इटहरी / सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उमेदवार बिजयकुमार गच्छदारलाइ पराजित गर्दै एमालेकी भगवती चाैधरी निर्वाचित भएकी छिन् ।

अन्तिम मत परिणामअनुसार चाैधरीले ४० हजार सात ८८ मत ल्याएकी छिन् भने उनले विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरेकी छिन् ।गच्छदारले ३५ हजार छ सय मत पाए ।