झापा / झापाको लक्ष्मीपुर-घैलाडुब्बा सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । प्रदेश २-०३-०१५ प ४०७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । राति ११ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक कन्काई ९ घैलाडुब्बा बस्ने करिव ४० वर्षीय सञ्जय शाह गंभीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तासिटी हस्पिटल पुर्याउनासाथ मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । शाह सञ्जय टेन्ट हाउसका सञ्चालक भोला शाहका जेठा छोरा हुन् ।
इनरुवा / गए राति सुनसरी सदरमुकाम इनरुवा–१ मा रहेकाे मुख्य बजारमा आगलागी भएको छ ।इनरुवा- १ मा रहेकाे वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटका जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् । आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताइएको छ । इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका ठाउँबाट आ
संखुवासभा / संखुवासभा सदरमुकाम खाँदबारी बजारमा आइतबार मध्यराति एक घरमा आगलागी भएको छ । खाँदबारी नगरपालिका- १ नेपाली सेनाको गुल्मभन्दा तलपट्टिको घरमा आगलागी भएको हो।लीला राईको घरमा आगलागी भएपछि राईको घर ध्वस्त भएको छ। प्रहरी, सेना र स्थानीय बासिन्दाको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घर ध्वस्त भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी संखुवासभाले जानकारी दिए । घरमा राखेका लत्ताकपडा र खाद्यान्न जलेका छन् भने नगद ३१ हजार रुपैयाँ पनि जलेको घर राईले बताएका छन् । लक्ष्मी पुजाको लागी बालेको दियोबाट आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ । राती करिव ११ः४६ बजे सुतिरहेको
मोरङ / मोरङमा राती १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । नेपालीहरुको दोश्रो ठुलो चाड तिहारमा महत्वपूर्ण मानिने देउसी भैलोलाई जिल्ला प्रशासन कार्यालय मोरङले राती १० बजे पछि खेल्न रोक लगाएको हो ।जिल्लाका १७ वटै स्थानीय तहमा राती १० बजेपछि देउसी भैलो खेल्न र साँस्कृति कार्यक्रम गर्न रोक लगाएको प्रशासनले जनाएको छ । दिउँसो हुने देउसी भैलोलाई भने कुनै रोक नलगाइएको जनाइएको छ ।यसैगरी, तिहार र छठ पर्व मनाउने क्रममा पटका, भँईचम्पा, र आतिशवाजी जस्ता प्रज्वलनशिल पदार्थको भण्डारण, ओसार प्रसार, बिक्री वितरण तथा प्रयोग गर्न पूर्ण बन्देज लगाइएको पनि प्रशासनले जनाएको छ ।
इटहरी / राष्ट्रिय जागृति क्लव इटहरीको आयोजना नगर स्तरीय लोक नृत्य प्रतियोगिताको कार्यक्रम गरिएको छ । शुभदिपावली तथा छठ पर्व लगायत चाडपर्वहरुको अवसर पारेर राजा क्लल इटहरीले आयोजना गरेको नगर स्तरीय लोक नृत्य प्रतियोगिताको अवसर पारेर बरिष्ठ गायक तथा संगीतकार थुलुङ लगायतलाई सम्मान गरिएको थियोे ।प्रतियोगितामा कोशी सेन्टजेम्स सेकेण्डरी स्कुल प्रथम भएकोमा २० हजार पुरस्कार , पिसजोन सेकेण्डरी स्कुल दोस्रो भएको १५ हजार पुरस्कार , इटहरी मोडल सेकेण्डरी स्कुल तृतिय भएकोमा १० हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको हो । लोक नृत्य रनिङशिल्ड प्रतियोगिताका प्रतिस्र्पधीहरुले म
