All Posts By कोशी प्रेस

    Showing ११,६२१-११,६३० of १३,७४६ items.
  • उदयपुर–१ मा नारायण खड्का विजयी

    विराटनगर । उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन् ।खड्काले ३१ हजार २७० मत पाउँदा नेकपा एमालेका मन्जुकुमारी चौधरीले २८ हजार ८९१ मत पाएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका धुर्वकुमार रायमाझीले ३ हजार ९१५ मत पाएका छन ।

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • १०३ पटक पढिएको
  • सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की मतान्तर बढाउँदै

    इटहरी । मतगणना जारी रहेको सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा चलिरहेको छ।दुई दिन रोकिएर पुनः सुरू भएको मत गणनामा कार्कीले एमाले उम्मेदवार जगदीश कुसियैतलाई ३२८ मतले पछि पारेका छन्।निर्वाचन आयोगका अनुसार पछिल्लो मत परिणाम अनुसार कार्कीले २६ हजार ५६३ मत ल्याउँदा कुसियैतको २६ हजार २३५ मत आएको छ। यो क्षेत्रमा सुरुदेखि नै कांग्रेस र एमाले उम्मेदवारको कडा टक्कर देखिएको छ।१६५ क्षेत्रमध्ये हालसम्म १६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ। ३ क्षेत्रको गणना अझै सुरु भएको छैन भने सुनसरी क्षेत्र नम्बर ४ को मतगणना

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • ६२ पटक पढिएको
  • सुनसरी ३ : गच्छदारलाइ पराजित गर्दै एमालेकी भगवती चाैधरी निर्वाचित

    इटहरी / सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उमेदवार बिजयकुमार गच्छदारलाइ पराजित गर्दै एमालेकी भगवती चाैधरी निर्वाचित भएकी छिन् । अन्तिम मत परिणामअनुसार चाैधरीले ४० हजार सात ८८ मत ल्याएकी छिन् भने उनले विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरेकी छिन् ।गच्छदारले ३५ हजार छ सय मत पाए ।

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • ६९ पटक पढिएको
  • राष्ट्रिय माविकाे ७६ औ बार्षिक उत्सव : मेयर पाैडेल भन्छन जनताकाे मत खेर जान दिन्न

    इटहरी / उपमहानगभित्रका सामुदायीक विद्यालयहरुको स्तर उन्नतिको लागि सदैव सकारात्मक रहेको इटहरीका मेयर हेमकर्ण पौडेलले बताएका छन् । इटहरी १ आपगाछीस्थित सामुदायीक विद्यालय राष्ट्रिय माविको ६७ औ बार्षिक उत्सवको कार्यक्रममा बोल्दै मेयर पौडेलले यस्तो बताएका हुन् ।इटहरी उपमहानगरपालीकाले सामुदायिक विद्यालयको समस्या हल गर्दै योजना नीति तथा कार्यक्रम बनाउने कार्य अघि बढाएको र सामुदायिक बिद्यालयको सेवा सुविधा तथा गुणस्तर वृद्दि गर्नका निम्ति बजेट विनियोजन गरीएको बताए । कार्यक्रमको विशिष्ट अथिती समेत रहेका मेयर पौडेलले आफ्नो कार्यकालमा सामुदायिक विद्यालयको क्षेत्रमा परीवर्तन देखिने गरिका कार्यक्रमहरु ल्याउ

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • १४१ पटक पढिएको
  • उदयपुर–१ मा रोकिएको मतगणना सुरु, साँझसम्म नतिजा आउने आकलन

    उदयपुर । उदयपुर क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ। निर्वाचन आयोगले स्थगित भएको मतगणनालाई निरन्तरता दिन निर्देशन दिएपछि मंगलबार बिहानबाट मतगणना सुरु भएको हो। मतगणनापूर्व भएको सहमतिका आधारमा गणनालाई निरन्तरता दिन आयोगले मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको थियो। निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले १६ वटा मतपेटिका गन्न बाँकी रहेको जानकारी दिए। उनका अनुसार आजै साँझसम्म मतगणना सकिने आकलन गरिएको छ।उदयपुर–१ मा आइतबार बिहान साढे १० बजेदेखि मतगणना रोकिएको थियो। उदयपुर–१ परराष्ट्रमन्त्री समेत रहेका डा. नारायण खड्काको क्षेत्र हो। यहाँ उनलाई नेकपा एमालेकी मञ्जु चौधरीले चुनौती

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • ४७ पटक पढिएको
  • विश्वकपका आधा खेल सम्पन्न, समूह चरण पार गर्ने कसको सम्भावना कति ?

