पथरीशनिश्चरेः जनताको आवाज संसदमा उठाउनका लागि दोस्रो पटक प्रयासरत नेपाली कांग्रेसका उम्मेद्वार डा. सुनिल शर्माले आफ्नो चुनाव प्रतिबद्धतामा मुख्य रुपमा ३ वटा एजेण्डा अघि सारेका छन् । जुन समस्या उनको निर्वाचन क्षेत्रको मात्रै नभएर समग्र देशकै मुख्य समस्याका रुपमा रहेका छन् ।अन्य समस्यालाई सामान्य समस्या मानेका शर्माले अघि सारेका समस्या देशव्यापी समस्याको रुपमा रहेका र तिनै समस्या समाधानको लागि शर्माले प्रतिबद्धता जाहेर गरेकाले उनको पक्षमा माहोल बढ्न थालेको छ । मतदातामा देखिएको उत्साह हेर्दा शर्माको पक्षमा भारी मत खस्ने अनुमान गर्न सकिन्छ ।गठबन्धनका उम्मेद्वारको साथ लिएर डा. शर्मा केही दिनद
इटहरी । मोरङ्गको पथरी शनिश्चरे -१० घर भएका ४२ बर्षिय काजी महराको उर्लावारी स्थित आफ्नै दिदिको घर पाहुना गएका हत्या भएको छ ।दिदी घर गएका महराको आफ्नै २२ बर्षे भान्जा सुजन पाचकोटीले धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन् । मृतक महराको टाउकोमा गहिरो चोट लागेको थियो ।मोरङ उर्लाबारी – ८ बस्ने २२ वर्षे भान्जा सुजन पाचकोटीले घरायसी वादविवादको क्रममा धारिलो हतियार (दाउ) ले मामा महराको टाउकोमा प्रहार गरी घाइते बनाएका थिए। घाईते भएका महराको उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारे उर्लाबारीमा उपचारको क्रममा सोमबार दिउँसो १ बजे मृत्यू भएको प्रहरीले जनाएको छ ।घटनामा संलग्न सुजन पाचकोट
झापा । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कडाइका साथ प्रस्तुत भई निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयनमा ल्याएको ४८औँ दिनसम्ममा डेढ सय उजुरी परेका छन् ।आयोगबाट गठित केन्द्रीय निर्वाचन अनुगमन समितिले केन्द्र र जिल्लास्तरमा संयन्त्र बनाई आचारसंहिताको कार्यान्वयन गर्दै आएको छ ।दल र राजनीतिक दल तथा सम्बन्धित पक्ष आफँै सचेत र संयमित भएकाले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा उल्लङ्घनका घटना देखिएका छन् । गत असोज १२ गतेदेखि उक्त आचारसंहिता कार्यान्वयनमा आएको थियो भने कात्तिक १७ देखि मङ्सिर १ गतेसम्म दल र उम्मेदवारले आमसभा, कोणसभा, जुलुस
विराटनगर | नेकपा एकीकृत समाजवादीका मोरङ सचिवालय सदस्य पूर्ण केसी पुनः एमालेमा फर्किएका छन् । आइतबार एमालेको चुनावी अभियानका क्रममा उनले पार्टी परित्याग गरी एमालेमै फर्किएका हुन् ।केसीलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डित र प्रदेश ‘क’ की उम्मेदवार रिता न्यौपानेले पार्टीमा स्वागत गरेको एमालेका युवा नेता जोसेफ घिमिरेले जानकारी दिए । केसी तत्कालिन नेकपा एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका थिए ।
विराटनगर | नेकपा एकीकृत समाजवादीका मोरङ सचिवालय सदस्य पूर्ण केसी पुनः एमालेमा फर्किएका छन् । आइतबार एमालेको चुनावी अभियानका क्रममा उनले पार्टी परित्याग गरी एमालेमै फर्किएका हुन् ।केसीलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डित र प्रदेश ‘क’ की उम्मेदवार रिता न्यौपानेले पार्टीमा स्वागत गरेको एमालेका युवा नेता जोसेफ घिमिरेले जानकारी दिए । केसी तत्कालिन नेकपा एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका थिए ।
