काठमाडौं / गायक एवं संगीतकार खेमराज गुरूङको स्मृतिमा स्थापना गरिएको खेमराज गुरूङ ट्रष्टले यस वर्षको स्रष्टा सम्मान वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानलाई प्रदान गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सोमबार आयोजित कार्यक्रममा मोक्तानलाई नगद ५० हजार रूपैयाँसहित सम्मान गरिएको हो। २०३१ सालमा अल इण्डिया रेडियो, कर्सियङबाट गीत संगीतमा प्रवेश गरेका मोक्तानका लोक, आधुनिक, राष्ट्रिय, भजन तथा फिल्मका गरी ३ हजारभन्दा बढी गीत रेकर्ड छन्। 'माथि माथि शैलुंगेमा, चोली राम्रो पाल्पाली ढाकाको' जस्ता गीत उनिद्वारा संगीतबद्ध केही चर्चित गीतहरू हुन्। गतवर्ष यो सम्मान भजन शिरोमणि भक्तराज आचार्यलाई प्र
धरान / धरानमा छुरा प्रहारबाट एक किशोरीको मृत्यु भएको छ भने उनीकी आमा गम्भिर घाईते भएकी छन् ।धरान ३ का जनप्रतिनिधि मिङ्मा भोटेका अनुसार परीवारका नातेदारले छुरा प्रहार गरेपछि आमा सृजना शाई र छोरी युनिसा शाही गम्भिर घाईते भएका थिए ।उनीहरुलाई तत्काल उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।तर उपचारको क्रममा छोरी युनिसाकाे मृत्यु भएको र आमा सृजनाको उपचार भईरहेको धरान ३ का जनप्रतिनिधि मिङमा भोटेले जानकारी दिए ।छुरा प्रहार गर्ने नातामा ज्वाई पर्ने ब्यक्तिलाई धरान प्रहरीले पक्राउ गरिसकेको जनाएको छ ।प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार झापाको गौरिगंज ५ चिलहारा माझीटोलका आगलागी पीडितहरुसँग भेटघाट गर्नुभएको छ । दुई दिनअघि सो टोलमा आगलागी भएको थियो । आगलागी पीडितहरुको बस्तीमा पुग्दै मुख्यमन्त्री कार्कीले उनीहरुलाई प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गरिने बताउनुभयो । उहाँलाइ पीडितहरुले आफ्ना समस्या र गुनासो राखेका थिए । माझीटोलका चार घरमा आगलागी हुँदा सम्पूर्ण रुपमा नष्ट भएको थियो । यसैगरी मुख्यमन्त्री कार्कीले हुलाकी मार्ग अन्तरगत रतुवा खोलामा निर्माणाधीन पुलको समेत अनुगमन गर्नुभएको छ । उहाँले निर्माण कम्पनीलाई छिटो पुल निर्माण गरेर सहज आवतजावत गर्ने
कामधेनु दुग्ध विकास सहकारी संस्था लि.का सञ्चालक सदस्य बाबुराम कार्कीको कथा यस्तो छ । कामधेनु दुग्ध विकास सहकारी संस्थामा आबद्ध भएर दुध बेचिरहँदा हाम्रो जीविकोपार्जनमा ठुलो टेवा पुगेको छ । ६४ सालदेखि यो संस्थामा दुध दिन सुरू गरेका थियौं। त्योभन्दा अगाडि व्यवस्थित रूपमा दुध बिक्री गर्न सकिरहेका थिएनौं । पहिले परम्परागत बिक्री वितरण गर्दै आए पनि अहिले व्यावसायिक रूपमा बिक्री गरेर आफ्नो जीवनस्तर उकास्न सकेका छौं ।सबैले दुध उत्पादनबाट आफ्नो घर व्यवहार चलाउने बालबच्चा पढाउनेदेखि लिएर केही रकम बचत गर्नसमेत सक्ने अवस्थामा पुगेको छ । अहिले यो संस्थाले किसानहरूलाई सहयोग गर्दै आएको छ। पशुहरूमा लगानी गरेक
इटहरी / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जनता बहुमुखी क्याम्पसको १३ औं इकाई सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। सम्मेलन नारायण थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।सम्मेलनमा प्रमुख अतिथिका रूपमा संगठनका केन्द्रिय उपाध्यक्ष क. मदन भट्टराईको उपस्थिति रहेको थियो। विशेष अतिथिका रूपमा अखिल क्रान्तिकारी प्रदेश नम्बर १ का अध्यक्ष हेमन्त राइ, सुनसरी जिल्ला इन्चार्ज तथा यस सम्मेलनको निर्वाचन मंडलीका अध्यक्ष बुद्रोज लिम्बु, सुनसरी जिल्ला अध्यक्ष नवीन दाहाल, उपाध्यक्ष यमकुमार पाण्डे, र सचिब रबिन श्रेष्ठ उपस्थित थिए। यसका साथै, नेकपा माओवादी केन्द्र इटहरी नग
