काठमाडौं– ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ। विस्फोटमा अन्य ६ जना घाइते भएकाे महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञ विनोद पोखरेलले जानकारी दिए। 'औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा विस्फोट भएको छ। विस्फोटमा ७ जना घाइते भएकामा १ जनाको मृत्यु भएको छ,' एसएसपी पोखरेलले भने। उनका अनुसार अक्सिजन भर्ने क्रममा एउटा सिलिण्डर विस्फोट भएको थियो। एउटा सिलिण्डर विस्फोट हुँदा नजिकै रहेका अन्य सिलिण्डर पनि विस्फोट भएको जानकारी प्राप्त भएको एसएसपी
कर्णाली- कर्णाली प्रदेश सरकारले १८ वर्ष भन्दामाथिका लक्षित जनसङ्ख्याको ६६ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएको छ। सुर्खेतमा बुधबार ‘मुख्यमन्त्री–पत्रकार भेटघाट कार्यक्रम’मा प्रदेश सरकारका पछिल्ला उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको कूल जनसङ्ख्याको ५४ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा र दोस्रो मात्रा लगाउनुका साथै एक लाख ४० हजार १८८ जनाले बुस्टर डोजसमेत लगाएको जानकारी दिए।छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको भन्दै उहाँले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको बताए। कोरोना खोप अभियानलाई तीव्रता दिनुक
काठमाडौं । सरकारले आजदेखि देशरभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरेको छ ।७५३ वटै स्थानीय तहमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएको हो ।२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ । स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउनेछन् ।
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका यति वेला नागरिकको स्वास्थ्यलाई ध्यान दिदै डेंगु नियन्त्रण अभियानमा लागेको छ ।दिनप्रतिदिनको बढ्दो गर्मी मौषमका कारण समुदाय स्तरमा लामखुट्टेको बढ्दो प्रभावले डेंगु र स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइका कारण कालाजार रोग लाग्ने गर्दछ ।यि दुवै रोग प्राणघातक रोगको सुचिमा रहेका छन् समयमै उपचार पाएन भने यो रोगबाट ग्रसित प्राय सवैको मृत्यु निश्चित हुने भएका कारण नगरपालिकाले डेंगु र कालाजार नियन्त्रणका लागि औषधी छर्कने कार्य गरिरहेको छ ।जस अन्र्तगत वडा नम्वर ५ र ६ मा अभियान सम्पन्न् भएको छ भने शनिवार देखी वडा नम्वर ७ मा अभियान थालनी गरिएको छ ।औषधी
इटहरी : इटहरी तथा आसपासका विरामीहरुलाई उपचारका लागि बाहिर जानु नपरोस भनेर नीजि क्षेत्रबाट इटहरीमा सञ्चालित पहिलो अस्पताल सामुदायिक अस्पतालले हाडजोर्नी, नशा तथा प्रसुती सम्वन्धी सेवाका लागि २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।अस्पतालले सेवा विस्तारका विषयमा जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा हाडजोर्नी, नशा तथा प्रसुती सम्वन्धी सेवाका विशेषज्ञ चिकित्सकबाट २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा ल्याएको जानकारी गराएको हो । वि.सं.२०५६सालमा इटहरी तथा आसपासका क्षेत्रका विरामीहरु उपचारका लागि रातको समयमा समेत धरान र विराटनगर जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै
रगत अभाव भएकै कारण कसैले ज्यान गुमाउन नपरोस भनि नेपाली काग्रेंस इटहरी वडा नम्वर २ ले शनिवार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रम इटहरी २ को देबीथान चौकमा नेपाली काग्रेंस २ नम्बर वडाका कार्यबाहक सभापतीको अध्यक्षतामा भएको थियो । नेपाल रेडक्रस सोसाइटि धरानको सम्वन्यमा भएको कार्यक्रममा ५९ पिन्ट रगत संकलन भएको नेपाली काग्रेंस २ नम्वर वडा समिती सचिब निराजन पाण्डेले जानकारी दिनुभयो । ३०० जनाको सहभागीतामा भएको कार्यक्रममा १ सय ५८ जनाले रगत जाँच गराएका थिए । रक्तदान कार्यक्रममा नेपाली काग्रेंस इटहरी वडा नम्वर २ का पुर्व सभापती पुष्प बहादुर गुरुङ, टंक थापा, केशव मगर, वर्तमान सभापती जितेन्द्र
काठमाडाैं / चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झाैता कार्यान्वयन नभएकाे भन्दै डा केसीले माग पूरा नभए सत्याग्रह थाल्ने बताएका हुन् ‘यही अवस्था अर्को पाँच वर्ष पनि दोहोरिने हो भने देशको स्वास्थ्य प्रणाली पूर्ण रुपमा धराशायी हुने निश्चित भएकाले आसन्न स्थानीय र त्यसपछिको प्रादेशिक तथा आम चुनावमा पार्टीहरुको सही प्राथमिकता सुनिश्चित गर्नु अनिवार्य बनेको छ,’ उनले भनेका छन्, ‘त्यसैले देशको स्वास्थ्य प्रणालीमा सुधार गर्नका लागि सरकार र मुख्य राजनीतिक दलहरुलगायत सबै सरोकारवालासमक्ष निम्न मागहरु प्रस्तुत गर्
इटहरी । सामाजिक तथा राजनैतिक व्यक्तित्व उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम बहादुर पौडेलले नेपाल रेडक्रस सोसाइटी तरहरालाई एक एम्वुलेन्स उपलव्ध गराएका छन । इटहरी तथा आसपासका क्षेत्रमा सामाजिक गतिविधिका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै आएका पौडेलले माता पाथिभरा लिला सेवा फाउण्डेशनको तर्फ नेपाल रेडक्रस सोसाइटी तरहरालाई एम्वुलेन्स उपलव्ध गराएका हुन । माता पाथिभरा लिला सेवा फाउण्डेशनका तर्फ उद्योगी व्यवसायी भिमबहादुर पौडेल उनका छोरा विनोद पौडेलले नेपाल रेडक्रस सोसाइटी तरहरालाई कर बाहेकको १८ लाख मुल्य बराबरको एम्वुलेन्स उपलव्ध गराए ।&nb
इटहरी । राष्ट्रिय युवा संघ सुनसरीले विभिन्न सामाजिक गतिविधिहरुलाई तिव्रता दिएको छ । सोही अभियान अन्तर्गत राष्ट्रिय युवा संघ सुनसरीले इटहरीमा विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । इटहरी १६ पकलीस्थित जब्दी आधारभुत विद्यालयमा सञ्चालन गरिएको शिविरबाट १ सय ५० बढी स्थानीयबासीले सेवा लिएका छन् । शिविरमा स्त्री रोग विशेषाज्ञ सेवा, हाडजोर्नी, बालरोग, फिजिसियन सेवा, नाक, कान, घाँटीको विशेषज्ञ सेवा तथा दन्त रोग विशेषज्ञ सेवा प्रदान गरिएको छ । सो अवसरमा दन्त रोग विशेषज्ञको सेवा लिनेहरुलाई निःशुल्क दाँत माझ्ने ब्रस र मञ्जन समेत वितरण गरिएको छ । शिविरमा वीपी प्रतिष्ठान धरानका
इटहरी । सुनसरीको इटहरीमा पहिलो पटक ५ वर्ष मुनीका वालवालिकाहरुको निःशुल्क आँखा परिक्षण हुने भएको छ । होटल चिन्तन चौतारीमा आयोजित एक औपचारीक कार्यक्रममा परिक्षणबारे एक दिवसिय तालिमको आयोजना गराइएको हो । इटहरी ग्लोवल आँखा अस्पतालको आयोजना र इटहरी उपमहानगरको सहयोगमा सञ्चालित कार्यक्रममा नेपालकै पहिलो पटक इटहरीबाट बालबालिकाहरुको खोप संगै निःशुल्क आँखा परिक्षण हुने भएको छ । जन्मेको बालक वा बालिकामा पहिलो खोप लगाउन आउदा अनिवार्य आँखा परिक्ष्ण गराइने भएको हो । साना बालबालिकाको जन्मे देखीनै आँखाको समस्या हुन सक्ने र समस्या देखा परेमा उपचार हुने हुदा कोही पनी बालबालिकाहरुल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.