इटहरी । संगीत प्रतिभालाई प्रोत्साहन गर्दै आकर्षक यात्रा उपहार प्रदान गर्ने उद्देश्यले स्मार्ट सजिलो ट्राभल्स एण्ड टुरले ‘अनलाइन सिङ्गिङ कम्पिटिसन २०८३’ आयोजना गर्ने भएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले नेपाली गीत गाएर १ देखि ३ मिनेटसम्मको भिडियो तयार गरी आफ्नो नाम र फोन नम्बर सहित ह्वाट्सएपमार्फत पठाउनुपर्ने आयोजकले जनाएको छ। साथै, सहभागीहरूले स्मार्ट सजिलो ट्राभल्सको आधिकारिक फेसबुक पेजलाई अनिवार्य रूपमा लाइक वा फलो गरेको हुनुपर्नेछ।
प्राप्त भिडियोहरू कम्पनीको आधिकारिक फेसबुक पेजमा प्रकाशित गरिनेछन्। प्रकाशित भिडियोमा प्राप्त लाइक, कमेन्ट र सेयरको आधारमा विजेता छनोट गरिने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिताका विजेतालाई आकर्षक यात्रा प्याकेज प्रदान गरिनेछ। प्रथम हुने प्रतियोगीले ६ दिनको निःशुल्क मुस्ताङ–मुक्तिनाथ भ्रमण प्याकेज तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुने प्रतियोगीलाई ४ दिनको पोखरा टुर प्याकेजसहित प्रमाणपत्र प्रदान गरिनेछ।
भिडियो पठाउने अन्तिम मिति २०८३ साल असार १५ गते तोकिएको छ। प्रतियोगिताको नतिजा विजेताको नाम तथा फोटोसहित स्मार्ट सजिलो ट्राभल्सको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने जनाइएको छ।
स्मार्ट सजिलो ट्राभल्स एण्ड टुरका सञ्चालक गणेश अधिकारीका अनुसार संगीतप्रेमी तथा नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको हो। “संगीतमा रहेको प्रतिभालाई उजागर गर्दै यात्राको रमाइलो अनुभव प्रदान गर्ने उद्देश्यले कार्यक्रम ल्याएका हौं,” उनले बताए।
प्रतियोगितासम्बन्धी थप जानकारीका लागि ९८४३३४४०२२ नम्बरमा सम्पर्क गर्न सकिने तथा [email protected] मा इमेल गर्न सकिने जनाइएको छ।


