इटहरी : इटहरी उपमहानगरपालिकाले थारु भाषाको अध्यापन गर्ने तयारी गरेको छ ।

उपमहानगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा थारु भाषाको अध्यापन हुने भएको छ । आगामी बैशाखदेखि लागू हुनेगरी उक्त निर्णय गरिएको हो ।

इटहरीको प्रथम जातीको रूपमा थारु जातीलाई घोषणा गरेपछि थारु भाषामा समेत पठनपाठन सुरु गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

कार्यपालिका बैठकले नगर शिक्षा समितिलाई थारु भाषाको पाठ्यक्रम तयार गर्न निर्देशन दिएको छ ।

यसअघि इटहरी उपमहानगर थारुहरूको पुरानो इतिहास बोकेको स्थान भएको भन्दै एघारौँ नगरसभाले थारु जातिलाई पहिलो जातीको रुपमा घोषणा गरेको थियो ।