इटहरी। जिल्ला प्रहरी कार्यालय धनकुटाले पाख्रीबास बजारस्थित एक घरमा जुवाको खालबाट कौडासहित १५ जनालाई पक्राउ गरेको छ ।
आइतबार विहान करिब २ बजे जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई कौडा र नगदसहित प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा पाख्रिबास–६ फलाटे बस्ने अन्दाजी ४२ वर्षीय बुद्धिमान राई, ६५ वर्षीय डिकबहादुर बस्नेत, पाख्रीबास–८ मुगा बस्ने बर्ष ३३ का रन्जित राई, सोही ठाउँ बस्ने ५३ वर्षीय सिंहराज घिसिङ, ३६ वर्षीय जिवन राई, ३४ वर्षीय दिनेश राई, ३८ वर्षीय नगेन्द्र राई, पाख्रीबास–४ बुद्धचौक बस्ने ३९ वर्षीय रबिकुमार राई, सोही ठाउँका ५२ वर्षीय लालबहादुर पाख्रीन, ४८ वर्षीय राजकुमार निरौला रहेका छन् ।
यस्तै, ४६ वर्षीय पूर्णबहादुर गुरुङ, ४२ वर्षीय देबेन्द्र पौडेल, ४२ वर्षीय सुम्निमा लिम्बु, धनकुटा नगरपापलका–१ हिले बस्ने ५३ वर्षीय नन्दकुमार तामाङ र सोही ठाउँका ५८ वर्षीय टिकाराम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपि हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पाख्रीबास नगरपालिका–४, स्थित गणेश गुरुङको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक मयंक मिश्रको कमाण्डमा खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा १६ वटा कौडासहित ३ लाख ९६ हजार ८ सय रुपियाँ नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


