बेलबारी नगरपालिकाका निवर्तमान मेयर ज्ञानेन्द्र सुवेदी यतिखेर प्रदेश सभा सदस्यको लागि उम्मेदवार बनेका छन् । नेकपा (एमाले) बाट उनी प्रदेश सभा सदस्यको लागि मोरङ क्षेत्र नं. ३ को २ बाट चुनावी मैदानमा उत्रिएका हुन् । बेलबारीका भिजनरी र सफल मेयरको रुपमा चर्चा गरिएका सुवेदी उत्साहित छन् । हामीले उनीसँग चुनावी माहोलका विषयमा गरेको कुराकानी यस्तो छ –हिजो बेलबारी नगरपालिकाको मेयर हुनुहुन्थ्यो, अहिले प्रदेशसभा सदस्यको उम्मेदवार हुनुभएको छ ? जनतामा जाँदाको अनुभूति के छ ?हिजो मेयर भएर ५ वर्ष काम गरिरहँदाका क्षणहरुलाई जनताले नजिकबाट प्रत्यक्ष रुपमा जोडिएर जाने खालको अवस्था थियो । जनतासँगै दैनिक जोडिनुपर्ने
धरान: सुनसरी उद्योग वाणिज्य सङ्घले बैङ्क तथा वित्तीय संस्थाले गरेको अव्यवहारिक ब्याजदर विरुद्ध आजबाट आन्दोलन स्वरूप विरोध जनाउँदै मौन रर्याली सुरु गरेको छ । चालु पॅूजि निर्देशिका स्थगित गर,बैङ्क हामीलाई प्यारो छ व्याज वृद्धिले गाह्रो छ,ब्याजदर हामीलाई चर्को भयो गरी खान गाह्रो भयो, बैङ्किङ आतङ्क बन्द गर, मेरो चाहाना देशमा रोजगार बढ्दो ब्याजदरले व्यवसाय सञ्चालनमा गाह्रो भयो लगायतका नारा बोकेर व्यापारीहरूले विरोध गरेका हुन्।चालु पुँजीले व्यवसाय सञ्चालनमा असर परेको भन्दै रोक्नका लागि माग गर्दै ब्याजदर १ डिजिटलमा हुनुपर्ने सहित १९ वटा आन्दोलनकारीको माग रहेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश
विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ का ६३ हजार ६२२ मतदाता यसपटक पनि दुई छिमेकीको प्रतिस्पर्धामा निर्णयक हुने छन् । अर्थात् प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सत्ता गठबन्धनका विजयकुमार गच्छदार र एमाले-जसपा गठबन्धनकी भगवती चौधरी राजनीतिक रूपले प्रतिस्पर्धी भएपनि छिमेकी हुन् ।यसअघि २०७० र २०७४ को निर्वाचनमा यी दुवैजना मैदानमा थिए । दुईटै चुनाव गच्छदारले जिते ।विजय र भगवतीको जात र समुदायमा मात्रै मिल्ने होइन । उनीहरूको गाँउ पनि एउटै हो । दुवै तत्कालीन भलुवा गाविसमा जन्मिएका हुन् । दुहवी नगरपालिकाभित्र पर्ने भलुवाका छिमेकी दुवैजना मोरङ्गिया थारु हुन् । उमेर र राजनीतिक यात्राको हिसाबले विजय भगवतीभन्दा
इटहरी । सुनसरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका नेकपा९एमाले० का भीम आचार्यले आफूले जनताको अपेक्षाभन्दा बढी नै विकास निर्माणका कामहरु गरेको बताएका छन् । उनले आफूले जितेर गएको निर्वाचन क्षेत्रमा विकासका विभिन्न पूर्वाधारहरु बनाउन र स्थानीय सरकारमार्फत् विकास गतिविधि अघि बढाउन सहयोग गरेको फेहरिस्त पेश गरेका छन् । उनले आफू छोटो समय पर्यटन मन्त्री हुँदा विजयपुर, विष्णुपादुका, बराहक्षेत्र, रामधनी, बर्जु ताल, तालतलैया सबैमा पहिलो केन्द्रिय सरकारको बजेट पारेको बताए । ‘मैले नेपालमा दुई वटा इन्टरनेशनल एयरपोर्ट सुरु गराएँ,’ उनले भने, ‘छोटो समयलाई पनि उपयोग गरेर काम गरेँ ।’ द
