All Posts By कोशी प्रेस

    Showing ११,८११-११,८२० of १३,७४६ items.
  • बेलबारीबाट सुनकाे सिक्रि चाेरी गरेकाे आरोपमा दुइजना पक्राउ

     इटहरी । सुनको सिक्री चोरी आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलका प्रहरी कार्यालय बेलबारीले चोरी आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका वडा नं ९ बैगुनधुरा का १९ वर्षीय मुकेश खतिवडा र धनकुटा महालक्ष्मी नगरपालिका १ लेगुवा बस्ने २२ वर्षीय हेम वहादुर बस्नेत रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनीहरूले असोज ३० गते राती १ बजे सुन्दरहरैचा नगरपालिका वडा नं.–४ स्थित पूर्व पश्चिम राजमार्गमा ना ६ ख ६३९९ नम्बरको कन्टेनर गाडी पार्किङ गरी राखी सोही गाडीमा सुति रहेका चालक राम वहादुर गिरीका सुनको सिक्री सुनको ब्रासलेट चोरी गरेको आरोप

    • प्रकाशित मितिः कार्तिक ५, २०७९
    • ४४ पटक पढिएको
  • आज ( शनिबार ) देखि नै सुरु भयाे यमपञ्चक

    इटहरी । यमपञ्चक आज (शनिबार)देखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान शनिबारदेखि सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ । आइतबार बेलुकी ०५:०४ बजेसम्म त्रयोदशी तिथि छ ।  त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ ।  बेलुकी ०५:०४ बजेपछि चतुर्दशी तिथि लाग्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक

    • प्रकाशित मितिः कार्तिक ५, २०७९
    • ४३ पटक पढिएको
  • उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ मा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान साढे ९ बजे गिट्टी लोड गरेर उदयपुरको सिद्रे तर्फ जाँदै ट्याक्टर दुर्घटनामा परेको थियो । प्रदेश २–०१–००१ त १०३३ नम्वरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका १३ का २२ बर्षिय विकाश राई घाइते भएका थिए । घाइते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लागिएको थियो ।उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ५, २०७९
    • ३९ पटक पढिएको
  • उच्च मूल्य वृद्धिको मारमा तराईका जनता

    इटहरी । तराई–मधेसमा मूल्यवृद्धि अपेक्षित अङ्कभन्दा माथि रहेको पाइएको छ । राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दोस्रो महिनाको अन्त्यसम्ममा तराईमा उपभोक्ता मुद्रास्फीति नौ दशमलव ३३ प्रतिशत बराबर रहेको छ ।बैंकका अनुसार २०७८ भदौमा तराईको उपभोक्ता मुद्रास्फीति तीन दशमलव ६५ प्रतिशत बराबर थियो । गएको भदौमा काठमाण्डौ उपत्यकामा सात दशमलव ६२ प्रतिशत, पहाडमा आठ दशमलव ८२ प्रतिशत र हिमालमा छ दशमलव ६८ प्रतिशत मुद्रास्फीति रहेको छ ।बैंकका अनुसार २०७८ भदौमा काठमाण्डौ उपत्यकामा तीन दशमलव २३ प्रतिशत, पहाडमा तीन दशमलव ९६ प्रतिशत र हिमाली क्षेत्रमा तीन दशमलव ५१ प्रतिशत बराबरको मुद्रास्

    • प्रकाशित मितिः कार्तिक ५, २०७९
    • १२६ पटक पढिएको
  • चिनियाँ जासुस चाइ रउ नेपाली नागरिकतासहित दिल्लीबाट पक्राउ

    काठमाडाैं ।  नेपाली नागरिकतासहित चिनियाँ नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । दिल्लीको विशेष सेलले ४४ वर्षीया चिनियाँ महिला चाइ रउलाई पक्राउ गरेको हो । उनी चिनिया जासुस रहेको खुलेको छ ।दिल्ली प्रहरीका अनुसार उनी विगत दुई वर्षदेखि आफ्नो पहिचान लुकाएर दिल्लीमा बस्दै आएकी छन् । उनको साथमा रहेको नेपाली नागरिकता र पासपोर्टसमेत बरामद गरिएको छ ।नागरिकतामा डोल्मा लामा लेखिएको छ । उनी डोल्मा लामा बनेर भिक्षुको भेषमा जासुसी गर्दै आएको दिल्ली प्रहरीले जनाएको छ । उनमाथि भारतको विभिन्न सरकारी कार्यालय र मन्त्रालयहरुबाट गोप्य सूचना चुहाएको आरोप लगाइएको छ। पक्राउ परेकी चिनिया नागरिकलाई १४ दिन

    • प्रकाशित मितिः कार्तिक ५, २०७९
    • ६४ पटक पढिएको
  • सूर्यग्रहणः स्वाती नक्षत्र र तुला राशिलाई कष्ट

