समाज

    Showing ९,७४१-९,७५० of ११,३०१ items.
  • जापान जान लागेका युवक कानेपोखरीको जंगलमा मृत भेटिए

    मोरङ / मोरङको उर्लाबारी नगरपालिका-६ सिमाना वस्तीका २३ बर्षे धिरेन्द्र ढुङगेल कानेपोखरीको जंगलमा मृत फेला परेका छन् ।सोमबार दिउसो २ बजे घरबाट श्रीमती सँगै उर्लाबारी बजार गएका ढुङगेल बाजरमा सामान किनमेल गरेर श्रीमतीलाई घर जाउ म कपाल काटेर आउछु भनेर श्रीमतिलाई घर पठाएका ढुङगेल मोरङको कानेपोखरी गाउपालिका वडा नम्वर-७ मा पर्ने जंगलमा मंगलबार विहान मृत फेला परेका हुन ।ढुङगेलले श्रीमतीलाई दिउसो करिव २ बजेतिर कपाल काटि सके भनेर फोन गरेपछि उनि सम्पर्कमा नआएको परिवारले बताएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । ईलाका प्रहरी र सामाजिक संजालमा उनि हराएको सुचना सार्वजनिक

    • प्रकाशित मितिः कार्तिक २९, २०८०
    • १३६ पटक पढिएको
  • तिहारको मुख्य दिन आज भाइटिका : १० बजेर ५१ मिनेटमा साइत

    काठमाडौं / यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटिका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी पूजा गरी टिका लगाउनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि विहान १० बजेर ५१ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष भाइटीका लगाइदिने दिदीबहि

    • प्रकाशित मितिः कार्तिक २९, २०८०
    • १४४ पटक पढिएको
  • बन्द भएको चार वर्षपछि मुस्ताङ–तिब्बत कोरला नाका खुल्यो

    काठमाडौं / मुस्ताङको लोमान्थाङ गाउँपालिकामा रहेको कोरला नाका चार वर्षपछि खुुलेको छ ।हिजो नेपाल र भारतका प्रतिनिधिहरुको उपस्थितिमा नाका पुनः खोलिएको हो । कोरला नाकाको ढोका खुल्ला भएको पहिलो दिन चीनले लोमान्थाङ र लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दालाई एक लाख किलो खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वुु गुुरुङले जानकारी दिए ।लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रका आधारमा आवतजावत गर्न थालेका मुुस्ताङका प्रमुुख जिल्ला अधिकारी जनकराज पन्तले बताए  ।प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)को असोज पहिलो हप्त

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • १२७ पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा घैलाडुब्बाका शाहको मृत्यु

    झापा / झापाको लक्ष्मीपुर-घैलाडुब्बा सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । प्रदेश २-०३-०१५ प ४०७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । राति ११ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक कन्काई ९ घैलाडुब्बा बस्ने करिव ४० वर्षीय सञ्जय शाह गंभीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तासिटी हस्पिटल पुर्याउनासाथ मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । शाह सञ्जय टेन्ट हाउसका सञ्चालक भोला शाहका जेठा छोरा हुन् ।

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • २०६ पटक पढिएको
  • इनरुवामा आगलागी हुँदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति

    इनरुवा / गए राति सुनसरी सदरमुकाम इनरुवा–१ मा रहेकाे मुख्य बजारमा आगलागी भएको छ ।इनरुवा- १ मा रहेकाे वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा  आगलागी भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटका  जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् । आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताइएको छ ।  इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका ठाउँबाट आ

    • प्रकाशित मितिः कार्तिक २७, २०८०
    • ११८ पटक पढिएको
  • लक्ष्मी पुजाकाे दियोद्वारा खादबारीकाे एक घर नष्ट

    संखुवासभा / संखुवासभा सदरमुकाम खाँदबारी बजारमा आइतबार मध्यराति एक घरमा आगलागी भएको छ । खाँदबारी नगरपालिका- १ नेपाली सेनाको गुल्मभन्दा तलपट्टिको घरमा आगलागी भएको हो।लीला राईको घरमा आगलागी भएपछि राईको घर ध्वस्त भएको छ। प्रहरी, सेना र स्थानीय बासिन्दाको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घर ध्वस्त भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी संखुवासभाले जानकारी दिए । घरमा राखेका लत्ताकपडा र खाद्यान्न जलेका छन् भने नगद ३१ हजार रुपैयाँ पनि जलेको घर राईले बताएका छन् । लक्ष्मी पुजाको लागी बालेको दियोबाट आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ । राती करिव ११ः४६ बजे सुतिरहेको

    • प्रकाशित मितिः कार्तिक २७, २०८०
    • १८३ पटक पढिएको
  • मोरङमा राती १० बजेपछि देउसी भैलो खेल्न नपाइने

