इटहरी : इटहरीमा एक्सेल डेभलपमेन्ट बैंकले गरेको रक्तदान कार्यक्रममा ६४ पिन्ट रगत संकलन भएको छ ।बुधबार इटहरीमा गरिएको रक्तदानमा ६४ पिन्ट रगत संकलन भएको हो ।पछिल्लो समय रगतको चरम अभाव भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको बैंकका इटहरी शाखा प्रबन्धक कमल घिमिरेले बताए ।अहिले बैंकले डिजिटल बैंकिङ, रेमिट्यान्स सेवा, लकर सेवा लगायतका सुविधा उपलब्ध गराउँदै आएको बैंकका बिजनेस विभाग प्रमुख शिवकुमार गिरीले जानकारी दिए ।प्रदेश १ कै पहिलो विकास बैंकका रूपमा रहेको उक्त बैंकको केन्द्रीय कार्यालय झापाको बिर्तामोडमा रहेको छ । बैंकले ४४ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।
सुन्दरहरैचा : मोरंगको सुन्दरहरैचा नगरपालिका वार्ड नं १ स्थित हरैचामा नगरप्रमुख केदार प्रसाद गुरागाईले फार्मेसी उद्घाटन गरेपछी नगर अस्पतालमा फार्मेसी सेवा सुरु भएको छ।आइतबार बिहान विधिवत रुपमा फार्मेसी सञ्चालनमा आएको छ । सो अवसरमा नगरप्रमुख गुरागाईले अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार गर्ने र चाडै विशेषज्ञ सेवा सुरु गर्ने बताएका छन् । सोही क्रममा नगर अस्पतालमा रहेको शिव मन्दिरको नगरप्रमुख केदार प्रसाद गुरागाई र उपप्रमुख अकली चौधरीले शिलान्यास गरेका छन्।अस्पतालमा २४ घण्टे इमरजेंसी सेवा , सुरक्षित गर्भपतन सेवा, सुरक्षित प्रसूति सेवा, इन्डोर (२४ घण्टे) सेवाको व्यवस्था रहेको अस्पताल इन्
खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको बदेलमा भाइरल फैलिएको छ । दशैँ अघिदेखि टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, हात खुट्टा र शरीर खानेलगायतका समस्या देखिने भाइरल फैलिएको हो । भाइरलले साबिकको बाकाचोल–२ र ३ मा पर्ने बदेलका अधिकांश घरका स्थानीय बिरामी परेको वडाध्यक्ष नन्दकुमार तामाङले बताए ।भाइरलको बिरामी बढ्दै गएपछि स्वास्थ्य चौकी बाकाचोलसँगको समन्वयमा औषधिसहित स्वास्थ्यकर्मी लगेर बदेलमा उपचार शिविर सञ्चालन गरिएको छ । उपचार शिविरमा १०३ जनाको स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधि वितरण गरिएको छ ।गाउँभरी भाइरल फैलिएको खबर पाएकै भोलिपल्ट स्वास्थ्यकर्मी र औषधि लगेर उपचार शिविरको
झापा । नेपाली कांग्रेस महामन्त्री बिश्व प्रकाश शर्माले सामाजिक संजाल मार्फत डेगुको पहिरो नजाओस भनेर स्टाटस लेख्दै भिडियो सन्देस मार्फत सतर्क रहन आवाहान गरे सगै उनको क्षेत्रमा डेगु सचेतना,सर्च एन्ड डिर्सोए , अर्लि डाइगोनोसिस र ट्रिटमेन्टको अवधारणामा कार्यक्रम शुरु भएको छ।नेपाली कांग्रेस झापा क्षेत्र न १ क्षेत्रिय समितिको समन्वय र नेपाल स्वास्थ्यकर्मी संघ, तरुण दल, महिला सघ, नेबि संघका स्वयंसेवकहरुको सक्रियतामा कार्यक्रम भईरहेको छ। बरिष्ट डाक्टर सन्जिव शर्माको नेतृत्वमा आएको स्वंसेवक डाक्टरहरुको टोलि झापा क्षेत्र न १ को बिभिन्न क्षेत्रमा खटिएर सचेतना,डेगु पहिचानका लागि रगत परिक्षण र उपचार
तेह्रथुम / नेपाल सरकारले तेह्रथुम जिल्लालाई डेंगो प्रभावित जिल्ला घोषणा गरे सगै फेदाप गाउँपालिकाले झुल वितरण गर्न थालेको छ । पालिकाको वडा नम्वर १ सिम्ले अरु वडा भन्दा वढी डेंगोको जोखिम रहेको हुनाले गाउँपालिकाले झुल वितरण गर्न थालेको पालिका अध्यक्ष केशव भेट्वालले बताउनुभयो ।पालिकाको वडा नम्वर १ सिम्लेमा १ घर एक झुल वितरण अभियान सुरु गरेको हो । पालिकाको वडा नम्वर १ मा १ हजार थान झुल वितरण गरिने ।अध्यक्ष भेट्वालले डेंगो लक्षण देखिएमा समयमा नै स्वास्थ्य सस्थामा आउन अनुरोध गर्नुभएको छ । राती सुत्दा झुल लगाएर मात्रै सुत्यो भने पनि यो रोगबाट वच्न सकिने भएकाले जनचेतना जोगाउन पनि