दुहवी । सुनसरी ३ का मतदातालाई आगामि मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदान गर्नुभन्दा पनि मतदान गरेर बाकसमा हुने मतको सुरक्षाकै बढी चिन्ता देखिन्छ। सो क्षेत्रमा नेपाली कांग्रेसबाट विजयकुमार गच्छदार र नेकपा एमालेबाट भगवती चौधरी चुनावी प्रतिष्पर्घामा छन । उनीहरुबीचको यो तेस्रो प्रतिष्पर्घा हो ।यसअघि दुई पटक भएको चुनावी प्रतिष्पर्घामा गच्छदार थोरै मतान्तरले विजयी भएका थिए । त्यसबेला मतगणनको क्रममा धाँधली भएको भन्दै त्यसबिरुद्ध मुद्दा परेको थियो । जुन मुद्दा अहिलेसम्म पनि अन्तिम किनारा लाग्न सकेको छैन ।गढी गाउँपालिकाकी अनिता चौधरी आफूहरुले भगवती चौधरीलाई आफ्नो प्रतिनिधि नि
काठमाडाैं । निर्वाचन आयोगले कुनै राजनीतिक दलले भोजभतेर गर्ने, डर–त्रास, धाक, धम्की, प्रलोभन दिने जस्ता कार्य गरेमा तत्काल कारबाही गर्न निर्देशन दिएको छ।केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले अस्वभाविक गतिविधि गरेको पाइएमा निगरानी राखी तत्काल जानकारी गराउने र कारबाही गर्नु पर्ने विषयमा तत्काल कारबाही प्रारम्भ गर्न जिल्ला आचारसंहित अनुगमन समिति, निर्वाचन अधिकृत र अनुगमन अधिकृतलाई निर्देशन दिने निर्णय गरिएको हो।‘आफ्नो कार्यक्षेत्र भित्रको कुनै पनि स्थानमा कुनै उम्मेदवार वा राजनीतिक दलले अस्वाभाविक गतिविधि गरेको, भोजभतेर गरेको, हातहतियार वा निषेधित पदार्थ लिई हिंडेको, शान्ति भङ्ग
इटहरी । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव हुनुभन्दा ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ । भारतको मधुवनी जिल्लामा रहेको जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले चुनावको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो । खुला सीमानाकाका कारण चुनावको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुई पक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र जाँडरक
इटहरी । मोरङ्गको कानेपोखरी गाउँपालिकाका एक युवक चन्द्र बस्नेतले आफु हाल इराकको कुर्तिस्तान अर्बिल शहरमा विमारी परेर अलपत्र परेको बताएका छन्।हालै उनले आफु वैदेशिक रोजगारीको सिलसिलामा इराक आएको र केही दिन देखि बिमारी भई अचेत अवस्थामा रहेको जनाएका हुन्। उनले पत्रमार्फत यो खबर आफ्नो परिवारसम्म पुर्याइदिन पनि सबैसित अनुरोध गरेका छन्।उपचार खर्च नभएका कारण उपचार गर्न नसकेपछि एक याचना पत्र प्रकाशित गर्दै उनले अगाडि थपेका छन् – ‘मेरो घर मोरङ जिल्ला हाल वैदेशिक रोजगारीको सिलसिलामा इराक कुर्दिस्तान अर्बिल शहरमा छु ।म केही दिन देखि बिरामी भइ अचेत अवस्थामा छु । मेरो काम यहाँको अकम पनि छैन, आर्थिक अवस्था ना
झापा । मेचीनगरको काँकडभिट्टा नाकाबाट प्रहरीले करिब १३ लाख मुल्य बराबरको एप्पल कम्पनीका मोबाइल र घडी बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ बाट एप्पल कम्पनीका २५ वटा पुराना आइफोन र एप्पल कम्पनीका १३ थान घडी बरामद गरेको हो ।भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको मोबाइल र घडी प्रहरीलाई देख्न साथ तस्करले छाडेर भागेका थिए । बरामद गरिएको मोबाइल ६ लाख २५ हजार र घडी ६ लाख ५० हजार मूल्याङ्कन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको प्रहरीले जनाएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.