धरान: सुनसरी उद्योग वाणिज्य सङ्घले बैङ्क तथा वित्तीय संस्थाले गरेको अव्यवहारिक ब्याजदर विरुद्ध आजबाट आन्दोलन स्वरूप विरोध जनाउँदै मौन रर्याली सुरु गरेको छ । चालु पॅूजि निर्देशिका स्थगित गर,बैङ्क हामीलाई प्यारो छ व्याज वृद्धिले गाह्रो छ,ब्याजदर हामीलाई चर्को भयो गरी खान गाह्रो भयो, बैङ्किङ आतङ्क बन्द गर, मेरो चाहाना देशमा रोजगार बढ्दो ब्याजदरले व्यवसाय सञ्चालनमा गाह्रो भयो लगायतका नारा बोकेर व्यापारीहरूले विरोध गरेका हुन्।
चालु पुँजीले व्यवसाय सञ्चालनमा असर परेको भन्दै रोक्नका लागि माग गर्दै ब्याजदर १ डिजिटलमा हुनुपर्ने सहित १९ वटा आन्दोलनकारीको माग रहेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ को निर्णय कार्यान्वयन गर्नका लागि सो आन्दोलन सुरु गरेको बताउँदै बुधवारका दिन कुनै पनि बैङ्कसँग कारोबार नगरिदिन पनि सङ्घले अनुरोध गरेको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए। आज सुनसरिको धरानका व्यापारीले कुनै पनि बैङ्किङ कारोबार समेत नगरेको श्रेष्ठले बताए। आजको मौन रर्यालि उद्योग वाणिज्य सङ्घले सिंहदेवीबाट देशिलाईन, आचार्यलाईन, भाटभटेनि हॅुदै नेपाल बैङ्क पुनः उद्योग वाणिज्य सङ्घ आएर टुंङिएको हो।
सुनसरी उद्योग वाणिज्य संघलेने चर्को बैङ्क ब्याजदर तथा प्रतिकुल बैंकिङ्ग नीति विरुद्ध आज बुधवारदेखि आन्दोलन सुरु गरेको हो। आन्दोलन जिल्ला स्तर हुँदै प्रदेश र राष्ट्रस्तर सम्म पुर्याउने प्रदेशको राष्ट्र बैङ्क र केन्द्रको राष्ट्र बैङ्क र अर्थ मन्त्रालय घेराऊ गर्ने अध्यक्ष श्रेष्ठ बताउँछन्।

चर्को बैङ्क ब्याजदर तथा प्रतिकुल बैंकिङ्ग नीति विरुद्ध बृहत् शान्तिपूर्ण विरोध र्यालीमा सहभागी हुन सुनसरी उद्योग वाणिज्य सङ्घले आह्वानसमेत गरेको छ । चर्को बैङ्क ब्याजदर तथा प्रतिकुल बैंकिङ्ग नीति विरुद्ध सरकार तथा सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउन र अनुकूल नीतिहरू निर्माणका लागि दबाब सिर्जना गर्न सङ्घको प्राङ्गणमा आयोजना गरेको बृहत् शान्तिपूर्ण र्यालीमा दर्जनौँ वयपारिले सहभागिता र समर्थन जनाएका थिए।

नेपाल राष्ट्र बैङ्कले लागू गरेको चालु पुँजी मार्ग निर्देशन र सोही मार्ग निर्देशनको आडमा बैङ्क तथा वित्तीय संस्थाहरुले मनोमानी रूपमा गरेको ब्याजदर वृद्धिले उद्योग व्यवसाय सञ्चालन गर्न नसकिने भएको ठहरसहित त्यसको विरुद्धमा धरानका सम्पूर्ण बैङ्कहरूमा सुनसरी उद्योग वाणिज्य सङ्घद्वारा ज्ञापन पत्र बुझेर बैङ्कले अव्यवहारिक रूपमा वृद्धि गरेको ब्याजदर र ऋण सम्बन्धमा आफ्नो धारणासहित ज्ञापन पत्र सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवमार्फत नेपाल सरकारलाई चेतावनीसहितको बुझाइसकेको छ ।