इटहरी / इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखा द्वारा डेङ्गु नियन्त्रण तथा रोकथामको लागि सचेतना अभियान थालेको छ।दिनानुदिन उपमहानगरपालिकामा डेंगुका बिरामी देखापर्न थालेपछि उपमहानगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरेको हो ।स्वास्थ्य कार्यालयको समन्वयमा उपमहानगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार इटहरीको विभिन्न चोकमा र्यालीसहित होटल तथा पसलका भाँडाकुँडा,थुपारिएका टायर हटाउने र खाल्डाखुल्डीमा जमेको पानी पोखाएको छ ।जमेको पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा हुर्कने भएकाले खुला ठाउँमा रहेको पानी हटाउने र सो पानीमा हुर्कंदै गरेको लामखुट्टेको लार्भा नष्ट गर
भारत । एकै दिनमा ४ हजार ८५८ नयाँ कोरोना संक्रमित भेटिएसँगै भारतमा कोभिड–१९ को संक्रमितको संख्या ४,४५,३९,०४६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४८,०२७ पुगेको छ । पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ ।योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३३५ पुगेको छ ।कुल संक्रमितको ० दशमलब ११ प्रतिशत सक्रिय संक्रमित छन् । त्यस्तै राष्ट्रिय कोभिड १९ निको दर ९८ दशमलब ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दैनिक संक्रमण दर २ दशमलब ७६ प्रतिशत छ भने साप्ताहिक संक्रमण दर १ दशमलब ७८ प्रतिशत छ । पछिल्लो समय भारतसहित विश्वभर संक्रमण दरमा कमी आएको छ ।
स्वास्थ्य बिमाकाबारे नागरिकलाई अझै पनि राम्रो सँग जानकार छैनन् । बिमाकाबारे ज्ञान नहुँदा राज्यदिएको सेवा लिनबाट अझै बञ्चित बन्दै आउनु परेको छ । बिमाको बारे कमै मात्र ज्ञान छ र बिमा पनि कमै गरेका छन । नेपाल सरकारले ५ जनाको परिवारलाई ३५ सयले वार्षिक १ लाख बराबरको स्वास्थ्यबिमा गराउँदै आएका छ । वर्षमा ३५ सय तिर्न नै सकेकाकारण स्वास्थ्य उपचारमा लाखौं खर्च गर्न बाध्यभई रहेको धनकुटाको छथर जोरपाटी गाउँपालिकाले भने गाउँपालिकाभित्रका सबै परिवारलाई ५० प्रतिशतमा स्वास्थ्यबिमा गराउने भएको छ । नागरिक सँगै प्रत्यक्ष सरकार छ भन्ने प्रत्याभूति दिलाउने उद्देश्यका गाउँपालिकाले ५० प्रतिशत स्वास्थ्यबिमामा स
इटहरी : अवैध रूपमा नेटवर्किङ व्यवसाय चलाउने सक्रिय एक समूहलाई प्रहरीले इटहरीमा पक्राउ गरेको छ । ग्लोबल ओरियन्स कम्पनीको नाममा नेटवर्किङ व्यवसाय चलाउने गिरोहका ६ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । उक्त कम्पनीले केही महिना देखि इटहरी उपमहानगरपालिका वडा नम्बर ९ साथी पेट्रोल पम्प पछाडि एक घरमा कोठा भाडा लिएर विभिन्न औषधी तथा विभिन्न कम्पनीका सामग्री बिक्री गर्ने गरेको थियो । गोप्य सूचनाका आधारमा आज (सोमबार) पक्राउ गरिएको प्रहरीले जनाएको छ । अवैध नेटवर्किङ चलाउने मुख्य मोरङको मिक्लाजुङ गाउँपालिका घर भएकी सचिता राई र सुन्दरहरैँचा नगरपालिका घर भएका
काठमाडौं । डेंगु संक्रमणबाट २० दिनको अवधिमै देशभर ११ जनाले ज्यान गुमाएका छन् । निजी तथा सरकारी अस्पतालमा उपचाररत बिरामीको ज्यान गएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्लो २० दिनयता ११ जनाले डेंगु संक्रमणबाट ज्यान गुमाएका छन् ।yjn7निसर्ग अस्पताल कैलालीमा ३५ वर्षीया महिला, कान्तिमा तीन वर्षीया बालिका, मेडिसिटी अस्पताल ललितपुरमा ३८ वर्षीय पुरुष, चितवन मेडिकल कलेजमा ३३ वर्षीय पुरुष, भेरी अस्पतालमा १२ वर्षीया बालिका, नेपालगन्ज मेडिकल अस्पतालमा २५ वर्षीया महिलाको डेंगु संक्रमणबाट ज्यान गएको छ । त्यस्तै, सुमेरु अस्पताल ललितपुरमा ६६ वर्षीय पुरुष, ग्रान्डी अस्पताल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.