सुनसरी / सुनसरीको इटहरी वडा नम्बर ८ मा रहेको कस्तुरी सेकेन्डरी स्कुलले आफ्नो १७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ ।बिहीबारदेखि एक कार्यक्रमबीच विद्यालयले आफ्नो अभिभाक दिवसमा अभिभावकको छत्रछायाँमा हुर्किएका छोराछोरीहरुले विभिन्न जात जातिका नृत्य , नाटक साथै गायन प्रस्तुति देखाइएका थिए ।इटहरी उपमहानगरपालिकाकि उप प्रमुख संगिता कुमारी चौधरीको प्रमुखको आथित्यता तथा कस्तुरी सेकेन्डरी स्कुलका अध्यक्ष प्रेम प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।सोही कार्यक्रममा विद्यार्थीहरु शैक्षिक , विज्ञान प्रविधिका सामाग्रीहरु वनाएर प्रर्दशनीमा राखेका थिए । सामाजिक तथा पत्रकारीता क्षेत्रमा
इटहरी / इटहरी उपमहानगरपालिकाले आफ्नो कार्यक्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने आफ्नो योजनालाई सफल बनाउन बृहत् शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।आगामी शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्दै गुणस्तरीय, जीवनोपयोगी तथा प्राविधिक शिक्षामा जोड दिँदै इटहरी उपमहानगरले इटहरीका सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक अभिभावक सङ्घका अध्यक्षहरू सहित जनप्रतिनिधिहरूको बृहत् अन्तरक्रिया सम्पन्न गरिएको हो ।बृहत् शैक्षिक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै इटहरीका नगर प्रमुख तथा शिक्षा समितिका संयोजक हेमकर्ण
सुनसरी / इटहरीको सरस्वती माध्यमिक विद्यालय विद्यार्थीको आकर्षण र अभिभावको रोजाइ परेको छ ।२०२६ सालदेखि स्थापना भएको इटहरी - ३ स्थित सरस्वती माध्यमिक विद्यालयमा मनोरञ्जनका लागि खेल प्रायप्त मात्रमा खेल मैदान , दक्ष तालिम प्राप्तकर्मचारी, भौतिक गुणस्तर, विज्ञान शाला , सभा हल, खानेपानीको व्यवस्थापन, उत्कृष्ट विद्यार्थीलाई प्रोत्सान, अतिरिक्त क्रियाकला, दुई तले दुई वटा भवन भएको विद्यालयमा नर्सरी देखि १२ कक्षा सम्म सञ्चालन रहेको छ ।७ सय ६५ जना बढी अध्ययनत विद्यालयलाई वडा कार्यलय ,विद्यालय व्यवस्थापन समिति , विद्यालय प्रशासनले सबै कक्षामा विद्यार्थीलाई अङ्ग्रेजी माध्यमद्वारा विद्यार्थीहरू पढ्दै
इटहरी / इटहरी वडा नम्बर –४ मा रहेको सिटि मन्टेश्वरी स्कुलले अभिभावक दिवस मनाएको छ ।शनिबार एक कार्यक्रमबीच विद्यालयले आफ्नो अभिभाक दिवस मनाएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना अभिभावकका अगाडि नृत्य प्रतुत गरेका थिए । विश्व आर्दश कलेज इटहरीका प्रार्चाय गणेश दुलालको प्रमुख आतिथ्यता तथा सिटि मन्टेश्वरी स्कुलकका प्रधानध्यापक निर्मला गुरागाँई (घिमिरे)को अध्यक्षतामा कार्यक्रम गरिएको थियोे । विद्यार्थीहरूलाई पढाइ सँगै अभिभाकले संस्कार संस्कृति सिकाउन आवश्यक रहेको विश्व आर्दश कलेज इटहरीका प्रार्चाय दुलालले बताउनुभयो । अभिभावकको छत्रछायाँमा हुर्किएका छोराछोरीहरुले नृत्यका साथै गायन प
पाँचथरको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले मंगलबार दिउँसो कार्यकक्षमा वडाध्यक्ष र अन्य केही उपस्थितलाई आफ्नो ट्याब देखाउँदै भने- 'यसमा स्कुल मात्र देखिँदैन त्यहाँको आवाज पनि सुनिन्छ।'फिदिम नगरपालिकामा रहेका २० सामुदायिक विद्यालयमा सीसीटीभी जडान गरेपछिको दृष्य देखाउँदै मेयर काफ्लेले यस्तो बताएका हुन् । अब विद्यालयहरूमा नियमितता हुने अपेक्षा रहेको पनि उनले सुनाए ।नगरपालिकाले हरेक माध्यमिक विद्यालयमा चारवटा सीसीटीभी क्यामेरा जडान गरेर उद्घाटन गरेको छ । विद्यालयमा हुने गतिविधिको नियमित अनुगमन गर्ने गरी क्यामेरा जडान गरिएको हो ।विद्यालय परिसर तथा कार्यालय देखिने गरी आवाजसहितको क्यामेरा ज
