All Posts By कोशी प्रेस

    Showing ११,५०१-११,५१० of १३,७४३ items.
  • चोरीको मोटरसाइकलसहित युवक पक्राउ

    इटहरीमा मोटरसाइकल चोरीको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार इटहरी २ का आश्विन राईले पार्किङ गरी राखेको को २० प ३८४ नम्बरको मोटरसाइकलसहित युवकलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा इटहरी १ बस्ने २२ वर्षीय सौगात थापा रहेका छन् । उनलाई इटहरी ६ बाट प्रहरीले शनिबार पक्राउ गरेको हो ।पक्राउ परेका उनीमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको डीएसपी खड्काले जानकारी दिए ।Tags: #इटहरी प्रहरी#चोरी#पक्राउ

    • प्रकाशित मितिः पुस २५, २०७९
    • १०३ पटक पढिएको
  • जेष्ठ नागरिक महासंघको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

    धनकुटा । प्रदेश न १ जेष्ठ नागरिक महासंघको तेस्रो बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम धनकुटामा सम्पन्न भएको छ । प्रदेश न १ प्रदेश जेष्ठ नागरीक महासंघ बिराटनगरको आयोजना र जेष्ठ नागरिक जिल्ला संघ धनकुटाको सहआयोजनामा धनकुटामा प्रदेश न १ जेष्ठ नागरिक महासंघको तेस्रो बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम धनकुटामा सम्पन्न भएको हो ।प्रदेश नम्बर १ प्रदेशसभा सदस्य इन्दिरा थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा १ नम्बर प्रदेश जेष्ठ नागरिक महासंघका अध्यक्ष मणिकुमार अर्यालले प्रदेश जेष्ठ नागरिक महासंघको आर्थिक बर्ष २०७८÷०७९ को प्रगति प्रतिवेदन र आर्थिक बर्ष २०७९÷०८० को भावी कार्यनिती 

    • प्रकाशित मितिः पुस २५, २०७९
    • ६५ पटक पढिएको
  • जिल्ला सहकारी संघ लिमिटेड धनकुटाको एघारौं बार्षिक साधारण सभा सम्पन्न

    धनकुटा । मर्यादित व्यावसाय र प्रविधिमा सहकारी भन्ने मुल नाराका साथ जिल्ला सहकारी संघ लिमिटेड धनकुटाको एघारौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सोहि अवसर पारेर धेरै शेयर खरिद गर्ने, जिल्ला संघलाई आर्थिक शहयोग गर्ने, समुदायमा आधारित भएर काम गर्ने, अधिकांस वित्तिय सुचक पुरा गर्ने लगायतका सहकारी, संघ संस्थाहरुलाई जिल्ला संघले पुरस्कृत एवं सम्मान गरेको छ । पुरस्कृत एवं सम्मानित हुने जिल्ला स्थित संस्थाहरूमा सुलभ बचत तथा श्रृण सहकारी, शिक्षक हित तथा बचत श्रृण सहकारी, जालपादेवि कृषि सहकारी, अजम्वरि महिला कृषि सहकारी, सगरमाथा दुग्ध चिस्यान तथा वितरण सहकारी, हिमालि बहुउद्देश्यीय सहकारी

    • प्रकाशित मितिः पुस २५, २०७९
    • २०६ पटक पढिएको
  • माइतीघरमा निर्मला कुर्मीको न्यायका लागि लालटिन बालेर प्रदर्शन

     बाँकेकी निर्मला कुर्मीको न्यायका लागि  भन्दै अनिश्चितकालीन धर्ना र रिले अनसनमा बसिरहेका आन्दोलनकारीहरूले आइतबार माइतीघर मण्डलामा लालटिन बालेर प्रदर्शन गरेका छन् ।आज तेस्रो चरणको आन्दोलन अन्तर्गत लालटिन बालेर सरकारको खोजी गरिएको छ । घटना छानबिन गर्न आनाकानी गरिएको भन्दै साङ्केतिक रूपमा सरकारको विरोध गरिएको हो ।प्रदर्शनमा सत्याग्रही डाक्टर गोविन्द केसी, सामाजिक अभियान्ताहरु विमल अर्याल, निर्घ नवीनलगायतको उपस्थिति रहेको थियो ।पौष १४ गतेदेखि तेस्रो चरणको आन्दोलनको घोषणा गरेको महिला अधिकार मञ्च बाँकेले हरेक दिन बिहान ९ बजे कलंकीदेखि माइतीघरसम्म पैदल नै आएर साँझ ५ बजेसम्म प्रदर्शन गर्दै आ

    • प्रकाशित मितिः पुस २४, २०७९
    • ६७ पटक पढिएको
  • प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

     प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् ।संविधानको धारा ६८ (२) अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।प्रदेशसभाका ६० सांसदहरूको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । यससँगै उनी प्रदेश १ का चौथो मुख्यमन्त्री बनेका छन् ।कार्कीले एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा) गरी ६० सांसदहरूको समर्थनमा दाबी पेश गरेका थिए ।प्रदेश १ मा सत्तागठबन्धनबाट एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना गरी कल ६० सांसद छन् ।

    • प्रकाशित मितिः पुस २४, २०७९
    • ६८ पटक पढिएको
  • जोगवनी–किमाथाङ्का सडकः धरानमा चार लेन बनाउन राजनीतिक दलहरू सहमत

