All Posts By कोशी प्रेस

    Showing ११,५६१-११,५७० of १३,७४५ items.
  • घट्यो पेट्रोलियम पदार्थको मूल्य

    इटहरी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको  छ ।शुक्रबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा तीन रूपैयाँ घटाएको हो।नेपाल आयल निगमद्वारा जारी विज्ञप्ति अनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १७५ रूपैयाँ लिटर पर्नेछ।यसअघि पेट्रोलको भाउ लिटरको १८१ र डिजेल तथा मट्टीतेलको १७८ रूपैयाँ थियो।भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ कम गरिएको निगमले जनाएको छ।

    • प्रकाशित मितिः पुस २, २०७९
    • १४९ पटक पढिएको
  • इटहरीमा थारु भाषाको अध्यापन हुने

    इटहरी : इटहरी उपमहानगरपालिकाले थारु भाषाको अध्यापन गर्ने तयारी गरेको छ ।उपमहानगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा थारु भाषाको अध्यापन हुने भएको छ । आगामी बैशाखदेखि लागू हुनेगरी उक्त निर्णय गरिएको हो ।इटहरीको प्रथम जातीको रूपमा थारु जातीलाई घोषणा गरेपछि थारु भाषामा समेत पठनपाठन सुरु गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।कार्यपालिका बैठकले नगर शिक्षा समितिलाई थारु भाषाको पाठ्यक्रम तयार गर्न निर्देशन दिएको छ ।यसअघि इटहरी उपमहानगर थारुहरूको पुरानो इतिहास बोकेको स्थान भएको भन्दै एघारौँ नगरसभाले थारु जातिलाई पहिलो जातीको रुपमा घोषणा गरेको थियो ।

    • प्रकाशित मितिः पुस २, २०७९
    • १३८ पटक पढिएको
  • विराटनगरमा अपहरण गरी बन्धक बनाएको आरोपमा मिडिया सञ्चालक पक्राउ

    विराटनगर : विराटनगरका उद्योगी अरुणकुमार राठीलाई अपहरण गरी बन्धक बनाएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।राठीलाई अपहरण गरी १५ लाख रुपैयाँ फिरौती लिएको आरोपमा नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक सिरहाका शहेन साह भनिने अब्दुल खतालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।खताबलाई विराटनगर तीनपैनी चोकबाट बिहीबार (आज) पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।खताबले राठीलाई आफ्नै मिडिया हाउसमा भिडियो खिच्ने भन्दै अघिल्लो बुधबार विराटनगर ६ स्थित मिडिया हाउसमा अपहरण शैलीमा पुर्‍याएर बन्धक बनाएर १५ लाख तत्काल फिरौती रकम लिएर र बाँकी १५ लाख रुपैयाँ एक सातापछि लिने सर्तमा छ

    • प्रकाशित मितिः पुस १, २०७९
    • ८५ पटक पढिएको
  • विराट एक्स्पोको राष्ट्रपति भण्डारीले गरिन् उद्घाटन, औद्योगिक क्षेत्रको प्रवर्द्धन हुने

    विराटनगर : विराटनगरमा विराट एक्स्पोको उद्घाटन गरिएको छ ।उद्योग संगठन मोरङले विराटनगरस्थित डिग्री क्याम्पस प्राङ्गणमा आयोजना गरेको एक्स्पोको बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले औद्योगिक प्रदर्शनीले उत्पादक र उपभोक्ताबीच सम्बन्ध स्थापित हुने बताइन् ।नेपाल र विदेशी राष्ट्रबीच पारस्परिक सम्बन्ध स्थापित हुने भएकाले देशको अर्थतन्त्र स्तरोन्नतिमा टेवा पुग्ने उनले बताइन् ।“समग्र देशको अर्थतन्त्र उकास्नका निम्ति यस्ता किसिमका कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ,” उनले भनिन्, “विराटनगर औद्योगिक क्षेत्रको ऎतिहासिक ठाउँ ह

    • प्रकाशित मितिः पुस १, २०७९
    • १४७ पटक पढिएको
  • सुन्दरहरैचाकाे सामुदायीक बिद्यालयलाइ सांसद सुनिल शर्माकाे सहयाेग

    सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ९ मा अवस्थित राम आधारभूत विद्यालयको अवस्था दयनीय छ । न्यून विद्यार्थी संख्या । शिक्षक दरवन्दीको अभाव । भवनहरु पुराना, कमजोर तथा जीर्ण छन् । खेलकुद तथा शैक्षिक सामग्री पर्याप्त छैनन् । पिउने पानीको अभाव छ । व्यवस्थित शौचालय छैन ।अधिकांश विपन्न परिवारका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयमा विद्यार्थीको नियमित उपस्थिति पनि कम छ । जाडो मौसममा न्यानो कपडाको अभावकै कारण धेरै बालबालिका विद्यालय नियमित आउँदैनन् ।भर्खरै सम्पन्न निर्वाचनमा चुनाव प्रचार गर्ने क्रममा गाउँ गाउँ घुम्दा त्यस क्षेत्रका प्रतिनिधिसभा उम्मेद्वार शुनिल शर्माले विद्यालयको उक्त अवस्थाक

    • प्रकाशित मितिः पुस १, २०७९
    • १६१ पटक पढिएको
  • शुभ लाभ बचतको १४ औँ वार्षिक साधरणसभा सम्पन्न

    इटहरी । शुभ लाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधरणसभा इटहरीमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।  बुधबार इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रमका बिच साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष दीपक पोखरेलको अध्यक्षता तथा प्रदेश १ का भुमी व्यवस्था सहकारी तथा गरीवी नीवारण मन्त्रालयका सचीव कृष्ण सापकोटाको प्रमुख आतीथ्यमा आयोजित कार्यक्रमका बिच अध्यक्ष दीपक पोखरेलले र्वािषक प्रतीवेदन प्रस्तुत गरेका थिए । कुल १७ सय ६० सेयर सदस्य संख्या रहेको संस्थाको सेयर पुजी ३ करोड ४६ लाख ३१ ह्जार ३ सय रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।  वार्षिक साधरणसभामै अवस

    • प्रकाशित मितिः पुस १, २०७९
    • १८३ पटक पढिएको
  • माया घर नेपालको ५ औँ वार्षिक साधारणसभा सम्पन्न

    इटहरी । विभिन्न कारणले सडक जिवन बिताउँदै आएका मानिसहरुको संरक्षण गर्दै आएको माया घर नेपालले ५ औँ वार्षिक साधारणसभा एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । बुधवार इटहरी स्थित सुकल्प सामुदायिक भवनमा आयोजित कार्यक्रम मायाघरकी संस्थापक अध्यक्ष राधिका दासीको अध्यक्षता तथा राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश १ प्रमुख पवन भट्टको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका बिच साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रमा संस्थाकी अध्यक्ष राधिका दासीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने संस्थाकी कोषध्यक्ष लक्ष्मि बराल गौतमले आर्थीक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । संस्थाले व्यवस्थित अभिलेखनको सु

    • प्रकाशित मितिः पुस १, २०७९
    • ८९ पटक पढिएको
  • लिम्बू समुदायले मनाउने चासोक तङ्नाम के हाे ?

    पथरी / लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा)अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • ८१ पटक पढिएको
  • विश्वकप फुटबल: क्रोएसियामाथि शानदार जितसहित अर्जेन्टिना फाइनलमा

    कतार  / अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ ।  कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३(० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३९औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अग्रता दोब्बर बनाए । साथै ६९औँ मिनेटमा अल्भारेजको दोस्रो गोलपछि अर्जेन्टिनाले ३(० गोलअन्तरको जीत सुनिश्चित ग¥यो । जीतसगै अर्जेन्टिनाले सन् २०१८ मा

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • २०० पटक पढिएको
  • रवि लामिछानेकाे सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै आज (बुधबार) सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सिन्धुलीका युवराज पौडेलले लामिछानेको नागरिकता विवाद र सांसद पदको सम्बन्धमा सर्वोच्चमा रिट दर्ता गराएका छन् ।युवराज सफलका नामले चिनिने युवराज पौडेलले बुधबार रविको सांसद पदको शपथ नगराउन र आपराधिक विश्वास घातमा कारबाही गर्न माग गर्दै रिट दर्ता गराएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्ट्रार विमल पौडेलका अनुसार पौडेलको रिट ०७९–धअ–००३६ मा दर्ता भएको छ । पौडेलको रिट पुस ६ गतेको संवैधानिक इजलासमा पेसीमा राखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामि

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • १२९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]