खोटाङ / जंगलमा लागेको डढेलो गाउँ पस्दा खोटाङमा एकै दिन १५ घर खरानी भएका छन् । जिल्लाको बाराहा पोखरी गाउँपालिका–१ मा ११ परिवारको १३ वटा घर जलेर नष्ट भएको छ । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा २ वटा घर खरानी भएका छन् । बुधवार दिउँसो विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा बाराहापोखरीमा बसोबास नभएको तीन वटासहित १३ घर, ७ वटा मतान, २ वटा गोठ र १ बाख्राको खोर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । रक्तमाला सामुदायिक वनमा लागेको डढेलोले भिरगाउँका मोहनलाल थापा मगरको दुई वटा घर र मतान, पूर्णबहादुर मगरको एक घर र तीन मतान, भद्रसिं मगरको घ
काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पो अन्तर्गत ऊर्जा क्षेत्रमा बातावरण, सामाजिक र सुशासन तथा लैँगिक समताको एकीकरण विषयमा आयोजना गरेको सत्रको अध्यक्षता गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।नेपालमा लामो समयदेखि महिला सशक्तीकरणका निम्ति काम हुँदै आएको भन्दै उहाँले अहिले बिस्तारै महिलाको सहभागिता सबै क्षेत्रमा वृद्धि हुँदै गएको बताउनुभयो । मूलरुपमा संविधान जारी भएपछि राजनीतिक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुन
धनकुटा / धनकुटा बजार क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिएको छ । धनकुटा बजारसहित आसपास क्षेत्रका ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो ।भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको सहयोग लिएर धनकुटा नगरपालिकाले कुकुरको बन्ध्याकरण गराएको हो ।छाडा छोडिएका कुकुरहरूले मान्छेलाई समस्या पार्ने गरेको गुनासो आउने गरेकाले कुकुरको संख्या बढ्न रोकथामका लागि बन्ध्याकरण गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए ।‘बजार क्षेत्रमा छाडा छोडिएका कुकुरहरू धेरै छन्, कुकुरको संख्या बढिरहेको छ । त्यस्ता कुकुरले मान्छेलाई समस्या बनाइरहेको गुनासो आउँने गर्छ,’ तामाङले भने, ‘पशुअधिकारका
मोरङ / केराबारी गाउँपालिका-९ नम्बर वडाको प्रायोजन तथा नेपाली ख्रीष्टियान नागरिक संघको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको छ। नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा केराबारी-९, बेलचौरीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा तीन सय बढी स्थानीयले सेवा लिएका छन् । स्वास्थ्य शिविरमा जेनेरल मेडिसिन, प्रसुति तथा स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, दन्तरोग, आँखा, नाक, कान, घाँटी विशेषज्ञ, बालरोग एवं शल्यक्रिया विशेषज्ञ डाक्टरहरुद्धारा भिडियो एक्सरे, इसिजिसहितको सेवा प्रदान गरिएको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए । दाहालका अनुसार अस्पतालसम्म
झापा / झापा गाउँपालिकाले यहाँका छ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले जानकारी दिए।यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी निम्न वर्गका भएकाले पनि छात्रवृत्तिलाई विशेष प्राथमिकता दिइएको उनले बताए। गाउँपालिकाले कक्षा ११ का विद्यार्थीलाई जनही रु नौ हजार छ सय ५० र कक्षा १२ का विद्यार्थीलाई जनही रु ११ हजार दुई सय र प्राविधिक शिक्षाका विद्यार्थीलाई जनही रु १२ हजारका दरले छात्रवृत्ति प्रदान गरेको हो ।कक्षा ११ र १२ अध्यापन ह
बेलबारीमा "नयाँ वर्षको शुभकामना आदानप्रदान, खेल सामाग्री वितरण तथा खेलाडी सम्मान कार्यक्रम" सम्पन्न भएको छ ।नेपाल खेलकुद महासङ्घको बेलबारी नगर कमिटीको आयोजनामा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको हो। नेपाल खेलकुद महासंघ केन्द्रिय स्थायी कमिटि सदस्य तथा प्रदेश स-इन्चार्ज रोहित कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रम नेपाल खेलकुद महासङ्घको बेलबारी नगर अध्यक्ष डम्बर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।कार्यक्रममा बेलबारी नगरपालिका क्षेत्रको प्रतिनिधित्व गर्दै शहीद स्मारक ए डिभिजन लिग विजेता बनेर नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने बेलबारी
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचामा तरकारी पकाउने कराहीले हानेर बाबुले आफ्नै छोरीको दाँत भाँचिदिएका छन् ।सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरका ४० वर्षीय तेजबहादुर झाँगडले आइतबार राति ९ बजेतिर कराहीले प्रहार गर्दा छोरी १८ वर्षीया नम्रता झाँगडको दाँत भाँचिएको हो । खाना पकाउनभन्दा नमानेपछि तेजबहादुरले कराहीले छोरीको मुखमा हानेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कराहीले लागेर नम्रताको अगाडिको दाँत भाँचिएको छ र गालासमेत सुन्निएको छ । घाइतेलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । छोरीलाई कराहीले हान्ने बाबुलाई प्रहरीले नियन्त्रण
काठमाडौँ / सरकार मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–५ दागपामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । गए राति साढे ७ बजेतिर स्थानीय कालुबहादुर लिम्बूको ८ वर्षीय छोरा सुदिप लिम्बूलाई आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो ।करेन्ट लागेर घाइते बालकको उपचारका लागि जिल्ला अस्पताल तेह्रथुम ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासंघको संस्थापकको विवाद टुंगो लाग्नुपर्ने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आयोजना गरेको नेपाल पत्रकार महासंघको स्थापना दिवस र र सत्यनारायण बहादुर श्रेष्ठको योगदान विषयक संवाद कार्यक्रम तथा फोनिज युके पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।चौथो अंगको रूपमा सबैले स्वीकार गरेको पत्रकारिता क्षेत्रको साझा संस्थालाई सबैले अपनत्व गर्ने संस्थाको रूपमा विकास गर्न उहाँले आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्री ए
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.