समाज

    Showing ८१-९० of ११,१३१ items.
  • कोशी प्रदेश स् मातृभाषामा सेवा पाउने व्यवस्था गर्न पाँच दलको आग्रह

    इटहरी स् कोशी प्रदेशमा नेपाली भाषाबाहेक अन्य भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने विधेयक पारित भएपछि प्रमुख पाँच राजनीतिक दलले यसको प्रभावकारी कार्यान्वयनका लागि बजेट, जनशक्ति र संस्थागत संरचना तयार गर्न प्रदेश सरकारसँग आग्रह गरेका छन् ।प्रदेशसभाबाट असोज २४ गते सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएकोमा स्वागत गर्दै पाँच दलले संयुक्त विज्ञप्तिमार्फत मातृभाषामा सार्वजनिक सेवा प्राप्त गर्ने वातावरण बनाउन माग गरेका हुन् । नेपाली भाषाका अतिरिक्त मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा र सन्थाली भाषालाई सरकारी कामक

    • प्रकाशित मितिः असोज २८, २०८३
    • ३८ पटक पढिएको
  • किरात राई यायोक्खाले अघि सार्‍यो अधिकार र संरक्षणको एजेन्डा

    इटहरी। किरात राई यायोक्खाले मातृभाषाको सरकारी मान्यता, ऐतिहासिक सम्पदाको संरक्षण र आदिवासी समुदायको पहिचान स्थापित गर्न राज्यलाई दबाब दिनुपर्ने निष्कर्षसहित १९ बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ । यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशनबाट पारित विराटनगर घोषणापत्रमा कोशी प्रदेशको नाम परिवर्तनदेखि मुकुमलुङमा प्रस्तावित केवलकार खारेज गर्नेसम्मका माग समेटिएका छन् । असोज २३ देखि २७ गतेसम्म विराटनगरमा सम्पन्न महाधिवेशनपछि पत्रकार सम्मेलन गरेर बुधबार घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्रले किरात राई समुदायको भाषिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक पहिचान संरक्षणलाई प्रमुख मुद्दाका रूपमा अघि सा

    • प्रकाशित मितिः असोज २८, २०८३
    • ४६ पटक पढिएको
  • सर्पदंशबाट जोगिन समयमै उपचार र जनचेतनामा जोड

    इटहरी स्  सर्पले टोकेपछि समयमै उपचार नपाउँदा र गलत विधि अपनाउँदा ज्यानै जोखिममा पर्ने भएकाले विज्ञहरूले तत्काल अस्पताल पुर्‍याउन र समुदायस्तरमा जनचेतना विस्तार गर्न जोड दिएका छन् ।फेयरमेड र सिबिआर विराटनगरले बुधबार सञ्चारकर्मीसँग आयोजना गरेको अन्तरक्रियामा सर्पदंशको जोखिम, लक्षण, सुरक्षित प्राथमिक उपचार र रोकथामका उपायबारे जानकारी दिइएको हो । कार्यक्रममा नेपाल जनस्वास्थ्य संघका महासचिव कैलाश खाकी श्रेष्ठले नेपालमा बर्सेनि करिब २० हजार मानिसलाई सर्पले टोक्ने र करिब एक हजारको मृत्यु हुने अनुमान प्रस्तुत गरे । सर्पदंशबाट हुने मानवीय क्षति कम गर्न सुरक्षित प्राथमिक उपचार, तत्काल अस्पतालसम्मको

    • प्रकाशित मितिः असोज २८, २०८३
    • ५० पटक पढिएको
  • उदयपुरमा पूजा कोठामा करेन्ट लागेर मृत्यु

    इटहरी स् उदयपुरको त्रियुगा नगरपालिका–११ ज्योतिनगर टोलमा करेन्ट लागेर ६५ वर्षीय बद्री नारायण चौधरीको मृत्यु भएको छ ।आफ्नै घरको पूजा कोठामा मंगलबार साँझ पूजाका लागि होल्डरमा तार जोडेर बत्ती बाल्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । आफन्तले उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुर र नगर प्रहरी कार्यालय त्रियुगाबाट प्रहरी निरीक्षक विष्णुबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल तथा अस्पताल पुगेको थियो ।

    • प्रकाशित मितिः असोज २८, २०८३
    • ६४ पटक पढिएको
  • झापाको चारआली जङ्गलमा एक व्यक्ति मृत फेला

    इटहरी स् झापाको चारआली जङ्गलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४, मङ्गलबारे निवासी छत्रबहादुर लिम्बू रहेको प्राप्त विवरणमा उल्लेख छ। मृतकको शव बिर्तामोड प्रहरी कार्यालयको समन्वयमा पोस्टमार्टमका लागि भद्रपुर लगिएको जनाइएको छ।घटनाबारे थप विवरण आउन बाँकी छ।

    • प्रकाशित मितिः असोज २८, २०८३
    • ४८ पटक पढिएको
  • उदयपुरमा ‘सानो दारे’ हात्ती मृत फेला

