इटहरी । मोरङको बुढीगंगा गाउँपालिकामा नागरिकलाई ७७ प्रतिशत अनुदानमा विद्युतीय इन्डक्सन चुलो वितरण गरिएको छ। गाउँपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा नागरिकको दैनिक जीवन सहज बनाउने उद्देश्यले इन्डक्सन चुलो वितरण गरिएको हो। चुलो वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले नागरिकको आवश्यकता र हितलाई प्राथमिकतामा राखेर गाउँपालिकाले विकास तथा सेवा प्रवाहका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। अध्यक्ष मगरले आफू जनताको सेवाका लागि निर्वाचित भएको उल्लेख गर्दै बुढीगंगालाई शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक विकासका क्षेत्रमा अगाडि बढाउने लक्ष्यका साथ काम भइर
इटहरी । झापाको पुरानो नगर भद्रपुरलाई उपमहानगरपालिका बनाउने प्रक्रिया अघि बढेको छ। नगरपालिकामा भएको सर्वपक्षीय भेलाले भद्रपुरलाई उपमहानगरपालिका बनाउन सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर एवं नगरपालिका वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३ का आधारमा नगरको पुनर्संरचनाबारे छलफल गर्न भेला आयोजना गरिएको थियो। भद्रपुर विसं २००८ मा नगरपालिका बनेको थियो। नेपालका पुराना नगरमध्ये रहेको भद्रपुरको ऐतिहासिक पहिचानलाई कायम राख्दै आसपासका सीमाना जोडिएका स्थानीय तहका भूभाग आवश्यकता र सहमतिका आधारमा समेटेर उपमहानगरपालिका बनाउन सिफारिस गर्ने निष्क
इटहरी । खाना पकाउने एलपी ग्यासमा तोकिएकोभन्दा बढी मूल्य असुली हुन थालेपछि इलाम नगरपालिकाले बजार अनुगमनका लागि नगर प्रहरी परिचालन गरेको छ।उपभोक्ताबाट ग्यास बिक्रेताले तोकिएको मूल्यभन्दा बढी रकम लिने गरेको गुनासो आएपछि नगरपालिकाले बिहीबारदेखि नगर क्षेत्रका ग्यास बिक्री केन्द्रमा नगर प्रहरी खटाएको हो। नगर प्रहरीले नेपाल आयल निगमले निर्धारण गरेको मूल्यमा मात्रै ग्यास बिक्री गर्न व्यवसायीलाई आग्रह गर्नेछ। इलाममा पछिल्लो समय उपभोक्ताले एउटा सिलिन्डर ग्यासका लागि २ हजार २ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो गरेका छन्।नेपाल आयल निगमले तोकेको मूल्यअनुसार इलाममा एलपी ग्यासको अधिकतम ख
इटहरी । उदयपुरबाट काठसहित दुई जना पक्राउ परेका छन्। सवडिभिजन वन कार्यालय तपेश्वरीबाट खटेको टोलीले बेलका नगरपालिका १ स्थित बेलका जनशक्ति सामुदायिक वन समूहको जंगलबाट चिरान काठसहित उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा सप्तरीको कोशी नगरपालिका ७ वइनगम्माका ४८ वर्षीय बालकुमार यादव र सोही ठाउँका ४५ वर्षीय रामकिशन सदा रहेका छन्। काठ तस्करहरूको ८ जनाको समूह रहे पनि अन्य फरार रही उनीहरू दुई जनालाई भने पक्राउ गर्न सफल भएको डिभिजनल प्रमुख ९डिएफओ० गजेन्द्र श्रेष्ठले जानकारी दिए।प्रहरीले घटनास्थलबाट एउटा बन्चरो र एउटा खुकुरी तथा १०।७ क्युविक फिट चिरान काठ बरामद गरेको छ। उनीहरू विरुद्ध अदालतबाट म्य
इटहरी। झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले बढेको छ ।अस्पतालमा विशेषज्ञ जनशक्ति थपिनु, प्रसूति सेवामा सुधार हुनु तथा सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको तथ्याङ्क शाखाका सूचना संयोजक जेनिस घलेका अनुसार आर्थिक वर्ष २०८२र८३ मा एक हजार ७०८ जनाले प्रसूति सेवा लिएका छन् । अघिल्लो आव २०८१र८२ मा जम्मा ७८७ जना मात्र यो सेवा लिएका थिए ।त्यस्तै, आव २०८०र८१ मा भने अस्पतालबाट ८१९ जनाले प्रसूति सेवा लिएका थिए । अस्पतालको तथ्याङ्कअन