इटहरी । शैक्षिक तथा अतिरिक्त क्रियाकपालका कारण पुर्व क्षेत्रमै नाम कमाउदै आएको इटहरीमा रहेको विश्व आर्दश एकेडेमीले विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई सम्मान गरेको छ । हालै हिसान सुनसरीले आयोजना गरेको हिसान स्पोर्टस मिट तथा इटहरी उपमहानगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजयी विद्यार्थी तथा टिमलाई एक कार्यक्रमको आयोजना गरि विश्व आर्दश एकेडेमीले सम्मान गरेको हो । विश्व आर्दश एकेडेमीले बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरी विद्यार्थी खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।सम्मान कार्यक्रममा प्रतियोगितामा विजयी टिम तथा विद्यार्थी
इटहरी । वालवालिकाहरुलाई लक्षित गरि किवानिस क्लव अफ इटहरीले दुई वटा विद्यालयका विद्यार्थीहरुका लागि दन्त शिविर आयोजना गरेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको सरस्वती सतन माध्यमिक विद्यालय र सेतो गुराँस आधारभुत विद्यालयका विद्यार्थीहरुका लागि किवानिस क्लव अफ इटहरीले दन्त शिविर आयोजना गरेको हो । वालवालिकालाई लक्षित गरी दन्त शिविर सहित दन्त सुरक्षाका लागि तुथपेष्ट र ब्रस वितरण कार्यक्रम राखिएको किवानिस क्लव अफ इटहरीकी अध्यक्ष मनिता तामाङले वताइन lपछिल्लो समयमा जङफुडका कारण दाँतमा समस्या हुने गरेको तर्फ मध्यनजर गर्दै बालबालिकाको क्षेत्रमा काम गर्दै आएको कि
इटहरी : इटहरीमा लेखन र पठन संस्कृतिबारे बहस कार्यक्रमको आयोजना गरिएको छ । बुधवार विश्व आदर्श कलेज साहित्यिक सङ्घको आयोजनामा कलेजको सभा हलमा आयोजित कार्यक्रममा ‘लेखन र पठन संस्कृतिमा हामी कहाँ छौँ’ शीर्षकबारे बहस कार्यक्रमको आयोजना गरिएको हो ।शिक्षाविद् डा.तारा निरौला, पत्रकार विवेक विवश रेग्मी, पाठक तथा विद्यार्थीद्वय योगेन्द्र पराजुली र उमा भट्टराई वक्ताका रूपमा थिए भने कार्यक्रमलाई प्रवीण अधिकारीले सहजीकरण गरेका थिए ।वक्ताहरूले लेखन र पठन संस्कृतिको विकास भइरहेपनि पर्याप्त नभएको बताएका थिए । पठन र लेखन संस्कृतिले मानिसको चेतना स्तरमा परिवर्तनसँगै जीवन बुझ्नसमेत सहज हुने वक्ताहरूको भनाइ थियो
इटहरी । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले इटहरीस्थित कचना बुढीगंगा महादेव माविको भवन उद्घाटन गरेका छन् ।साढे ९ करोड लागतमा बनेको विद्यालय भवन बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री ओलीले इटहरी र सुनसरीलाई सहयोग गर्न आफू सधै तयार रहेको बताए । ‘योजनामा राख्न, बजेट पार्नका लागि मलाई सम्झनुहोस्,’ उनले भने, ‘उद्घाटन ठूलो कुरा होइन, वडाध्यक्षले गरेपनि हुन्छ ।’उनले सबैका लागि गुणस्तरीय शिक्षा उपलब्धताका लागि आफूले सक्दो सहयोग गर्नेसमेत बताए । ‘सरकारमा भएपनि नभएपनि म तपाईहरुलाई सहयोग गर्न सधै तयार छु,’ उनले
इटहरी / इटहरी वडा नम्बर ४ मा रहेको कचना बुढीगंगा महादेव माध्यमिक विद्यालयको नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्माले उद्घाटन गरेका छन् ।कचना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढिक बहादुर राईको सभापतित्व तथा नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्माको प्रमुख अतिथिमा कार्यक्रम भएको थियोे ।कार्यक्रममा बोल्दै नेता ओलीले इटहरी र सुनसरीलाई सहयोग गर्न आफू सधै तयार रहेको बताए । ‘योजनामा राख्न, बजेट पार्नका लागि मलाई सम्झनुहोस्,’ उनले भने, ‘उद्घाटन ठूलो कुरा होइन, वडाध्यक्षले गरेपनि हुन्छ ।’उनले सबैका लागि गुणस्तरीय शिक्षा उपलब्धताका लागि आफूले सक्दो सहयोग ग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.