    जोगवनी–किमाथाङ्का व्यापारिक राजमार्गअन्तर्गत धरान सडक–खण्डमा राजनीतिक असहमतिका कारणले मापदण्ड निर्धारण नहुँदा सडक निर्माण अन्यौल कायमै छ ।पछिल्लो समय राजनीतिक दलले साझा धारणा बनाए पछि अब भने सडक निर्माणको काम सुरु होला वा अझै अन्यौल नै हुन्छ ? आम चासोको विषय बनेको छ ।राजमार्गको मापदण्डअनुसार सडकको केन्द्रबाट दायाँ–बायाँ ३१–३१ मिटर चौडाइ हुनुपर्दछ । जसमा सडकको केन्द्र भागबाट २५–२५ मिटर सडक हुुनपर्दछ भने ६–६ मिटरमा भने स्थायी संरचना बनाउन पाइँदैन । तर, उपभोग गर्न भने पाइन्छ ।  स्थानीय तथा राजनैतिक स्वार्थका कारण विराटनगरदेखि तीनकुनेसम्म निर्माण भएको सडक पनि मापदण्डअनुरूप छैन ।ठाउँअनुसार सडक

    • प्रकाशित मितिः पुस २४, २०७९
    • ६८ पटक पढिएको
  • निर्माणमा लापरवाही : बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा मजदुरको मृत्यु, योजनाबारे पालिका नै बेखबर

    भत्किएकाे संरचना बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा एक जना स्थानीय मजदुरको मृत्यु भएको र अर्का एक जना घाइते भएको घट्नाले स्थानीय आक्रोशित भइरहँदा बहुदरमाई नगरपालिकाले उक्त योजनामा पालिकाको कुनै संलग्नता नरहेको प्रष्ट्याएको छ । बहुदरमाई नगरपालिकाका मेयर सिंगाशन साह तेलीले घट्नाबारे प्रष्ट्याउँदै उक्त योजना नगरपालिकालार्य जानकारी नै नदिई सहमति विना प्रदेश सरकारले सञ्चालन गरेको बताए । उनले सामाजिक विकास ईकाई कार्यालयले वडा नं. ४ तिलावे खोला (चाईना पुल)को छेउमा छठिया घाटको भर्यांग निर्माणको सेल्टिींग खोल्ने क्रममा राजा मण्डलको मृत्यु भएका आफु पनि दुःखी रहेको जनाएका छन् । योजनामा नग

    • प्रकाशित मितिः पुस २४, २०७९
    • ६९ पटक पढिएको
  • धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा तितुङ्ग

    धनकुटा । सुुरक्षित र समुन्नत भविष्यको लागि सहकारी, बसालौं बचत गर्ने बानी तपाई हामि सबै मिली भन्ने नाराका साथ धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था लि.को १० औ साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न उक्त सभाले संस्थाको अध्यक्षमा पुन ः तारा तितुङ्गलाई चयन गरेको छ । प्रदेश नं १ का प्रदेश सदस्य ईन्द्रमणी पराजुलीले उद्घाटन गर्नु भएको उक्त साधारण सभाको बन्दशत्रले तारा तितुङ्गको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा वेनी कुमारी खड्का, सचिवमा निर्मला राई श्रेष्ठ, कोषाध्यक्षमा विष्णु माया कन्दङवा, सदस्यहरुमा पूर्ण माया राई, दुर्गा श्रेष्ठ र जिमि ल्वागुन

    • प्रकाशित मितिः पुस २४, २०७९
    • १३६ पटक पढिएको
  • शान्ति जनकल्याण बहुउद्धेश्यीय सहकारी संस्थाको २७औं बार्षिक साधारणसभा सम्पन्न

    तरहरा । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरामा रहेका शान्ति जनकल्याण बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले एक करोड वढी मुनाफा आर्जन गरेको छ । शान्ति जनकल्याण बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको २७औं बार्षिक साधारण सभामा अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा एक करोड त्रिपन्न लाख पैतालिस हजार नै सय चौध रुपैया चौरासी पैसा मुनाफा भएको उल्लेख गरिएको हो ।    साधारणसभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष  बमबहादुर न्यौपानेले आर्थिक वर्ष २०७९÷०८०मा सहकारीले सात करोड पचास लाख अन्ठानब्बे हजार एक  सय तेतीस रुपैया उन्नाइस पैसा आम्दानी गर्न सफल भएको र खर्च कटा

    • प्रकाशित मितिः पुस २४, २०७९
    • १३८ पटक पढिएको
  • एसओएस हर्मन माइनर विद्यालयका विद्यार्थीहरूको सहभागितामा बृहत् प्रदर्शनी आयोजना

    इटहरी  । इटहरी स्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरीले कला, प्रविधि तथा विविधता सम्बन्धी प्रदर्शनी गरेको छ । एसओएस हर्मन माइनर विद्यालयका विद्यार्थीहरूको सहभागितामा बृहत् प्रदर्शनी आयोजना गरिएको  हो । सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवबाट समुद्घाटन भएको कला, विविधता र विविधता सम्बन्धी प्रदर्शनी कार्यक्रममा नर्सरीदेखि कक्षा दशसम्मका विद्यार्थीहरूले विविध प्रस्तुति गरेका थिए ।प्रदर्शनीले बालबालिकाका रुचि र क्षमतालाई अभिव्यक्त गर्न सहयोग गर्ने हुँदा प्रत्येक वर्ष शैक्षिक क्यालेन्डरमै समावेश गरेर यसखालको कार्यक्रम आयोजना गरिँदै आएको विद्यालय व्यवस्थापन समितिका

    • प्रकाशित मितिः पुस २३, २०७९
    • १३४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]