    इटहरी स्  उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा ‘सानो दारे’ नामले चिनिने वयस्क जङ्गली भाले हात्ती मृत फेला परेको छ ।करिब २० देखि २५ वर्ष उमेरको हात्ती मंगलबार मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा हात्ती मृत भेटिएको हो । एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको श्रेष्ठले बताए ।हात्तीको मृत्युको वास्तविक कारण पत्ता लगाउन पोस्टमार्टम गरिने उनले जानकारी दिए । आरक्षको सीमा क्षेत्रमा हात्ती मृत भेटिएकाल

    • प्रकाशित मितिः असोज २८, २०८३
    • ६४ पटक पढिएको
  • शर्मिला सदा प्रकरणले उठायो मातृशिशु सुरक्षा कार्यक्रममाथि प्रश्न

    इटहरी स् सुनसरीको कोशी गाउँपालिका–३ की शर्मिला सदा प्रकरणले स्थानीय स्वास्थ्य संस्थाबाट प्रदान गरिने मातृ तथा शिशु सुरक्षा सेवाको प्रभावकारितामाथि प्रश्न उठाएको छ । गर्भावस्थामा नियमित स्वास्थ्य जाँच गराएकी शर्मिलाले प्रसव पीडाका बेला भोग्नुपरेको अवस्थाले जोखिम पहिचान, उचित परामर्श र समयमै उपचारको पहुँचबारे बहस सिर्जना गरेको छ ।सदाको घरबाट करिब पाँच सय मिटर दूरीमा स्वास्थ्य संस्था रहे पनि प्रसव पीडा भएपछि सुरक्षित सुत्केरी सेवाका लागि उनी जिल्ला अस्पताल इनरुवा पुगेकी थिइन् । त्यहाँ भर्ना नलिएपछि विराटनगरस्थित कोशी अस्पतालको प्रवेशद्वारमा पुग्दा उनले दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिएको जना

    • प्रकाशित मितिः असोज २८, २०८३
    • ४० पटक पढिएको
  • भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै

    इटहरी। गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन हराउँदै गएको छ । दसैँ नजिकिएसँगै विगतमा घरका भित्तामा सेतो, पहेँलो, रातो तथा कालो माटो लगाएर घर सजाउने गरिए पनि पछिल्लो समय बजारमा पाइने चुन तथा आधुनिक रङको प्रयोग बढेपछि भोजपुरका गाउँघरमा दशैँसँग जोडिएको यो परम्परा ओझेलमा पर्दै गएको हो ।घर पोत्न खोला तथा खोल्सी तथा डाँडापाखाबाट माटो, कमेरो खोजेर ल्याउने र परिवारका सदस्य मिलेर लिपपोत गर्ने चलन अहिले भने क्रमशः हराउँदै गएको छ । पछिल्लो समय आधुनिक सामग्रीको प्रयोगले घर सफा र आकर्षक बनाउन सहज भए पनि परम्परागत कमेरो लगाउने चलनसँग जोडिएको मौलिकता भने लोप हुँदै गएको छ । नयाँ पुस्ताले पुर

    • प्रकाशित मितिः असोज २८, २०८३
    • ३२ पटक पढिएको
  • अशक्त नागरिकलाई घरमै पुगेर नागरिकता, बिर्तामोड–५ मा चौथोपटक सेवा

    इटहरी स् शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई झापा प्रशासनले घरमै पुगेर नागरिकता वितरण गरेको छ।बिर्तामोड नगरपालिका–५ को समन्वयमा जिल्ला प्रशासन कार्यालय झापाको टोलीले मंगलबार पूर्ण अपाङ्गता भएका सरोज प्रसाईलाई घरमै पुगेर नागरिकता प्रदान गरेको हो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत चुडामणि आपगाईको नेतृत्वमा पुगेको टोलीले प्रसाईलाई नागरिकता प्रदान गरेको थियो। कार्यालयसम्म पुग्न नसक्ने अशक्त नागरिकलाई घरमै सेवा दिने अभियानअन्तर्गत नागरिकता वितरण गरिएको आपगाईले बताए।उनका अनुसार शारीरिक अशक्तताका कारण सरकारी कार्यालयसम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकलाई

    • प्रकाशित मितिः असोज २८, २०८३
    • ४२ पटक पढिएको
  • कांग्रेसमा उदाए रामहरि खतिवडा, आखिर को हुन् ओखलढुंगाबाट पदाधिकारी बन्ने पहिलो नेतारु

    इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नेता रामहरि खतिवडा सहमहामन्त्री निर्वाचित भएका छन्। दुई जना निर्वाचित हुने यस पदका लागि नौ जना उम्मेदवार चुनावी मैदानमा थिए। तीमध्ये खतिवडा र अर्का नेता अजयबाबु शिवाकोटीले जित निकालेका हुन्।निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार महाधिवेशनमा खसेको कुल ७ हजार ४३ मतमध्ये खतिवडाले २ हजार ९१० र अजयबाबु शिवाकोटीले २ हजार १७३ मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी डिल्लीराम सुवेदीले १ हजार ८५२, देवेन्द्रराज कँडेलले १ हजार ३८१, राजीव ढुंगानाले १ हजार २३२ र विकास कोइरालाले १ हजार १४४ मत पाएका छन्।त्यस्तै, अमृतकुमार अर्यालले ९२१, रमेशप्रसाद ध

    • प्रकाशित मितिः असोज २८, २०८३
    • ७६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]