सुनसरी / मोरङको पथरीशनिश्चरे नगरपालिका -१ मा रहेको रेडियो सिम्रिकको प्राङ्गणमा यामाहा सिम्रिक दिपावली सांझ २०८० मा वरिष्ठ लोकगायक शम्भु राईले आफ्नो लोकप्रिय तथा कर्णप्रिय गीतहरू गाएका छन् ।शनिबार रेडियो सिम्रिक ९६.५ मेगाहर्जले आयोजना गरेको उक्त सांगीतिक कार्यक्रममा गायक राईले " चलेछ बतास सुस्तरी’, ‘चिट्ठी तिमीलाई लेखुँ भन्थें ’ ‘ चाहिदैन सम्पत्ति ."आलुदाम चाना... " जस्ता आधुनिक तथा पूर्वेली लोक गीतहरू पनि गाउनु भएको थियो ।रात छापिदै थियो , जति जति रात छापिदै जान्थ्यो , त्यति नै जीवनको के भरोसा भन्दै भुमिका बान्दै स्टेजको माहौल ताउनु भएका वरिष्ठ गायक राई दर्शकको मन जित्न सफल बन्नु भ
संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ्गमा जारी आठौं अरुणभ्याली फुटबल प्रतियोगिताको उपाधी पञ्चकन्या क्लबले जितेको छ ।शुक्रबार भएको फाइनल खेलमा २ को विरुद्ध ३ गोल गर्दै पञ्चकन्या क्लबले उपाधी जितेको हो । खेलको शुरुमा नै तीनपोखरी क्लबका १० नम्बरका विदेशी खेलाडी फेजालले गोल गरी अग्रता दिलाएका थिए । त्यसको केही समयपछि पञ्चकन्याका ११ नम्बरका खेलाडी सुशील राईले गोल फर्काएका थिए । हाफटायम सम्म बराबर खेलका दुवै टिमले हाफटायम पछि पञ्चकन्याका ९ नम्बरका खेलाडी निरज परियारले १ गोल गर्दै अग्रता दिलाएका थिए ।त्यसको लगत्तै पुनः अर्को गोल पञ्चकन्याका ६ नम्बरका खेलाडी विवेक राईले थपेका थिए ।
सुनसरी / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी धरान शाखाले बीमादाबी बापत ७ लाख ३४ हजार भुक्तानी गरेको छ ।शनिबार कम्पनिको छैठो बार्शिक उत्सवको अवसरमा इटहरीमा बिमा सचेतना र्याली सङै मृत्यु दाबी भुक्तानी कार्यक्रम आयोजना गरी बीमितको श्रीमती रेवा राईलाई सात लाख चौसट्ठी हजारको चेक हस्तान्तरण गरेको हो ।सिटिजन लाइफ इन्स्योरेन्स कोशी प्रदेश प्रमुख राम ब। खत्री लगायत ,धरान , इटहरी , तरहरा, बिराट्चौक र पथरी शाखाका एजेन्सी म्यानेजरहरुको उपस्थितिमा बीमितको श्रीमती रेवा राई लाई चेक हस्तान्तरण गरिएको हो । भावनात्मक क्षतिलाइ पुरा गर्न नसकेतापनि आर्थिक क्षतिलाई भने बिमाले ठू
संखुवासभा / १२ वर्षअघि हत्या गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।सामान्य विवादमा साथीको हत्या गरी फरार रहेको आरोपमा संखुवासभाको धर्मदेवी नगरपालिका २ का २८ वर्षीय बुद्दे भनिने बुद्धिराज जिमीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको हो ।धर्मदेवी नगरपालिका २ का जिमीमाथि २०६८ साल फागुन ३ गते साविक तामाफोक गाउँपालिका ५ (हाल धर्मदेवी २) का रविन जिमीको हत्या गरेको आरोप छ ।घटनापछि फरार रहेका उनी तीन दिनअघि मात्रै घर आइपुगेको प्रहरीको भनाइ छ ।
सुनसरी / सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।गएराति ११ बजेतिर दुहबी नगरपालिका ७ र ११ को सिमानामा रहेको धनुसना खोलास्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ३८ प ५८८४ नम्बरको १५० सीसीको मोटरसाइकल आफैँ अनियन्त्रित भइ १५ फिट तल खोलामा खसेर दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकल पछाडि सवार २१ वर्षीय निराजन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि विराट टिचिङ हस्पिटल पठाइएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको हो ।मोटरसाइकल र चालक दुहबी ७ बस्ने २४ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले निय
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.