सुबास घिमिरे। इटहरी /सुनसरीको इनरुवा नगरपालिका ७ चाँदबेलामा निःशुल्क
स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य
कोष भृकुटि मण्डप, काठमाडौंको आयोजना, नेपाल
निजामती कर्मचारी संगठन र ग्रामिण महिला उत्सुक्ता विकास मञ्च फर्वाड सुनसरीको
समन्वयमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको हो । शुक्रबार इनरुवा
नगरपालिका ७ को हरी आधारभुत विद्यालयको प्राङ्गणमा भएको निःशुल्क स्वास्थ्य जाँच
शिविरमा २४० बढीलाई सेवा दिएको आयोजकले जनाएको छ ।
शिविरको उद्घाटन गर्नुहुदै पूर्व मन्त्री तथा संघीय सासद
प्रतिनिधि सभा सदस्य भगवती चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा समाज कल्याण परिषद्
राष्ट्रिय स्वास्थ्य कोष र सप्तकोशी न्यूरो हस्पिटल भोक्राहा, सुनसरीको
प्राविधिक सहयोगमा स्थानीयलाइ सेवा दिन आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले यस प्रकारको शिविर स्थानीयहरु निशुल्कमा नै स्वास्थ्य जाँच गराई स्वास्थ्य
अवस्था थाहा पाउने र महिलाहरुले समेत आफ्नो समस्या गाउँकै शिविरमा राख्न पाएको
बताउनुभयो । उहाँले आफूले यस क्षेत्रमा महिलाहरुको पाठेघर सम्बन्धी समस्याका
बारेमा शिविर, आखाँ शिविर र अन्य स्वास्थ्य शिविरहरु आयोजना गर्ने
प्रतिवद्धता जनाउनुभयो । कोषका सदस्य सचिव मेघराज न्यौपानेले आफुहरुले विपन्न, गरिब, सुकुम्बासी
सहितलाई ध्यानमा राखेर निजामती कर्मचारी संगठन र फर्वाडको सहकार्यमा स्वास्थ्य
शिविर गरेको बताउनुभयो ।
कोषको सहयोगमा सुनसरीमा दोस्रोेपटक आयोजना गरेको शिविरमा
दुई सय ४० जना बढीले स्वास्थ्य जाँच, परिक्षण तथा
निशुल्क औषधी प्रदान गरेको न्यौपानेले जानकारी दिनुभयो । निःशुल्क बृहत स्वास्थ्य
शिविरमा अस्पतालसम्म पहुँच नपुगेका नागरिक तथा बिरामीहरुमा स्वास्थ्य उपचार सेवाका
लागि सप्तकोसी न्युरो अस्पतालका चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गरिएको
न्यौपानेले जानकारी दिनुभयो ।
सप्तकोशी न्यूरो अस्पतालका विशेषज्ञहरू वरिष्ठ न्यूरो सर्जन
डा. माधव देव,वरिष्ठ जेनेरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. मिराज आलम, डा.
हरिशंकर यादव,डा. अमित कुमार शाह, डा. पुष्कर
निरौला, डा.पुजा दास, डा.उषा साह
सहितले सेवा दिनुभएको थियो । शिविरमा निःशुल्क बिरामी जाँच ,ई.सी.जी, एक्स–रे
सहितको सेवा दिएको संगठनका अध्यक्ष चिनेश्वर मेहताले जानकारी दिनुभयो ।
आधा दर्जन चिकित्सकहरुको सहभागितामा संचालित शिविरबाट
विभिन्न सात प्रकारका सेवाहरु उपलब्ध गराएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा
स्वास्थ्य जाँच तथा सेवासँगै निःशुल्क आवश्यक औषधि वितरण गरिएको थियो ।


