मोरङ : आगामी मंसिर ४ गते हुने प्रतिनिधिभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित ६ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।बिहीबार मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित ६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन मोरङका मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले गरेका थिए ।जिल्ला समन्वय समिति मोरङको कार्यालयमा मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित क्षेत्र नम्बर ६ को निर्वाचन अधिकृतको कार्यालय राखिएको छ ।मुख्य निर्वाचन अधिकृत ढुंगेलका अनुसार मोरङमा ३ सय
लेटाङ । लोखराबाट राजारानीसम्म जाने पुरानो पैदल मार्गमा निकैपछि चहलपहल देखियो । वर्षौं पुरानो यो गोरेटो बाटोमा वर्षौंपछि मान्छेको लामो ताँती लाग्यो । वर्षौंसम्म सुनसान रहेको यो पुरानो बाटोमा मानिसहरुको ठूलै हल्ली खल्ली सुनियो । के युवा, के महिला, के वृद्ध ? कसैको हातमा कोदाली, कसैको हातमा खन्ती त कसैको हातमा खुकुरी र दाउ । कोही ढुंगा निकाल्ने, कोही माटो सम्याउने त कोही झाडी फाँड्न व्यस्त । निकै उमंंग र उत्साहका साथ उनीहरु स्वतस्फूर्त रुपमा काममा जुटे । लेटाङ नगरपालिकाले लोखराबाट राजारानीसम्म जाने पुरानो पैदल बाटोलाई पर्यटकीय पदमार्गको रुपमा विकास गर्न सकिने भन्दै काम अघि बढाउन स्थानीयबासील
रूपन्देही । सवारी दुर्घटनामा परी नेकपा एमाले रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको ज्यान गएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधईमा स्कुटर दुर्घटनामा परी उनको मृत्यु भएको हो । लु ४१ प ९८७ नम्बरको स्कुटरमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते भएकी थिइन् ।उपचारका लागि भीम अस्पताल पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरीकार्यालय रुपन्देहीका डीएसपी एवं प्रवक्ता श्यामु अर्यालले बताए । चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका–६ की वडा सचिव हुन् भने अनेरास्ववियु जिल्ला कमिटी सहसचिव पनि हुन् । राजनीति र सामाजिक क्षेत्रमा सक्रिय चौधरी एमाले लुम्
काठमाडौँ । बडादशैँको टीकाको आज (बिहीबार) दोस्रो दिन । हिजो अर्थात् विजयादशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आशीर्वाद लिने गर्छन् ।दशैँमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमा नै सकेसम्म सबै आफन्तहरूकहाँ पुग्ने गर्दछन् । आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान चटारो नै हुने गर्दछ । घटस्थापनाका दिन दशैं घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाहरूको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ । आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने
काठमाडौं । एक किशोरीमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज (बिहीबार) नेपाल आइपुग्दैछन् । सामाजिक सञ्जालमार्फत उनले आज बिहान १० बजे विमानस्थल आइपु्ग्ने र आत्मसमर्पण गर्ने जानकारी गराएका छन् ।‘नेपालका अधिकारी समक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,’ उनले भनेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु ।’
