इटहरी / कस्तुरी कलेज इटहरीले आफ्नो २५ औ वार्षिकोत्सव सुक्रबार कस्तुरी एकेडेमी इटहरी ८ मा सम्पन्न गरेको छ । पू्र्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठकाे प्रमुख आथित्य तथा कस्तूरी कलेज अफ म्यानेजमेन्टका अध्यक्ष रामचन्द्र अधिकारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थापनाकालका विद्यार्थीहरू साथै १५ वर्ष सेवा गरेका शिक्षक तथा कर्मचारीलाई समेत सम्मान गरेको कमलेश सर्मा पौडेलले बताउनुभयो। उत्कृष्ट शिक्षक कर्मचारी साथै परीक्षामा उत्कृष्ट हासिल गर्ने तथा आन्तरीक खेलकुद प्रतियोगितामा विजय हुने विद्यार्थी हरु लाई पुरस्कार वितरण समेत गरिएको भुपेन्द्र न्याैपानेले बताउनु
सुनसरी / नेपाल तरुण दल सुनसरीले सङ्गठन बिस्तार र सामाजिक सेवाको क्षेत्रमा सर्वोत्कृष्ट कार्य गरेको केन्द्रीय समितिले ठहर गरेको छ । केन्द्रीय समितिले आभार तथा धन्यवाद व्यक्त गर्दै तरुण दल सुनसरीको प्रशंसा गरेको हो ।केन्द्रीय अध्यक्ष विद्वान गुरुङले मानव सेवा र सामाजिक क्षेत्रका कार्यहरूमा समर्पित तरुण दल सुनसरीले देशभरका तरुण साथीहरूमा उत्प्रेरणा प्रदान गरेको बताएका छन् । कोभिड-१९ को समयमा हजारौँ सर्वसाधारण नागरिकहरूको उद्धार, सेवा र सहयोग देखी आर्थिक एवं सामाजिक रूपमा सहयोग गरेको उनको भनाइ छ ।केन्द्रीय अध्यक्ष गुरुङले सुनसरी अध्यक्ष सिजन गुरुङलाई पत्र मार्फत प्राकृतिक विपत्तिको समयमा अग्रपङ्क्
सुनसरी / थारू साहित्य तथा इतिहास अभिलेख गर्ने उद्देश्यका साथ सुनसरीको गढीमा आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन शुक्रबारबाट सुरु भएको छ। गढी गाउँपालिकामा अवस्थित गढी बन सामुदायिक भवनमा सुरु भएको थारू राष्ट्रिय साहित्य सम्मेलनको उद्घाटन प्रतिनिधि सभा सदस्य तथा पुर्ब मन्त्री भगवती चौधरीले गर्नुभयो।मन्त्री चौधरीले साहित्य र संस्कृतिको जगेर्ना र विकासका लागि आफु गम्भीर रहेको जनाउँदै कला संस्कृति र साहित्यको संरक्षणमा आफ्नो सहयोग र सहकार्य रहने बताउनुभयो। माघ २६ र २७ गते दुई दिन सम्म चल्ने कार्यक्रम हौली परिवार मोरङ र थारू लेखक सङ्घको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान र गढी गाउँपालिकाको सहकार्यमा
सुनसरी / सुनसरीको बर्जु गाउँपालिका १ नम्बर वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।बर्जु गाँउपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षता तथा प्रमुख अतिथि बर्जु गाँउपालिकाकाका अध्यक्ष जिवछ कुमार राय र विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष नितु कुमारी चौधरीको उपस्थितिमा सार्वजनिक सुनुवाइ भएको थियोे ।वडा कार्यालयको आर्थिक वर्ष २०७८०/८१ को पहिलो र दोस्रो चौमासिकमा गरेका कृयाकलाप, योजना तथा बजेट वारे सार्वजनिक गरिएको हो ।वडा सचिव मिलन खतिवडाले वडाले गरेका काम गतिविधिहरू प्रस्तुत गरेका थिए । वडाको पुष मसान्त सम्मको राजश्व संकलन ४ लाख ३६ हजार ७ सय १० रूपैयाँ भएको व
इटहरी / सुनसरी र उदयपुर जिल्ला जोडने कोशी पुल स्थित होटल कोशी प्यालेसमा संचालित सात दिने पटकथा लेखन कार्यशाला सम्पन्न भएको छ। मंगलबार एक कार्यक्रम गरि उक्त कार्यशाला समापन गरिएको हो। सात दिने कार्यशालामा फिल्मको पटकथा तयार, पटकथा संरचना, जिवन्त चरित्र निर्माण, सटिक सम्बाद, फिचर लेन्थको पटकथाको विभिन्न आयामहरु पनि बुझ्न पाएको सहभागीहरुले बताएका छन् । यो कार्यशाला एक्दमै उपयोगी भएको सहभागी मोहन चापागाईंले बताए । आयोजक मिडल वे फिल्म्सका निर्देशक मोहन राईका अनुसार यो कार्यशाला आर्थिक लाभ भन्दापनि प्रदेश नम्बर १ का चलचित्रकर्मीलाई स्तरीय चलचित्र निर्माणमा दक्षता बनाउन कार्यशाला आयोज
