदह जनता माविका शिक्षक देवन राईले बताउनुभयो । त्रियुगा–११ पिसजोन स्कुलका शिक्षक भूपेन्द्र थापाका अनुसार कक्षा ४ भन्दा तल्ला तहका विद्यार्थी चार दिनदेखि चिसो बढेर शीतलहर सुरू भएसँगै २५ प्रतिशतमात्

    • प्रकाशित मितिः पुस २६, २०८१
    • १५३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]