काठमाडाैं । नेपाली नागरिकतासहित चिनियाँ नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । दिल्लीको विशेष सेलले ४४ वर्षीया चिनियाँ महिला चाइ रउलाई पक्राउ गरेको हो । उनी चिनिया जासुस रहेको खुलेको छ ।
नागरिकतामा डोल्मा लामा लेखिएको छ । उनी डोल्मा लामा बनेर भिक्षुको भेषमा जासुसी गर्दै आएको दिल्ली प्रहरीले जनाएको छ । उनमाथि भारतको विभिन्न सरकारी कार्यालय र मन्त्रालयहरुबाट गोप्य सूचना चुहाएको आरोप लगाइएको छ।
पक्राउ परेकी चिनिया नागरिकलाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिइएको छ । ती महिलाले नेपाली र हिन्दी दुवै भाषा बोल्ने गरेको बताइएको छ ।


