इलाम / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा यही हिउँदमा चिया सम्मेलन आयोजना गर्ने बताउनुभएको छ। इलामको सूर्याेदय नगरपालिकाको वर्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले हिउँद महिनामा कोशी प्रदेशकमा चिया सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो । कृषिसँग पर्यटन जोड्नलाई चिया सम्मेलन आवश्यक भएकाले चिया सम्मेलन गर्न लागिएको उहाँले बताउनुभयो । २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरिएको भन्दै उहाँले यसले इलामको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउदै यस लाइ सफल पार्न समेर आग्रह गर्नुभयो । पर्यटकलाइ सहजीकरण गर्न कोशी प्रद
इटहरी / काठमाण्डौंको नयाँ बसपार्कमा सुनसरीका एक युवा मृत अवस्थामा फेला परेका छन् ।काठमाडौं महानगरपालिका वडा नम्बर २६ नयाँ बसपार्कको ३ नम्बर गेटनजिकै केही महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसभित्र सुनसरी इटहरी उपमहानगरपालिका-१३ घर भएका ३७ वर्षीय प्रह्लाद अधिकारी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।शवको प्रकृति हेर्दा उनको ४/५ दिन अघि नै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको एसपी अधिकारीले बताए ।
विराटनगर / निक्षेप तथा कर्जा सुरक्षण कोष र कोशी प्रदेश सरकारबीच विभिन्न उद्यमशीलता र रोजगारमूलक कार्यक्रम गर्ने विषयको समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यालयका उपसचिव अर्जुनकुमार निरौलाले उक्त सहमति पत्रमा हस्ताक्षर गरे। यो समझदारीले कोशी प्रदेशका नागरिकलाई उद्यमशीलताको विकास र रोजगार सिर्जना गर्न सहयोग पुग्ने बताइएको छ।प्रदेश सरकारको योजना अनुसार कक्षा १२ उत्तीर्ण करिब एक हजार युवालाई तालीम दिई यसै वर्ष अनलाइन रोजगारी दिइनेछ।समझदारी पत्रमा उल्लेख भए अनुसार यसले बैंक तथा वित्तीय संस्थाल
सुनसरी / सुनसरीको वराहक्षेत्र नगरपालिकाको वडा नं १० प्रकाशपुर स्थित वडा कार्यालय परिसरको पुरानो भवनमा शारीरिक सुगठन केन्द्र (व्यायामशाला), वडा नं १० को कार्यालयले सञ्चालनमा ल्याएको ट्याक्टर तथा प्रकाशपुर स्वास्थ्य चौकीमा निर्माण भएको खोप केन्द्रको उद्घाटन गरिएको छ ।नगरपालिकाको १० लाख बजेटबाट युवाहरूलाई लक्षित गरी तयारी गरिएको शरिरिक सुगठन केन्द्र (व्यायामशाला), सरसफाइ लगायतका सेवा दिन वडाले खरिद गरेको ट्याक्टर र प्रकाशपुर दुग्ध सहकारी संस्थाको सामाजिक विकास कोषको रकमबाट निर्माण भएको खोप केन्द्रको बिहीबार औपचारिक रूपमा उद्घाटन गरिएको हो ।व्यायामशाला, ट्याक्टर र खोप केन्द्र भवनको नगर प्रमुख रमेश
विराटनगर / बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका एक कैदी फरार भएका छन् । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद कोशी अस्पतालबाट आज फरार भएका हुन् ।कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार पेट दुख्ने समस्याका कारण बिरामी परेका अहमदलाई मंगलबार उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो । प्रहरीका अनुसार बिहीबार बिहान उनी ५ बजे फरार भएका छन्।शौचालय जाने क्रममा अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएको प्रहरीले बताएको छ । विराटनगर महानगरपालिका ८ घर भएका अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी ह