काठमाडौँ / हङकङ साहित्यिक साझा श्रृङ्खलाले नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान दिने स्रष्टाहरूलाई पुरस्कृत गर्ने उद्देश्यले ‘हङकङ साहित्यिक साझा श्रृङ्खला पुरस्कार’ स्थापना गरेको छ । हङकङबाहिर जुनसुकै भूगोलमा रहेर नेपाली साहित्यमा विशिष्ट योगदान दिएका एक जना स्रष्टालाई प्रदान गरिने उक्त पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहने हङकङ साहित्यिक साझा श्रृङ्खलाका संयोजक रमन गुरुङले बताए ।संरक्षक दाजु गुरुङले ‘हङकङ साहित्यिक साझा श्रृङ्खला’ पुरस्कारका लागि एक अक्षयकोष स्थापना गरिएको बताए । उने भने, “अक्षय कोषबाट प्राप्त हुने ब्याजबापतको रकमबाट प्रत्येक वर्ष एक जना स्रष्टालाई पु
‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ डेरी उत्पादन भनी कारोबार गर्दै आएको न्युजिल्याण्डको डेरी कम्पनीमा छापा मारी कारबाही गरिएको छ। भारतबाट आयातित नौनी घ्यू बेच्ने तर आफ्नो उत्पादन ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ को भएको झूटो दाबी गरेको आरोपमा डेरी कम्पनीलाई कारबाही गरिएको हो ।न्युजिल्यान्डको वाणिज्य आयोगले डेरी कम्पनी मिल्कियो फुड्स लिमिटेडलाई आफ्नो नौनी घ्यू उत्पत्तिको बारेमा झूटो दाबी गरेको आरोपमा दुई लाख ६१ हजार ४५२ अमेरिकी डलर जरिवाना गरेको छ ।ह्यामिल्टनस्थित उक्त फर्मले भारतबाट घ्यू तथा दुधजन्य सामान आयात गर्ने र ‘शतप्रतिशत शुद्ध न्युजिल्यान्ड’ डेरी उत्पादनजस्ता दाबीका साथ ग्राहकलाई आफ्नो घ्यू
सुनसरी / सुनसरीको दुहबी नगरपालिका स्थित निर्माणाधिन रंगशालाको पुरानो भवनको कवाडी सामग्री जनप्रतिनिधिलेनै बेचेको आरोप लागेको छ ।सार्वजनिक सम्पतीको रुपमा रहेको पुरानो भवनबाट निस्किएको फलामजन्य कवडा सामानहरु दुहबी नगरपालिकाको ४ नं. वडाका वडाअध्यक्ष मुस्तकिम मियाले बेचेको आरोप लागेको हो । स्थानिय सरकार अन्तर्गत रहने दुहबी रंगशालामा अहिले नयाँ प्याराफिट निर्माणको कामको ठेक्का लगाइएको थियो ।तर पुरानो प्याराफिट भत्काउदा निस्किएको कवाडी, टिन र काठ लगायतका सामानहरु वडाध्यक्ष मियाले कसैलाई जानकारी नदिइ बेचेर पैसा खाएको स्थानिहरुको आरोप छ । प्रकृया अनुसार उक्त कवाडी लिलामी ठेक्का लगाएर बेच्ने प्राब
धरान : राष्ट्रिय दलित पत्रकार सङ्घ सुनसरीको जिल्ला अध्यक्षमा विनोद बिक चयन भएका छन् ।सङ्घको दोस्रो जिल्ला अधिवेशन सोमबार भएको थियो । अधिवेशनले अध्यक्षमा विकको अध्यक्षतामा ९ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।कार्यसमितिको उपाध्यक्ष प्रतीक्षा बिसंखे, सचिवमा भूमिका रसाईली, सहसचिवमा अशोक बिक र कोषाध्यक्ष विवश लामगादे चयन भएका छन् । सदस्यहरू नवीन सेन्चुरी, विनोद रसाईली, राजु दर्नाल, मनीषा लोहार छन् ।राष्ट्रिय दलित पत्रकार सङ्घका केन्द्रीय सदस्य तारा लामगादे प्रमुख अतिथि रहेको अधिवेशन सभापतित्व कार्यवाहक अध्यक्ष नवीन रम्तेलले गरेका थिए । सङ्घका कोशी प्रदेश अध्यक्ष नैन रुचाल, प्रेस सेन्टरका महासचिव र
काठमाडौं / आज २०८१ साल भदौ १० गते सोमबार तदनुसार सन् २०२४ अगष्ट २६ तारिख । भद्र कृष्ण पक्षको सप्तमी तिथि । श्रीकृष्ण जन्माष्टमी व्रत । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्बी अनि श्री कृष्णका भक्तले प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदै छन् ।श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनेले बिहान सबेरै नुहाइधुवाइ गरेर व्रत बस्छन् । दिनभर जल वा फलफूल मात्र खाएर पूर्ण रूपमा सात्विक बस्छन् । मध्यरातमा श्रीकृष्णको धातुको प्रतिमालाई पञ्चामृतले स्नान गराई दिन्छन् । हातमा मुरली, शिरमा मयूरको प्वाँख, शी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.