    मोरङ / मोरङमा राती १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । नेपालीहरुको दोश्रो ठुलो चाड तिहारमा महत्वपूर्ण मानिने देउसी भैलोलाई जिल्ला प्रशासन कार्यालय मोरङले राती १० बजे पछि खेल्न रोक लगाएको हो ।जिल्लाका १७ वटै स्थानीय तहमा राती १० बजेपछि देउसी भैलो खेल्न र साँस्कृति कार्यक्रम गर्न रोक लगाएको प्रशासनले जनाएको छ । दिउँसो हुने देउसी भैलोलाई भने कुनै रोक नलगाइएको जनाइएको छ ।यसैगरी, तिहार र छठ पर्व मनाउने क्रममा पटका, भँईचम्पा, र आतिशवाजी जस्ता प्रज्वलनशिल पदार्थको भण्डारण, ओसार प्रसार, बिक्री वितरण तथा प्रयोग गर्न पूर्ण बन्देज लगाइएको पनि प्रशासनले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २७, २०८०
    • १२७ पटक पढिएको
  • राष्ट्रिय जागृति क्लव इटहरीको आयोजना नगर स्तरीय लोक नृत्य प्रतियोगिता

    इटहरी / राष्ट्रिय जागृति क्लव इटहरीको आयोजना नगर स्तरीय लोक नृत्य प्रतियोगिताको  कार्यक्रम गरिएको छ ।  शुभदिपावली तथा छठ पर्व लगायत चाडपर्वहरुको अवसर पारेर राजा क्लल इटहरीले आयोजना गरेको नगर स्तरीय लोक नृत्य प्रतियोगिताको अवसर पारेर बरिष्ठ गायक तथा संगीतकार थुलुङ लगायतलाई सम्मान गरिएको थियोे ।प्रतियोगितामा कोशी सेन्टजेम्स सेकेण्डरी स्कुल प्रथम भएकोमा २० हजार पुरस्कार , पिसजोन सेकेण्डरी स्कुल दोस्रो  भएको १५ हजार पुरस्कार , इटहरी मोडल सेकेण्डरी स्कुल तृतिय भएकोमा १० हजार नगद सहित  प्रमाण पत्र प्रदान गरिएको हो  । लोक नृत्य रनिङशिल्ड प्रतियोगिताका प्रतिस्र्पधीहरुले म

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • १०२ पटक पढिएको
  • आठौं अरुणभ्याली फुटबलको उपाधी पञ्चकन्याले जित्यो

    संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ्गमा जारी आठौं अरुणभ्याली फुटबल प्रतियोगिताको उपाधी पञ्चकन्या क्लबले जितेको छ ।शुक्रबार भएको फाइनल खेलमा २ को विरुद्ध ३ गोल गर्दै पञ्चकन्या क्लबले उपाधी जितेको हो । खेलको शुरुमा नै तीनपोखरी क्लबका १० नम्बरका विदेशी खेलाडी फेजालले गोल गरी अग्रता दिलाएका थिए । त्यसको केही समयपछि पञ्चकन्याका ११ नम्बरका खेलाडी सुशील राईले गोल फर्काएका थिए । हाफटायम सम्म बराबर खेलका दुवै टिमले हाफटायम पछि पञ्चकन्याका ९ नम्बरका खेलाडी निरज परियारले १ गोल गर्दै अग्रता दिलाएका थिए ।त्यसको लगत्तै पुनः अर्को गोल पञ्चकन्याका ६ नम्बरका खेलाडी विवेक राईले थपेका थिए ।

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • ३०८ पटक पढिएको
  • सिटिजन लाइफ इन्स्योरेन्स धरान शाखाले गर्यो सात लाख चौसट्ठी हजार भुक्तानी

    सुनसरी / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी धरान शाखाले बीमादाबी बापत ७ लाख ३४  हजार भुक्तानी गरेको छ ।शनिबार  कम्पनिको छैठो बार्शिक उत्सवको अवसरमा इटहरीमा बिमा  सचेतना र्याली सङै मृत्यु दाबी भुक्तानी कार्यक्रम आयोजना गरी बीमितको श्रीमती रेवा राईलाई  सात लाख चौसट्ठी हजारको चेक हस्तान्तरण गरेको हो ।सिटिजन लाइफ इन्स्योरेन्स कोशी प्रदेश  प्रमुख राम ब। खत्री  लगायत ,धरान , इटहरी , तरहरा, बिराट्चौक र पथरी शाखाका एजेन्सी म्यानेजरहरुको उपस्थितिमा बीमितको श्रीमती रेवा राई लाई चेक हस्तान्तरण गरिएको हो । भावनात्मक क्षतिलाइ पुरा गर्न नसकेतापनि आर्थिक क्षतिलाई भने बिमाले ठू

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • १२६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]