    इटहरी । कार्तिक कृष्ण औँसीका दिन यही कात्तिक ८ गते मङ्गलबार लाग्ने ग्रस्तासत खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गमा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फलअनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको छ । यसैगरी कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल रहेको छ ।कुम्भ राशिकालाई माननाश र मीन र

    • प्रकाशित मितिः कार्तिक ५, २०७९
    • ४४ पटक पढिएको
  • कांग्रेस परित्याग गरी सोनापुरका १६ जना युवा एमालेमा

    दुहवी ४, कात्तिक । सुनसरीको दुहवी ८ रानीगाउँ सोनापुरका १६ जना युवाहरु नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । आज शुक्रबार नेकपा एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार भगबती चौधरी तथा निर्वाचन परिचालन कमिटी सयोजक लिलम बस्नेतले कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्ने युवाहरुलाई खदा तथा अबिर लगाएर पार्टी प्रवेश गराए । कांग्रेस पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुमा नितेश कुमार चौधरी, चन्दन कुमार मण्डल, करण कुमार माझी, नरेश कुमार माझी, विजय शर्मा, सागर कुमार माझी रहेका छन् । यस्तैगरी, सोही स्थानका काशीराम थन्दार, सुमन थापा, सरोज थापा, पारस चौधरी, अन

    • प्रकाशित मितिः कार्तिक ४, २०७९
    • ११२ पटक पढिएको
  • सामाजिक र आर्थिक काम गर्दै राजनीतिमा प्रभावशाली छाप बनाएकी नेकपा एमालेकी उम्मेदवार भगबती चौधरी

    सुनसरी। सुनसरी क्षेत्र नं. ३ बाट सामाजिक र आर्थिक काम गर्दै राजनीतिमा प्रभावशाली छाप बनाएकी नेकपा एमालेकी उम्मेदवार भगबती चौधरीले जनताको जिवनस्तर सुधार्ने गरी काम गर्न आफु अग्नीपरीक्षा दिन तयार रहेको बताएकी छिन् । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार रहेकी चौधरीले आफ्नो क्षेत्रको विकास र समृद्धिकै लागि राजनीतिमा लागेको बताउँदै निर्वाचन जितेर गए ३० वर्षमा हुन नसकेको विकास ५ वर्षमा गरेर देखाउने समेत बताएकी छिन् ।चुनाबी सरगर्मी बढेसँगै आन्तरिक रुपमा नेता कार्यकर्ताहरु विच छलफल र स्थानीय समस्या केलाउन व्यस्त नेतृ चौधरीले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पर्यटन क्षेत्रको

    • प्रकाशित मितिः कार्तिक ४, २०७९
    • ५५ पटक पढिएको
  • महिला बचतको २५औं स्थापना दिवसको अवसरमा प्रभातफेरी

    इटहरी । एसियाली स्तरको एक्सेस ब्रोञ्ज प्राप्त सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औं स्थापना दिवसको अवसरमा इटहरीमा प्रभातफेरी गरिएको छ ।      सुनसरी र मोरगंमा गरी ६ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर ४बाट प्रभातफेरी निकालिएको हो ।  प्रभातफेरीले  इटहरीको मुख्य चोक क्षेत्र परिक्रमा गरी पुन संस्थाकै कार्यालयमा पुगेर समापन गरिएको थियो । प्रभातफेरीमा संस्थाकी अध्यक्ष अमृत सुब्बा सहित पदाधिकारीहरु , शेयर सदस्य , कर्मचारी लगायतको सहभागिता रहेको थियो ।महिला

    • प्रकाशित मितिः कार्तिक ४, २०७९
    • १३८ पटक पढिएको
  • नक्कली प्रितम आचार्य देखाएर काठमाण्डौमा कार्यक्रम, इटहरी उपमहानगरपालिकाको आपत्ति

    इटहरी : काठमाण्डौको किंस लाउन्ज एण्ड बारले नक्कली प्रितम आचार्य देखाएर साङ्गीतिक कार्यक्रम गरेको भन्दै इटहरी उपमहानगरपालिकाले आपत्ति जनाएको छ । सम्बन्धित कलाकारको मन्जुरी सहभागिता बिना नै कृत्रिम प्रितम नामको कलाकारबाट साङ्गीतिक कार्यक्रम प्रदर्शन गरिनु गम्भीर बौद्धिक अपराध भएको बताएको हो । इटहरी उपमहानगरपालिकाले सद्भावना दूत नियुक्त गरेका आचार्यलाई खबरै नगरी किंसले साङ्गीतिक कार्यक्रम आयोजना गरेको हो । आचार्य इटहरीमै रहेको अवस्थामा काठमाण्डौमा कार्यक्रम भएको प्रति उनका अभिभावकले समेत आपत्ति जनाएका छन् । इटहरी ५ का आचार्य भारतीय प्रसिद्ध च्यानल जी टिभी बाट सन् २०१९ मा सञ्चालन भएको एक

    • प्रकाशित मितिः कार्तिक ४, २०७९
    • १९१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]