समाज

    Showing ८,०७१-८,०८० of ११,२७९ items.
  • प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा

    इटहरी। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको हो । प्रदेश आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कानुन, न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बने

    • प्रकाशित मितिः पुस २५, २०८१
    • २६६ पटक पढिएको
  • प्याब्सन इलाममा पहिलो महिला नेतृत्व

    इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० इलामको अध्यक्षमा नुनुमा राई चयन हुनुुभएको छ । राईलाई चयन गरेसँगै प्याब्सन इलामले पहिलो पटक महिला नेतृत्व पाएको हो । दशौं अधिवेशनले राईलाई अध्यक्षमा चयन गरेको छ । आज सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा छवि लम्साल, उपाध्यक्षमा टेकेन्द्र बस्नेत, सचिवमा विकास राई, सह–सचिवमा बुद्ध राई र कोषाध्यक्षमा विष्णुु गड्र्तौला चयन हुनुभएको छ । सदस्यहरु भने भूूगोलबाट आउने जनाइएको छ । सर्वसम्मत ढंगले नेतृत्व चयन गरिएको प्याब्सन इलामका पूूर्व अध्यक्ष विकास कर्मचार्यले बताउनुभयो । निर्वाचित भएपछि अध्यक्ष राईले निजी विद्यालयले दिंदै आइरहेको गुणस्तरीय शिक्षा

    • प्रकाशित मितिः पुस २५, २०८१
    • १८७ पटक पढिएको
  • नौ हजार किशोरीलाई एचपिभी खोप

    इटहरी। इलाममा महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । आगामी माघ २७ देखि फागुन २ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई यो खोप दिइन लागेको हो । कक्षा छदेखि दशसम्मका सबै किशोरीहरु र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका सबै किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ । कार्यालयले आज एक अभिमुखीकरण गर्दै महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर, त्यसको लक्षण, रोकथाम र उपचारका विषयमा समेत जानकारी गराएको हो । किशोरीहरुलाई नै यो खोप दिँदा भविष्यमा उनीहरुमाथि हुुने क्यान्सर रोगको सङ्क्रमण कम हुने विश्वा

    • प्रकाशित मितिः पुस २५, २०८१
    • १५८ पटक पढिएको
  • मोरङको सुन्दरहरैँचामा मोटरसाइकल र स्कुटर एकापसमा दुर्घटना हुँदा एक महिलाको मृत्यु

    इटहरी । मोरङको सुन्दरहरैँचा ९ स्थित मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बुधबार बेलुका करिब साढे ७ बजेतिर प्र १–०२–०४९ प ३७१८ नम्बरको मोटरसाइकल र प्र १–०२–०५१ प ७६३५ नम्बरको स्कुटर एकापसमा ठक्कर भएर दुर्घटना भएको हो । दुर्घटनामा सुन्दरहरैँचा नगरपलिका वडा नम्बर ९ बस्ने ३८ वर्षीया प्रमिला श्रेष्ठको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीकाअनुसार घटनामा गम्भीर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा विराट नर्सिङ होम अस्पतालमा मृत्यु भएको हो । उनको टाउको र शरीरको विभिन्न भगमा गम्भीर चोट लागेको थियो । प्रहरीका अनुसार मोटरसाइकल चालक इटहरी बस्ने अन्दाजी ४०

    • प्रकाशित मितिः पुस २५, २०८१
    • २१५ पटक पढिएको
  • भोजपुरमा सडकको मर्मतसम्भारका लागि सडक हेरालु परिचालन

    इटहरी  । भोजपुरमा सडकको मर्मतसम्भारका लागि सडक हेरालु परिचालन गरिएका छन् । यहाँ विस्तार भएका पक्की तथा कच्ची सडकमा आवश्यक पर्ने मर्मतसम्भार र निगरानीका लागि सडक हेरालु परिचालन गरिएका हुन् ।  कोशी प्रदेश सरकारले प्रादेशिक सडकमा सूचीकृत गरेका सडकको मर्मतसम्भारका लागि सडक हेरालु राखिएका जनाइएको छ । पहिलो चरणमा जिल्लाको मुख्य सडकमार्गका रूपमा रहेको भोजपुर–टक्सार–कोटडाँडा–पिखुला–डढुवा सडकको २१ किलोमिटर क्षेत्रमा मर्मतसम्भारका लागि दश जना हेरालु राखिएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । हेरालुहरूलाई दश खण्डमा विभाजन गरेर सडक मर्मतसम्भारको काम सुरु गरेका पूर्वाधार कार्यालय प्रमुख

