इटहरी / इटहरीमा संगीत प्रतिष्ठान टोल विकास संस्थाले तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहनुका साथै, सांस्कृतिक पर्व तीजलाई अझ भव्य रूपमा मनाउने र यसको मौलिकता जोगाउने उद्देश्यले विभिन्न गतिविधिहरूको आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता संगीत प्रतिष्ठान टोल विकास संस्थाका अध्यक्ष विकाश भण्डारीले गरेका थिए, जसले संस्थालाई सामाजिक सेवामा समर्पित संस्थाका रूपमा उचालेका छन्।कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी निवर्तमान उपमेयर मञ्जु भण्डारीले तीज पर्वको सांस्कृतिक महत्त्व र यसले महिलाहरूलाई सशक्तिकरण गर्ने भूमिका बारे
सुन्दरहरैँचा / मोरङमा एकै घरका दुई बालिका मृत अवस्थामा केराबारीमा फेला परेका छन् । अर्जुन कार्कीका तीन वर्षीया र डेढ वर्षीया छोरी मृत अवस्थामा फेला परेका हुन् ।स्थानीयका अनुसार मृत बालिकाकी आमा र बालिकाहरु हिजो बेलुकादेखि सम्पर्कविहीन भएका थिए । आज साँझ ५ बजे स्थानीयले केराबारीमा घाँस काट्ने क्रममा बालिकाहरुलाई मृत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।प्रहरीका अनुसार अँगालो हालेको अवस्थामा फेला परेका उनीहरुको छेउमा विषादीको बट्टा पनि भेटिएको छ । घटनाको अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।
इटहरी / अतुल्य आयुर्वेद फार्मेसी इटहरी द्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फार्मेसीले इटहरीमा पेट, आन्द्रा, छाला सम्बन्धी रोगहरूका साथै स्त्री तथा यौन रोग, पायल्स, फिस्टुला, मलद्वार सम्बन्धी र हाडजोर्नी नशा, श्वासप्रश्वास सम्बन्ध लगायतको निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरण गरेको थियो । फार्मेसीले अब डाक्टर प्रकाश लिम्बू द्वारा प्रत्येक दिन निःशुल्क ओपिडी सेवा समेत शुरु गर्ने भएको छ । निम्न आय भएका बिरामीहरूको माग अनुसार निःशुल्क स्वास्थ्य शिविर गरिएको अतुल्य आयुर्वेद फार्मेसी इटहरीका सञ्चालक महेश थापाले जानकारी दिनुभयो । निःशुल्क स्वास्थ्य शिविरमा १ सय बढीले प्रत्यक्ष स
इटहरी / नगर बाल सञ्चाल इटहरीद्वारा वडा बाल सञ्चाल बिच चित्रकला प्रतियोगिता कार्यक्रम गरिएको छ ।इटहरी उपमहानगरपालिकामा क्षेत्र रहेर बालबालिकाका लागि हकहितका काम गर्दै आएको नगर बाल सञ्चाल इटहरीद्वारा नगर बाल सञ्चालका प्रतिनिधिहरूलाई समेटेर नगर बाल सञ्चाल इटहरीद्वारा वडा बाल सञ्चाल बिच चित्रकला प्रतियोगिता कार्यक्रम गरेको छ ।बालबालिकालाई शिक्षा सँगसँगै चितकला सम्बन्धि ज्ञान दिन कार्यक्रम गरिएको आयोजकले जनाएको छ । यो महिना अहिलेसम्म शनिबार दुई पटक चित्रकला प्रतियोगिता कार्यक्रम गरिसकेको छ ।आगामी भदौ २९ गतेको बाल दिवस कार्यक्रमलाई मध्यनजर गर्दै कार्यक्रम गरिएको नगर बाल इटहरीकि अध्यक्ष भ
इटहरी / नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले प्रमुख सचेतकमा गीता तिम्सिना चयन भएकी छन् ।प्रदेशसभा सचिवालय दलको कार्यालयमा शुक्रबार बसेको संसदीय दलको बैठकले तिम्सिनालाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो ।माओवादीले दलको उपनेता भने चयन गरेको छैन । हालसम्म जिम्मेवारी बाँडफाँड नभएको भन्दै संसदीय दलका नेता इन्द्र आङ्बोको आलोचना हुँदै आएको थियो । कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा माओवादी सत्ता पक्षमा रहेपनि शुक्रबारबाट भने प्रतिपक्षको बेन्चमा बसेको छ ।