    एजेन्सी । विश्वकप फुटबलका ६४ मध्ये ३२ खेल सकिएको छ। आज समूह चरणका अन्तिम खेल सुरु हुनेछन्। समूह चरणका १६ खेलपछि नकआउटमा पुग्ने सबै टोलीको टुंगो लाग्ने छ। अहिलेसम्म सबै टोलीले दुई दुई खेल खेलेका छन्। अब एक एक खेल खेलेपछि कतार पुगेका १६ टोली घर फर्किँदा बाँकी १६ टोली अघिल्लो चरण प्रवेश गर्नेछन्। हरेक समूहका विजेता र उपविजेता नकआउटमा पुग्दा तालिकाको अन्तिममा रहने दुई टोली बाहिरिने छन्। अहिलेसम्म कुन समूहमा कुन टोलीको अवस्था कस्तो छ? समूह एसमूह ए का तीन टोलिको अघिल्लो चरण प्रवेशको सम्भावना बाँकी छ। यो समूहमा रहेको आयोजक कतार एक खेलअघि नै बाहिरिने निश्चित भएको छ। अंक तालिका

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • १२९ पटक पढिएको
  • झापामा प्रदेशभन्दा प्रतिनिधिसभातर्फको बदर मत बढी

    झापा । झापामा प्रतिनिधिसभाको भन्दा प्रदेशसभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् पाँच दशमलव ८१ प्रतिशत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले प्रदेशका १० क्षेत्रमा खसेको चार लाख ३६ हजार पाँच सय ८६ मतमध्ये २२ हजार पाँच सय ६४ मत अर्थात् पाँच दशमलव ४५ प्रतिशत मत बदर भएको छ । यसमा प्रदेशको भन्दा प्रतिनिधिसभामा एक हजार तीन सय ९६ मत बढी बदर भएको हो ।उनले प्रतिनिधिसभाको क्षेत्र नं १ मा खसेको ६७ दशमलव ८१ मतमध्ये पाँच दशमलव ९१ प्रतिशत, क्षेत्र–२ मा

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • ५० पटक पढिएको
  • आयोगको निर्देशनपछि सुनसरी–४ मा रोकिएको मतगणना शुरु गरिंदै

    इटहरी । शनिबारदेखि स्थगित भएको मतगणना शुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि सुनसरी–४ मा सर्वदलीय बैठक बस्दै छ ।आज (मंगलबार) बिहान ७ बजे सर्वदलीय बैठक बसेर रोकिएको मतगणना पुनः शुरु गर्ने तयारी भएको हो । सुनसरी–४ मा कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएपछि पुनः मतगणनाको माग गर्दै आयोगमा निवेदन दिएका थिए ।तर, आयोगले पुनः मतगणना नभई अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएको छ । अहिलेसम्म ६० हजार बढी मतगणना हुँदा कार्कीले ९८ मतले अग्रता लिएका छन् । सुनसरी–४ मा कार्की र नेकपा एमालेका जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्ध

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • ५२ पटक पढिएको
  • सुकुम्बासी बस्तीको समस्याबारे मेयर बालेन्द्र शाहले गरे प्रधानमन्त्रीसँग छलफल

    काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न मेयर शाह सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।काठमाडौा महानगरपालिकाले बाग्मती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउनेबारे थप छलफल र तयारीबारे परामर्श गर्न मेयर शाह प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।हिजोको अवस्थापछि बेलुका मेयर शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारेमा छलफल गरेका हुन् । हिजो थापाथली बस्तीमा महानगर तथा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि तनाव भएको थियो ।महानगरको नगर

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • ५५ पटक पढिएको
  • मोरङमा घरायसी विवादका क्रममा पत्नीले गरिन् पतिको हत्या

    मोरङ / मोरङको जहदा गाउँपालिकामा पत्नीले पतिको हत्या गरेकी छन् । उनले घरायसी विवादका क्रममा दाउ प्रहार गरेर पतिको हत्या गरेकी हुन । जहदा गाउँपालिका–१ भुटाहाकी ३५ वर्षीया दवानीदेवी सरबरियाले ४२ वर्षीया पति सन्तोष सरबरियाको हत्या गरेको प्रहरीले जनाएको छ ।उनले पतिको घाँटी र टाउकोमा दाउले प्रहार गरेर हत्या गरेको प्रहरीले उल्लेख गरेको छ । । हत्यामा संलगन दवानीदेवीलाई हत्यामा प्रयोग गरिएको दाउ सहित पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।प्रहरीले गत शनिबार राति सवा ११ बजेतिर धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा सन्तोषलाई फेला पारेको थियो । गम्भीर अवस्थामा भेटिएक

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • ६० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]