    • प्रकाशित मितिः पुस २५, २०८१
    • २६३ पटक पढिएको
  • बुइपाका चार टोलमा आयातित पेयपदार्थमा प्रतिबन्ध

     इटहरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित चारवटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित पेयपदार्थले आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पु¥याएको भन्दै गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका स्थानीवासीले बिहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया तथा विभिन्न चाडपर्व र मेलापातमा यसअघि सेवन गरिँदै आइएको आयातित पेयपदार्थ सेवनमा पूर्ण रूपले प्रतिबन्ध लगाएका हुन् । बाहिरी जिल्लाबाट आयातित पेयपदार्थ सेवनले आर्थिक, सांस्कृति तथा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गरेकाले पूर्ण रूपमा प्रतिबन्ध लगाइएको सामाजिक अभियान्ता

    • प्रकाशित मितिः पुस २५, २०८१
    • १८४ पटक पढिएको
  • झापामा गैंडाको खागसहित एक पुरुष पक्राउ

    इटहरी। नेपाल भारत सीमास्थित मेचीनगर नगरपालिका काँकडभिट्टाबाट प्रहरीले  गैँडाको खाग र लागू औषधसहित एक भारतीय नागरिकलाई  पक्राउ गरेको छ । बुधवार  दिउँसो ३ः३० बजे मेचीनगर नगरपालिका वडा नं। ६ काँकडभिट्टास्थित हिमालय गेस्ट हाउसको कोठा नं।१०२ बुकिङ गरी बसेका भारत पश्चिम बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामले लागू औषध ल्याई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले कोठा तलासी लिएको थियो । त्यस क्रममा इन्टेक्स लेखिएको काटुनभित्र १ के.जी. ७०० ग्राम तौल भएको गैँडाको खाग , प्लास्टिकसहित ३ ग्राम ७६० मिलिग्राम

    • प्रकाशित मितिः पुस २५, २०८१
    • ११८ पटक पढिएको
  • फोनिज ताप्लेजुङको अध्यक्षमा दिलकुमार फेम्बो लिम्बू चयन

    इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज ताप्लेजुङको अध्यक्षमा दिलकुमार फेम्बो लिम्बू चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा बुधवार सम्पन्न फोनिजको छैटौँ जिल्ला अधिवेशनले फेम्बो अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा उदय खुदाङ, सचिव मनमाया माबो लिम्बू ९मनु०, सहसचिव रञ्जना गुरुङ र कोषाध्यक्षमा शङ्कर शेर्पा चयन हुनुभएको छ । सदस्यहरूमा वसन्त लाबुङ लिम्बू, दाखण्डु शेर्पा, तुलसी राई र फुर्वा शेर्पा चयन हुनुभएको छ ।  यस्तै सङ्घीय प्रतिनिधिमा दिनेश लिङ्खिम, माला पालुङ्वा र तेन्जिङ शेर्पा चयन हुनुभएको छ । अधिवेशनले प्रादेशिक प्रतिनिधिमा कृष्ण फुरुम्बो लिम्

    • प्रकाशित मितिः पुस २५, २०८१
    • १२० पटक पढिएको
  • जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले विशेष योजना ल्याउने

    इटहरी । सङ्घीय सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले विशेष योजना ल्याउने बताउनुभएको छ । उहाँले झापा जिल्लाको हात्ती प्रभावित क्षेत्र मेचीनगर नगरपालिकाको बाहुनडाँगीमा हात्तीगौँडा निरीक्षणपछिको छलफलमा यस्तो बताउनुभएको हो ।  मन्त्री शाहीले पछिल्लो समयमा झापासहित देशभर जङ्गली हात्तीको समस्या विकराल बन्दै गएकाले समस्या समाधानका लागि उचित रणनीति बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री शाहीले ठाउँ अनुसार हात्तीको समस्या पनि फरक फरक किसिमको रहेको भन्दै स्थानीयस्तरमा आएका सुझाव सङ्कलनलाई आधार बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । स

    • प्रकाशित मितिः पुस २५, २०८१
    • १६० पटक पढिएको
  • सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु

    इटहरी।  सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वडासदस्य हरिकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा खालिङको ज्यान गएको हो । खालिङ विगत १५ वर्षदेखि बेवारिसे अवस्थामा बस्दै आएका थिए । बिहीबार राति सोही गोठमा बसेका खालिङले चुरोट खाने क्रममा आगलागी भएको अनुमान गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धानका लागि बिहान प्रमुख जिल्ला अधिकारी घिमिरे, प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरे र

    • प्रकाशित मितिः पुस २५, २०८१
    • ५८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]