इटहरी । बाढीले अवरुद्ध बनाएको मध्यपहाडी राजमार्गअन्तर्गत पाँचथरको दोभाने खोलामा स्थानीयवासीले काठेपुल निर्माण गरेपछि सवारीसाधन आवागमन सुचारु भएको छ।पाँचथरको याङवरक गाउँपालिका–१ र २ तथा छिमेकी जिल्ला ताप्लेजुङका सादेवा र कालिखोलाका बासिन्दालाई थर्पु हुँदै सदरमुकामसम्म आवतजावतको सुविधा दिँदै आएको उक्त सडकखण्डको दोभाने खोलामा जेठ ८ गते आएको बाढीले डाइभर्सन बगाएपछि यातायात सेवा ठप्प भएको थियो। यसअघि २०८० साल असार २ गते आएको बाढीले यहाँको पक्की मोटरेबल पुल बगाएको थियो। त्यसयता पटकपटक आउने बाढीले डाइभर्सन बगाउने समस्या दोहोरिँदै आएको थियो।पछिल्लो पटक लामो समयसम्म सडक सञ्चालन हुन नसकेपछि स्थानीयवासील
इटहरी । सैनिक नागरिक सम्बन्ध विस्तार अभियान अन्तर्गत पूर्वी पृतना हाताभित्र सञ्चालित सामुदायिक सर्पदंश उपचार केन्द्र पूर्वी नेपालका सर्पदंशपीडितका लागि भरोसाको केन्द्र बनेको छ । इटहरीको सामुदायिक सर्पदंश उपचार केन्द्रले स्थापनाकालदेखि अहिलेसम्म १८ हजारभन्दा बढी सर्पदंशका बिरामीको उपचार गरी जीवन जोगाएको छ । केन्द्रको स्थापना २०६९ सालमा भएको केन्द्रले सर्पदंशका बिरामीलाई प्रभावकारी सेवा प्रदान गरेको केन्द्रका अध्यक्ष दिवस पोख्रेल बताउनुहुन्छ । उहाँका अनुसार सुनसरीसँगै मोरङ, धनकुटा, सप्तरी, उदयपुरलगायत भारतीय सीमावर्ती क्षेत्रबाट समेत सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका छन् । केन्द्रमा हा
इटहरी । धनकुटाको हिले र पाख्रीबास बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि ग्यास डिलर तथा बिक्री केन्द्रमा अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाले संयुक्त रूपमा अनुगमन गरेका हुन्।अनुगमन टोलीले हिले र पाख्रीबास बजारका करिब आधा दर्जन ग्यास डिलर तथा बिक्री केन्द्रको निरीक्षण गरेको थियो। धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेका अनुसार बजारमा ग्यास बढी मूल्यमा बिक्री भइरहेको गुनासो बढेपछि अनुगमनलाई तीव्रता दिइएको हो। उहाँले बजारमा ग्यासको अभाव भएपछि कालोबजारी हुन सक्ने सम्भावना रहेकाले उपभोक्ता ठगिनबाट जोगाउन अनुगमन गरिएको बताउनुभयो। अनुगमनका क्रममा कत
इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको खेल तालिका जिल्लाका पर्यटकीय स्थलबाट सार्वजनिक गरिएको छ। आगामी भदौ १२ गतेबाट सञ्चालन हुने चौथो संस्करणको प्रतियोगिताबाट पर्यटन प्रवर्धनका लागि ताप्लेजुङको पर्यटकीय क्षेत्रमार्फत खेल तालिका सार्वजनिक गरिएको हो। लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार फकताङलुङ गाउँपालिकाको ५ हजार ३ सय मिटरको उचाइमा रहेको स्याम्दो ताल, ४ हजार ७ सय मिटरको उचाइमा रहेको सिङजेमा ताल, ओलाङचुङगोलामा अवस्थित आठसय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा, मिक्वाखोला गाउँपालिकाको पर्यटकीय क्षेत्र लोदेन लगायतका क्षेत्रबाट एकसाथ खेल तालिका सार्वजनिक गरिएको हो।सार्वजनि
इटहरी । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले बढेको छ ।अस्पतालमा विशेषज्ञ जनशक्ति थपिनु, प्रसूति सेवामा सुधार हुनु तथा सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको तथ्याङ्क शाखाका सूचना संयोजक जेनिस घलेका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक हजार ७०८ जनाले प्रसूति सेवा लिएका छन् । अघिल्लो आव २०८१/८२ मा जम्मा ७८७ जना मात्र यो सेवा लिएका थिए । त्यस्तै, आव २०८०/८१ मा भने अस्पतालबाट ८१९ जनाले प्रसूति सेवा लिएका थिए । अस्पताल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.