काठमाडौं / २०८० को मदन मदन पुरस्कार मोहन मैनालीले पाएका छन् ।मदन पुरस्कार गुठीले मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दिक्षितले जानकारी दिएका छन् ।२०८० को मदन पुरस्कारका यस अघि पाँच किताब अन्तिम छनौट गरिएको थियो । जसमा भक्त स्याङतानको 'डम्फुको आत्मालाप', जीवन क्षेत्रीको नुन-तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा 'नीरव' को सन्त्रासका साठी दिन रहेका थिए । गुठिले मदन पुरस्कार छनौटका लागि ३०४ पुस्तकहरू प्राप्त भएकोमा पाँच कृतिलाई अन्तिम छनौट गरेको थियो । त्यस्तै दिक्षितले प्रा.डा. यो
काठमाडौं - चलचित्र निर्देशक र सञ्चारकर्मीका रूपमा चर्चित दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई यस पदका लागि चयन गरेको हो। अभिनेता भुवन केसीको कार्यकाल समाप्त भएपछि रिक्त रहेको अध्यक्ष पदका लागि डिसीले अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै यो जिम्मेवारी हात पारेका हुन्।अध्यक्ष पदका लागि निर्माता तथा पूर्वबोर्ड सदस्य अर्जुनकुमार, अभिनेत्री करिश्मा मानन्धर, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, फिल्म निर्देशक नरेश पौडेल र सांस्कृतिक संस्थानका पूर्वअध्यक्ष राजेश थापा पनि दौडमा थिए। तर, चलचित्र क्षेत्रको अनुभव र योगदानका आधारमा
विराटनगर / राजमार्ग क्षेत्रमा सिटी सफारी सञ्चालनमा रोक लगाउने निर्णयविरुद्ध चालकहरू आन्दोलित भएका छन् । उनीहरूले आज विराटनगर महानगरपालिकाको मूल गेट अगाडि भेला भएर विरोध प्रदर्शन गरेा थिए ।सिटी सफारी समेत लिएर पुगेका उनीहरूले गरेको प्रदर्शनका कारण विराटनगरको मेनरोड क्षेत्रमा अवरोध भएको थियो । विराटनगरको कोशी राजमार्ग क्षेत्रमा सिटी सफारी चलाउन नपाइने निर्णय फिर्ता लिन उनीहरूले माग गरेका थिए ।महानगर अगाडि प्रदर्शनपछि सयौँको सङ्ख्यामा सिटी सफारीसहित चालकहरू कोशी राजमार्गको बरगाछीतिर गइरहेका छन् । उनीहरूले त्यहाँ राजमार्ग अवरोध गर्ने जनाएका छन् ।ट्राफिक प्रहरीले विराटनगर महानगरसँगको समन्वयमा हिजो
इटहरी / जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी र लायन्स क्लब अफ इटहरी सुनसरीले इटहरीको माया घर नेपालका १४६ जना असहाय नागरिक लाई खाना खुवाइएको छ ।हरितालिका तीजको अवसरमा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी र लायन्स क्लब अफ इटहरी सुनसरीको संयुक्त आयोजनामा इटहरी २ मा रहेको माया घरमा रहेका परिवार बिहिन तथा परिवार बाट पृथक रहेका १४३ जना बृद्ध, बालबालिका तथा युवा,युवती लाई सोमबार बिहानको १ छाक खाना खुवाएको छ ।माया घर नेपाल इटहरीमा निर्माण हुदै गरेको भवनमा १ करोड ५० लाख लाख समेत सहयोग गर्ने भएको लायन्स क्लब एरिया चिफ थानेश्वर ढकालले बताउनुभयो । लायन्स क्लब अफ इटहरीले इटहरीमा २५
पाँचथर— पाँचथरको फालेलुङ गाउँपालिका-५, प्राङवुङको डाडागाउँ टोलमा भएको विस्फोटमा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ। स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवाको उपचारका लागि झापा लैजाँदै गर्दा राति १ बजे बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो। यसअघि, दिलिप साँवाकी २.५ वर्षीया छोरी प्रिन्साको इलाम पुर्याउँदा बाटोमै मृत्यु भएको थियो।बिहीबार दिउँसो भएको उक्त विस्फोटमा दिलिप साँवाका छोरा र छोरीसहित ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन राई घाइते भएका थिए। घाइते बालक पवनको पाँचथर अस्पतालमा उपचार भइरहेको छ, र उनको अवस्था सामान्य रहेको जनाइएको छ।विस्फोट भएको घर माओवादी कार्यकर्ता आइतराज केर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.