वराहक्षेत्र / वराहक्षेत्र नगरपालिका वडा नं ६ र वडा नं ९ मा पर्ने श्रीलंका टप्पु तर्फ सप्तकोशी नदिले कटान गरि राखेको छ । केही दिन देखिको सप्तकोशी नदिको कटानले टप्पुका स्थानियहरुलाई त्रषित बनाएको छ । सप्तकोशी नदिले टप्पुको जलाल , शिशौली घाट र चिलैया क्षेत्रमा दैनिक रुपमा ५ सय मिटर जमिन कटान गरिरहेको स्थानिय बृद्बिकुमार माझी बताउछँन् ।कोसीमा क्रमश पानिको बहाब घट्दे गए पछि पानीले बलौटे माटो खोत्लने कार्य तिब्र रुपमा हुने गर्दछ । बलौटे माटो भएकाले कोशीको कटान तिब्र रुपमा हुने गरेको स्थानीय राजकुमार चन्द्रबसीको भनाई छ । कोशीले तिब्र गतिमा कटान सुरु गरेको जानकारी दिए पछि नगर प्रमुख रमेश क
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार क्रियाशिल रहेको बताउनु भएको छ । नेपाल चिकित्सक सङ्घ कोशी शाखाको बुधबार बेलुका बिराटनगरमा नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुको पदस्थापन समारोहमा बोल्दै उहाँले सरकार स्वास्थ क्षेत्र प्रति संवेदनशिल रहेको बताउनुभयो । ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई जनमुखी स्वास्थ्य सेवा सहजरुपमा प्रदान गर्ने उद्देश्यले यसपालिको नीति तथा कार्यक्रममा ब्यवस्था गरिएको मुख्य मन्त्री कार्कीले बताउनु भयो ।मुख्यमन्त्री कार्कीले सरकारले जनताको घर–घरमा स्वास्थ्य सेवा
सुन्दरहरैचा / दोस्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता २०८१ विराटचोक मोरङ्गमा हुने भएको छ । खेलकुद क्षेत्रमा नयाँ उत्साह ल्याउने अपेक्षा का साथ “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ साउन १९ गते शनिबार सुन्दरहरैचा १२ स्थित सुबिजिमुर स्कुलको खेल मैदानमा प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति मोरङका अध्यक्ष इन्द्र बहादुर तामाङले जानकारी दिनुभयो । १८ विद्यालयका ३५० भन्दा बढी खेलाडीहरू यस प्रतियोगितामा सहभागी हुनेछन् भने महिला र पुरुष दुवै वर्गका खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर
मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिका १० मा रहेको हिमालय ईङ्गलिश स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न क्लास डान्स आइडल प्रतियोगिता सम्पन्न गरेको छ। स्कुलमा रहेको प्रतेक कक्षाबाट छात्र र छात्रा छुट्टाछुट्टै गरी क्लास डान्स आइडल प्रतियोगिता गरेको हो।प्रतियोगितामा छात्र र छात्रा तर्फ क्रमश,प्रथम,द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरिएको हिमालय ईङ्गलिश स्कुलका प्रिन्सिपल कमल खनालले जानकारी दिए। विद्यार्थीहरुले पनि स्कुलले यस्ता खालका प्रतियोगिता समय- समयमा गर्न पनि सुझाव दिएका थिए। कार्यक्रममा करिव ३५० जना भन्दाबढी विद्यार्थीहरुको सहभागिता रहेको थियो।
संखुवासभा / संखुवासभाको मादी नगरपालिका वडा नम्बर -२ मंगलबारे बजारमा रहेको ‘गोठ द होटल’ नामको होमस्टेमा आगलागी भएको छ । खाना पकाउन ग्याँस सिलिण्डर पड्किएर भएको उक्त विशाल आगलागीबाट होटल पूर्णरुपमा जलेर नष्ट भएको छ ।आगलागीबाट कुनै मानबीय क्षति नभए पनि ५० लाख बराबरको आर्थिक क्षति भएको प्रारम्भीक अनुमान लगाइएको छ ।गुराँसको राजधानी पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले (टीएमजे) मा करिब ५०लाख लगानीमा उक्त होमस्टे स्थापना गरिएको प्रहरीले जनाएको छ ।स्वदेशीका साथै विदेशी पर्यटकहरुसमेतलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको गोठ द होटल यो क्षेत्रकै सबैभन्दा ठूलो लगानीमा खोलिएको पहिलो र एकमात्र होमस्टे थ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.