मोरङ । मोरङ क्षेत्र नं ६ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार सरोज नेपालले अन्य दललाई कडा टक्कर दिने देखिएको छ । लामो समय नेतृत्वमा रहेका दलका प्रतिनिधिले ६ नं. क्षेत्रमा निर्वाचनको मुखमा मात्र अनुहार देखाउने गरेको र विकास निर्माणमा सोचे अनुरूप काम गर्न नसकेको भन्दै यति बेला मतदाताहरू स्वतन्त्र उम्मेदवार प्रति सहानुभुती देखाउन थालेका छन् । यसको फाइदा उठाउँदै सरोज नेपाल अहिले आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय पूर्वक घरदैलो अभियान र मतदाताहरूसँग अन्तरकृया गरिरहेका छन् ।२०७४ को निर्वाचनमा मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधि सभा सदस्यमा एमाले नेता लालबाबु पण्डित विजयी भएका थिए । यस पटक
सुनसरी, २४ कार्तिक । गढी गाउँपालिकामा रहेको चौधरी ग्रुपको उद्योगमा कार्यरत श्रमिक मजदुरहरलाई कम्पनीले विनाकारण सेवा सुविधाबाट बञ्चित गरेकोमा नेकपा एमालेकी नेतृ भगबती चौधरीले आपत्ति जनाएकी छिन् ।चौधरी ग्रुपको वाईवाई उद्योगमा श्रमिकले समयमै ज्याला नपाउनु दुखःद रहेको भन्दै नेतृ भगबती चौधरीले काम गरेर खाने श्रमिक वर्गको श्रम र परिश्रमले चल्ने उद्योगले सेवा नदिनु श्रमको अवमुल्यन गरेको पनि बताएकी छिन् । सामाजिक सञ्जाल फेसवुकमा लेख्दै प्रतिनिधिसभा उम्मेदवार समेत रहेकी चौधरीले कम्पनीले ५ वर्षदेखि कार्यरत कर्मचारी माथि देखाएको ज्यादती श्रम ऐन विरुद्ध रहेको पनि उल्लेख गरेकी छिन् । ‘काम गरेर खाने
बाजुरा । सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज (बिहीबार) बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।भूकम्प ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । बुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर तीनवटा भूकम्प गएका थिए । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।२२ दिनमा ६ पटक शक्तिशाली भूकम्पको
इटहरी । प्रदेश १ सरकारले आज बिहीबार सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको हो । गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।प्रदेश सरकारले आज एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले बताए । थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए ।
काठमाडाैं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदाता परिचयपत्र बिना पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ ।आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन जारी गर्दै आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न दिन भनेको हो उल्लेखित कागजातलाई अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिइएको हो ।निर्वाचनको
बिराटनगर । निर्वाचन आयोगले मोरङ निर्वाचन क्षेत्र नम्बर– ३ को प्रदेशसभा ‘१’ का लागि छुट्टै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । सो क्षेत्रका नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको मृत्यु भएपछि आयोगले सम्बन्धित दलका लागि निर्वाचन कार्यक्रम संसोधन गरेको हो ।संसोधन अनुसार उम्मेदवारी दर्ता, दाबी विरोध र अन्तिम नामावली प्रकाशनका लागि बिहीबार र शुक्रबारका लागि समय तोकिएको छ । मतदान भने मंसिर ४ का लागि नै निर्धारण गरिएको छ ।प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार उम्मेदवारी मनोनयन दर्ताका लागि बिहीबार विहान १० बजेदेखि १ बजेसम्मका लागि स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.