इटहरी/ बिद्यार्थी बीच बढ्दै गएको असमानता मध्यनजर गरेर इटहरी उपमहानगरपालिकाले सबै बिद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ। नयाँ शैक्षिक सत्रका लागि अभिभावकले बिद्यालय पोशाक खरिद गर्ने बेला इटहरी उपमहानगरले यस्तो निर्णय लिएको हो। इटहरीमा १सय ३४वटा निजी र ३६वटा सामुदायिक गरि १सय ७० वटा विद्यालय छन्। अव इटहरीका ६३ हजार ५सय २६जना बिद्यार्थी एउटै पोशाकमा विद्यालय जानेछन्। नगरशिक्षा समिति इटहरीले बिद्यार्थीको पोशाकमा विविधता देखिएको भन्दै एकरुपता ल्याउन यस्तो निर्णय गरेको हो। इटहरी उप–महानगररपालिकाका नगर प्रमुख प्रमुख हेमकर्ण पौडेलले भन्नुभयो “इटहरी भित्रका निजी तथा सबै सामुदायिक बिद्यालयमा
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिडेटका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन्।जिल्ला अदालत काठमाडौँको आदेशअनुसार आज चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर हाजिरी जमानीमा रिहा भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन्। उनले भन्, “जिल्ला अदालत काठमाडौँको आदेशअनुसार हाजिरी जमानीमा आज तीनै जनालाई छाडिएको छ, यद्यपि सो प्रकरणको अनुसन्धान भने जारी छ।”सोमब
उच्च अदालत, विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधानको बाटो खुलेको छ।बढुवाको प्रक्रिया शुरू गर्न माग गर्दै गत पुस २९ गतेदेखि शिक्षक, कर्मचारी र चिकित्सक आन्दोलनमा छन्। उनीहरूको आन्दोलनका कारण पठनपाठन ठप्प भएपछि विद्यार्थी माघ १८ गतेदेखि रिले अनशनमा बसिरहेका छन्।बीपी प्रतिष्ठानले कर्मचारीको माग सम्बोधन गर्ने सहमति बनेपछि त्यस विरुद्ध उच्च अदालतमा रिट परेको थियो। आन्तरिक बढुवा प्रक्रिया रोक्न अन्तरिम आदेश माग गर्दै सञ्जयकुमार मेहताले रिट दायर गरेका थिए। त्यसमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो।अन्तरिम आदेशका कारण बढ
मोरङ / मोरङको उत्तरी क्षेत्रमा रहेको केराबारी गाउँपालिकाले सुँगुरको मासुको मूल्य निर्धारण गरेको छ । माघ २२ गते गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङको अध्यक्षतामा बसेको बैठकले सुँगुरको मासुको मूल्य निर्धारण गरेको हो ।व्यवसायीहरुले मनसरी भाउ ताकेपछि उपभोक्ताहरुको लिखित गुनासोको आधारमा गाउँपालिकाले मूल्य निर्धारण गरेको जनाएको छ । गाउँपालिकाले सुँगुरको मासुको मूल्य प्रतिकेजी ४२० रुपैयाँ निर्धारण गरेको गाउँपालिकाले जनाएको छ । सो मूल्य माघ २९ गते कार्यान्वयनमा आउने जनाइएको छ ।गाउँपालिकाका अुनसार पछिल्लो एक वर्षमा मासु प्रतिकेजी १६० रुपैयाले वृद्धि भएर ४६० रुपैयाँसम्म पुगेको थियो । यस्तै गाउँपालिकाले मास
दुहवी । सुनसरीको दुहवी नगरपालिका वडा नं.५ अवस्थित रहेको श्री सरस्वती माविको विज्ञान प्रयोग शाला भवनको उद्घाटन गरीएका छन् । विध्यालयको ६७ औ बार्षिकोत्सवको अवसरमा दुहवीका नगर प्रमुख गच्छदारले स्कुलको सुविधा सम्पन्न नव निर्मित दुई कोठे विज्ञान प्रयोग शाला भवनको उद्घाटन गरेका छन । कार्यक्रमा विध्यालयका प्रधानाध्यापक तेज प्रसाद तिम्सिनाले स्वागत गर्दै, विध्यालय वि २०१३ सालमा स्थापना भई यस क्षेत्रमा विध्यालयले राष्ट्रका लागी महत्वपुर्ण जनशक्ति उत्पादन गरेसँगै शैक्षिक जागरण ल्याउन सफल भएको बताए ।दुहवी नगरपालिकाको नमुनाकै रुपमा रहेको यस विध्यालयमा स्थानिय , प्रदेश तथा सँघिय सरकारले दिईरहेका अनुदा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.