सुनसरी / मोरङको पथरीशनिश्चरे नगरपालिका -१ मा रहेको रेडियो सिम्रिकको प्राङ्गणमा यामाहा सिम्रिक दिपावली सांझ २०८० मा वरिष्ठ लोकगायक शम्भु राईले आफ्नो लोकप्रिय तथा कर्णप्रिय गीतहरू गाएका छन् ।
शनिबार रेडियो सिम्रिक ९६.५ मेगाहर्जले आयोजना गरेको उक्त सांगीतिक कार्यक्रममा गायक राईले " चलेछ बतास सुस्तरी’, ‘चिट्ठी तिमीलाई लेखुँ भन्थें ’ ‘ चाहिदैन सम्पत्ति ."आलुदाम चाना... " जस्ता आधुनिक तथा पूर्वेली लोक गीतहरू पनि गाउनु भएको थियो ।
रात छापिदै थियो , जति जति रात छापिदै जान्थ्यो , त्यति नै जीवनको के भरोसा भन्दै भुमिका बान्दै स्टेजको माहौल ताउनु भएका वरिष्ठ गायक राई दर्शकको मन जित्न सफल बन्नु भयो । उहाँले आफ्ना ८/१० वटा जति नयाँ तथा पुराना कर्णप्रिय गीतहरू गाई रहँदा पथरीशनिश्चरे नगर क्षेत्रका युवा देखि वयस्कसम्मका दर्शक तथा श्रोताहरू स्टेजको सिमाना वाहिर छमछमी झुमेका भेटिन्थे ।
उहाँले जनताका गीतहरू गाउँदै हिडेको ठाउँ पथरीमा ४५ वर्ष पछाडि पुनः आउन पाउदां निक्कै खशी लागेको पनि उल्लेख गर्नुभयो।
क्षितिज मिडिया प्रालिका अध्यक्ष एव दिपावली सांझ कार्यक्रमका संयोजक अमिर राई"धनराज"को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पि. एम. सी.अटो ट्रेडर्स प्रालिका प्रोप्राइटर मान बहादुर श्रेष्ठ , वडाध्यक्ष नैना साम्पाङ राई, वडाध्यक्ष भीम कुमार राई, गोर्खा पाउरोटी उद्योगका संचालक तुलसी ढकाल, लगाएतको उपस्थिति रहेको थियो।
सोहि अवसरमा स्थानीय गायक -- पुष्प राई ,र जनकपुरका आएका गायक मिलन ठटालले गायक शिव परियारको " पिउदिन भन्दाभन्दै पनि ...म छु भनि भरोसा दिलायो साथीले" भन्ने बोलको गीतले युवा तन्नेरीको वाही -वाही कमाएको थियो।
स्थानीय बाल प्रतिभा निश्चित विश्वकर्मा,स्थानीय बालिका - कञ्चन तामाङ, पथरी डान्स सेन्टर आदिको स्थानीय कलाकारहरुले समेत नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

