सुनसरी, ४ कार्तिक । नेकपा एमालेकी प्रभावशाली नेतृ भगबती चौधरीले मंसिर ४ गते हुन गइरहेको निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन सबै लाग्नुपर्ने बताएकी छिन् । बिहीबार इटहरी वडा नं. १४ मा आयोजित पार्टीका कार्यकर्ताहरुको प्रशिक्षण भेलामा बोल्दै प्रतिनिधिसभा उम्मेदवार चौधरीले अघिल्ला दुई निर्वाचनमा प्रतिपक्षले धाँधली गरेको कार्यकर्ताहरुलाई प्रष्ट्याउँदै फेरी पनि निष्पक्षरुपमा निर्वाचन नभए आफु र नेकपा एमाले कडा रुपमा प्रस्तुत हुने बताइन् । यूवा संघ, युथ फोर्स, महिला तथा किसान संघ लगायत सबै नेता कार्यकर्ताहरु जनताले दिएको जनमत रक्षार्थ खटिनुपर्ने बताउँदै कुनैपनि धाँधली र सड्यन्त्र विरुद्ध आफैं अग्
काठमाडौँ । होटलमा बास बस्न पुगेका ग्राहकको गोपनीयता कायम राख्नु र उनीहरुको सुरक्षाको प्रबन्ध गर्नु प्रत्येक होटल तथा लजको दायित्व हो । होटलमा कार्यरत कर्मचारी र म्यानेजरले ग्राहकको गोपनीयता र सुरक्षाका लागि व्यवस्था गर्नैपर्ने हुन्छ ।तर, लजमा बस्न गएका युवती र जोडीको अन्तरङ्ग तथा नग्न भिडियो रेकर्ड गर्न म्यानेजर आफै संलग्न भएको खुलासा भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर–३ स्थित बाँसबारीमा रहेको ‘बासबारी रेष्ट्रो क्याफे एण्ड लज’मा बस्न आउने ग्राहकहरुको अन्तरङ्ग तथा अ श्लील भिडियो गोप्यरुपमा रेकर्ड गरेको अभियोगमा प्रहरी वृत्त महाराजगञ्जले लजका म्यानेजरलाई पक्राउ गरेपछि यो खुलासा भएको हो ।जि
संयुक्त अधिराज्य बेलायतमा भारतीय मूलका ऋषि सुनक नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। संसदको तल्लो सदन हाउस अफ कमन्समा एकल बहुमत रहेको कन्जरभेटिभ पार्टीको नेता चुनिएसँगै ऋषि बेलायती प्रधानमन्त्री बन्ने पक्का भएको हो। बेलायतका राजा चार्ल्सले मंगलबार उनलाई सपथ खुवाउन सक्ने सम्भावना छ।संसारकै सबैभन्दा पुरानो संसदीय लोकतान्त्रिक मुलुक बेलायतमा गत असारयता तीन जना प्रधानमन्त्री भइसकेका छन्। सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि तत्कालीन प्रधानमन्त्री बोरिस जोन्सनले बाध्य भएर राजीनामा दिएका थिए। भदौ अन्तिम साता बेलायती प्रधानमन्त्री बनेकी लिज ट्रसले ४५ दिनभन्दा बढी पद सम्हाल्न सकिनन्। उनको सरकारले
इटहरी । प्रहरी बरिष्ठ हवल्दार रबिन्द्र लोक्ताम र सहायक हवल्दार राज कुमार श्रेष्ठ असोज महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत लोक्ताम र प्रहरी चौकी पेल्टिमारी इलाममा कार्यरत श्रेष्ठ असोज महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित भएका हुन ।अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै उनीहरूलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेशभरीका प्रहरी कर्मचारीहरुमध्येबाट प्रत्येक महिना सर्वाेत्कृष्ट प्रहरी छन
इटहरी । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुहुन्छ ।कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सब
इटहरी । यमपञ्चकअर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले वास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ ।लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिम
इटहरी । सुनसरीकाे इटहरी – बिराटनगरराेडस्थित क्लाशिक टेक इन्टरनेट रहेकाे भवनमा आइतबार राती आगलागी भएको छ । आगलागीके कारणले भएकाे हाे कारण नखुलेपनि बिद्युत सर्ट भएर लागेकाे अनुमान लगाइएकाे छ ।करिब एक दर्जन व्यवसाय सञ्चालन रहेकाे उक्त भवनमा आगलागी हुदा क्लाशिक टेक इन्टरनेटमा क्षती पुगेकाे छ । आगलागीले क्लाशिक टेक कार्यालयमा रहेका अधिकांस इन्टरनेट वायरहरू जलेर नस्ट भएका छन । आगलागीकै कारण इटहरी उपमहानगरमा एक साता सम्म इन्टरनेट अवरूद्ध हुन सक्ने कर्मचारीहरूले बताएका छन ।आइतबार अचानक भवनकाे माथिल्लाे भागदेखि धुवाकाे मुस्लाे बाहिरिएपछि आगलागी भएकाे स्थानियले थाहा पाएका थिए । तत्काल इटहरी उपमहानगरकाे
इटहरी । राजस्व चुहावट तथा नियन्त्रण सम्बन्धी काम गर्दै आएको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा दुइ जना प्रमुख भएपछि कसलाइ आधिकारिक मान्ने भन्ने बिषयमा बिवाद देखिएको छ । निर्वाचन आचारसंहिता सुरू भएलगत्तै कार्यालयमा प्रमुखको रूपमा खेम ओझा आएका थिए तर पुराना प्रमुख तिर्थ खनाल आफु सरूवा भएको ठाउमा जान नमानेपछि अहिले बिवाद देखिएको हो । खनाल सरूवा भएको ठाउमा जान नमानेपछि नया प्रमुखको रूपमा कार्यालय आएका ओझाले हाजिर नै गर्न पाएका छैनन । कार्यालयको प्रमुखमा खेम ओझा सरुवा भएर आए पनि बहालवाला प्रमुख तीर्थ खनालले सरुवा भएको ठाउँमा जान मानेका छैनन् । कार्यालयले राजश्व चुहावट नियन्त्रणको कार्यमा स
इटहरी । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ ।बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मतरूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो ।यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठा–मीठा खान दिई खुसी पार्ने गरिएको हो ।लोक व्यवहार
दुहवी । सुनसरी क्षेत्र नं. ३ मा चुनाबी सरगर्मी बढेको छ । नेकपा एमालेकी केन्द्रीय सदस्य पूर्वराज्यमन्त्री भगबती चौधरीको निर्वाचन क्षेत्रमा चुनाबी सरगर्मी बढेको हो । एमालेले निर्वाचन लक्षित कार्यकर्ता प्रशिक्षण तथा भेला कार्यक्रम चलाई रहेको छ । जनता समाजवादी पार्टीसँग चुनाबी तालमेल गर्दै मंसिर ४ गतेको चुनाबी मैदानमा उत्रिएको एमालेले योपल्ट विजयकुमार गच्छदारको किल्ला भत्काउने रणनीति अनुरुप कार्यक्रमहरु चलाई रहेको छ । सोही क्रममा शनिबार दुहवी तथा बर्जु गाउँपालिकाका विभिन्न वडाहरुमा नेकपा एमाले र जसपाका कार्यकर्ताहरुको संयुक्त विस्तारित भेला तथा प्रशिक्षण सम्पन्न गरेको छ । दुहवी नगरपाल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.