विराटनगर | नेकपा एकीकृत समाजवादीका मोरङ सचिवालय सदस्य पूर्ण केसी पुनः एमालेमा फर्किएका छन् । आइतबार एमालेको चुनावी अभियानका क्रममा उनले पार्टी परित्याग गरी एमालेमै फर्किएका हुन् ।
केसीलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डित र प्रदेश ‘क’ की उम्मेदवार रिता न्यौपानेले पार्टीमा स्वागत गरेको एमालेका युवा नेता जोसेफ घिमिरेले जानकारी दिए । केसी तत्कालिन नेकपा एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका थिए ।