इटहरी । मोरङको बेलबारी नगरपालिकामा टी–२० प्रिमियर लिग आयोजना हुने भएको छ । मंसिर १० गते देखी प्रिमियर लिग आयोजना हुन लागेको हो ।बेलबारी क्रिकेट क्लबको आयोजनामा प्रिमियर लिग हुन लागेको हो ।क्रिकेट विकासमा हाम्रो ध्यान भन्ने नाराका साथ प्रथम बेलबारी प्रिमियर लिग आयोजना हुन लागेको मङ्गलवार बेलबारीमा पत्रकार सम्मेलनको आयोजना गरेर जनाइएको थियो । प्रतियोगिता बेलबारी ४ स्थित बेतना युनाइटेडको खेलमैदानमा हुने क्लबका अध्यक्ष विपिन आचार्यले बताए । प्रतियोगिता नगर स्तरीय हुने जनाइएका छ ।बेलबारी नगर भित्रका ६ वटा विभिन्न सङ्घसंस्था, कम्पनी, उद्योगलाई कर्पोरेट पार्टनरका रूपमा छनौट गरी नगरका विभिन्न वडा
ताप्लेजुङ । सोमबार बिहान ताप्लेजुङको फुङलिङ बजारमा रहेको आईएमई लुटपाटका फरार लुटेरालाई खोज्न प्रहरीले रातभर सर्च एण्ड स्वीप अपरेसन चलाएको छ । लुटपाटमा संलग्न तीन फरार लुटेराको खोजीका लागि प्रहरीले ताप्लेजुङ र इलाममा सर्च एण्ड स्वीप अपरेसन चलाएको हो ।प्रदेश नम्बर १ का डिआइजी सुदीप गिरीका अनुसार प्रहरीको तीनवटा टोली रातभर दुई जिल्लाका जङ्गलमा सर्च अपरेसनका लागि खटिएको छ । लुटेराहरू जङ्गल पसेको हुनसक्ने अनुमानका आधारमा दुई जिल्लाका प्रहरी लुटेराको खोजीमा जङ्गल चहारेका हुन् ।चारजनाको समूहमा आएका लुटेराहरूले सोमबार बिहान फुङलिङ बजारमा रहेको कञ्चन मनी ट्रान्सफर नामक आईएमई सेन्टरबाट नगद र सुन ल
काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखा २ बाट चुनाव लड्न आग्रह गरेका छन् ।उनीहरूको आग्रह पछि प्रचण्ड चितवन छाडेर गोरखा २ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने मनस्थिति बनाएको उनी निकट स्रोतले जनाएको छ ।भट्टराई २०७४ मा गोरखा २ बाट निर्वाचित सांसद हुन् भने श्रेष्ठ सोही क्षेत्रबाट भट्टराईसँग पराजित भएपछि अहिले राष्ट्रिय सभाको सदस्य छन्। भट्टराई र श्रेष्ठबिच प्रतिस्पर्धा रहेको गोरखा २ मा उनीहरू दुवैले प्रस्ताव गरेपछि प्रचण्डका लागि निर्णय गर्न सहज भएको छ। तर प्रचण्डले अन्तिम निर्णय लिइसकेका छैनन्
इटहरी । सुनसरी–मोरङ सिँचाइ आयोजनाको चतरा नहरआसपास फेरि घर–टहरा बनाउने क्रम बढ्न थालेको छ । सात वर्षअघि नियमनकारी निकायले घर–टहरा हटाएर केही वर्ष रोकिएकामा फेरि बनाउने क्रम बढेको हो ।विसं २०७२ मा सुनसरी बराह क्षेत्रको चतरादेखि नहर पुग्ने अन्तिम स्थान मोरङको बाहुनीसम्मको क्षेत्रमा पाँच हजार पाँच सय हाराहारी घर–टहरा भत्काइएका थिए । घर–टहरा हटाउन आयोजनाले पटक पटक सूचना गर्दा पनि अटेर गरेपछि अन्तिममा सुरक्षाकर्मी परिचालन गरी डोजर लगाएर घर–टहरा भत्काइएको थियो ।तर पछिल्लो समय फेरि अतिक्रमित जमिन खाली गराउन पहल नहँुदा घर–टहरा बनिरहेका छन् । सुनसरीको चतराबाट नहर पुग्ने मोरङको बाहुनीसम्म ५३ किलोमिट
इटहरी । नेकपा एमालेको सुनसरी जिल्ला प्रमुख भएर काम गरिसकेका चर्चित नेता द्वारिकलाल चौधरी आइतबार अकस्मात खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर माओवादीमा प्रवेश गरे। अघिल्लो दिनसम्म माओवादीमा प्रवेश गर्ने समाचार झूठा रहेको बताइरहेका चौधरीले आइतबार बिहान नेपालखबरसँग भने,‘मैले माओवादीमा ज्वाइन नै गरिसकें त।’नेकपा एमालेबाट तीन कार्यकाल स्थानीय तह जितेका चौधरी इटहरी उपमहानगरपालिकाका निर्वमान मेयर हुन्। गत बैशाखमा सम्पन्न स्थानीय चुनावमा भने एमालेले उनलाई टिकट नदिई यामकुमार सुब्बालाई दियो, जो कांग्रेसका हेमकर्ण पौडेलसँग झण्डै ५ हजार मतान्तरले हारे। उपमेयरमा भने एमालेकी संगीताकुमारी चौधरीले गठबन्धनका उम्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.