All Posts By कोशी प्रेस

    Showing १२,३३१-१२,३४० of १३,७४६ items.
  • बरहथवाकाे एक केन्द्रमा मतदान पुनः मतदान हुने

    सर्लाही / सर्लाहीको बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने भएको छ । बरहथवा नगरपालिका–१७ स्थित आधारभुत विद्यालय परोरिया मतदान स्थलमा रहेको दुई मतदान केन्द्रमा विवादका कारण सबै मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो ।विवाद भएको बहरथवा नगरपालिका–१७ को दुई वटा मतदान केन्द्रमा गरी १९ सय ५४ जना मतदाता थिए । त्यसमध्ये शुक्रवार भएको मतदानमा जम्मा तीन सय ७२ मत मात्रै खसेको थियो ।शुक्रवार मतदान सुरु भएको केही घण्टापछि दिउँसो १ बजे राजनैतिक दलका नेताबीच मतदान प्रकृयाको विषयमा भएको विवादले झडपकाे रुप लिएकाे थियो । त्यसपछि अवरुद्ध भएको मतदान समय अवधीभर पनि सुरु हुन नसकेपछि साँझ

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५० पटक पढिएको
  • भोजपुरको हतुवागढीमा एमालेकाे अग्रता कायमै

    भोजपुर । भोजपुरको हतुवागढीमा गए राती देखि मतगणना जारी रहेको छ । हाल सम्म वडा नम्बर १ को मत गणना सम्पन्न भइ सकेको छ भने वडा नम्बर ९ र २ को गणना जारी रहेको छ ।अहिले सम्मको गणनामा नेकपा एमालेका उम्मेदवार प्रेमकुमार राईको अग्रता कायम रहेको छ । पालिका प्रमुखमा राईले ९४४ र गठबन्धनका उम्मेदवार गजेन्द्र बहादुर कार्कीले ८५७ मत प्राप्त गरेका छन् ।त्यस्तै उपाध्यक्षमा एमालेका उम्मेदवार कमला राईले ८७४ र गठबन्धनका उम्मेदवार सुनिता किरातीले ८९० मत प्राप्त गरेका छन् ।हतुवागढी १ को वडाध्यक्ष पदमा एमाले उम्मेदवार कुमार बिष्ट निर्वाचित भइ सकेका छन् । १ नम्बर वडाबाट पालिका प्रमुखमा एमाले उम्मेदवार राईले ३७१ र गठब

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ४९ पटक पढिएको
  • सांगुरीगढी गाउंपालिका अध्यक्ष-उपाध्यक्ष दुबैमा एमालेको अग्रता

    धनकुटा । धनकुटाको सांगुरीगढी गाउंपालिकामा मत गणना जारी छ । प्राप्त मत परिणाम अनुसार गापा अध्यक्षमा नेकपा एमालेका कुमार जंग याखाले ७८५ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका जितेन्द्र राईले ५७६ मत प्राप्त गरेका छन् ।उपाध्यक्षमा एमालेका मुना राईले ७८५ मत प्राप्त गरेका भने गठबन्घनबाट नेकपा(माओवादी केन्द्र) का प्रेम खड्काले १०७ मत प्राप्त गरेका छन् ।त्यसागरि वडा नं १ मा एमालेका गोबिन्द लिम्बुले ३८४ र गठबन्धनबाट नेकपा(एकिकृत समाजवादी) का गजेन्द्र लिम्बुले ३०३ मत प्राप्त गरेका छन् भने वडा नं १० मा एमालेका एक बहादुर राईले ४१६ र नेपाली कांग्रेसका राजु राईले २७८ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ५१ पटक पढिएको
  • महालक्ष्मी नगरपालिकामा गठबन्धनको सुरुवाती अग्रता कायमै छ

    धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा मत गणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका ध्रनुराज रायाले १५७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका दिपक बुढाथोकीले ११८ मत प्राप्त गरेका छन् ।उपप्रमुखमा एमालेका मन्जु कुमारी कार्की(अधिकारी) ले १४५ मत प्राप्त गरेका भने गठबन्घनबाट नेकपा(माओवादी केन्द्र) का प्रेम खड्काले १०७ मत प्राप्त गरेका छन् ।त्यसैगरि वडा नं १ मा वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका लाख बहादुर गुरुंगले १४६ मत प्राप्त गरेका छन् भने नेकपा(एमाले) का टेक बहादुर गुरुंगले १३९ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ६२ पटक पढिएको
  • ललितपुरमा काँग्रेसको अग्रता फराकिलो

    ललितपुर महानगरको मेयर पदमा नेपाली काँग्रेसले फराकिलो अग्रता बनाएको छ । २ सय मत गन्दा गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले ११० मत ल्याउँदा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४७ मत प्राप्त गरेका छन् ।उपमेयरमा भने एमाले ६४ मतसहित अघि रहेको छ । माओवादीका उम्मेदवारले ३७ मत प्राप्त गरेका छन् । २०० मतमध्ये ३ मत बदर भएको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ५३ पटक पढिएको
  • त्रिपुरासुन्दरी नगरपालिका-१ मा एमालेको प्यानल नै विजय

    सुर्खेत / डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ को मतगणना सम्पन्न भएको छ । मतगणनाकाे परिणामअनुसार एमालेका रामचन्द्र कुलाल वडाध्यक्षमा २६७ मत ल्याएर विजय भएका छन् ।नगरपालिकाका प्रमुखमा कांग्रेसका चन्द्रलाल धराला १७२ उपप्रमुखमा सावित्री पहाडीले १७२, प्रमुखमा एमालेका जनचन्द्र रोकाय १४५ उपप्रमुख देवी घर्ती १७४ र माओवादी केन्द्रका प्रमुख दिलबहादुर विष्ट ३६५ उप निरु चलाउने २०० मत ल्याएकी छन् ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ५९ पटक पढिएको
  • १० पालिकाको नतिजा : एमालेलाई कांग्रेसले पछ्याउँदै, माओवादीले खोल्लेन खाता

    स्थानीय तह निर्वाचनमा १० पालिकाको मतगणना सम्पन्न भएको छ । १० पालिकाको नतिजा आउँदा एमाले अग्रस्थानमा छ भने कांग्रेसले एमालेलाई पछ्याएको छ ।१० स्थानीय तहमध्ये एमालेले ५ गाउँपालिकाको प्रमुख जितेको छ भने कांग्रेसले ३ गाउँपालिका प्रमुखमा जित निकालेको छ ।एमालेले मनाङको ङिस्याङ गाउँपालिका र चामे गाउँपालिकामा जितेको छ । त्यसैगरी, डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका, मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमालेले जित निकालेको हो ।त्यसैगरी, कांग्रेसले मनाङ, मुस्ताङ र डोल्पामा एक एक गाउँपालिका प्रमुख जितेको छ । डोल्पाको नार्पा भूमी गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपाल

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ९१ पटक पढिएको
  • देउवाको वडामा कांग्रेस पराजित

    प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा कांग्रेस पराजित भएको छ । देउवाले मतदान गरेको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका हुन् ।डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपीका नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् । करुवा’ चुनाव चिन्ह काँग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा काँग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरेका छन्।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ६२ पटक पढिएको
  • पाँचथरको फालेलुङ गाउँपालिका–६ मा गठबन्धनका राईको प्यानल विजयी

    पाँचथरको फालेलुङ गाउँपालिका-६ को वडाध्यक्षमा गठबन्धनका अमरबिर राईसहित उनको प्यानल नै विजयी बनेको छ । नेपाली काङ्ग्रेस फालेलुङ–६ का सभापतिसमेत रहेका अमर कलम चिह्नबाट उम्मेदवार बनेका थिए । वडाध्यक्षको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पनिता राईलाई ४८ मतले पछि पार्दै राई विजयी बनेकी छन् । अमरले ४२३ मत प्राप्त गर्दा पनिताले ३७५ मत प्राप्त गरेकी छन् । यस वडामा कुल १३ सय ३६ मतदातामध्ये ८७० जनाले मतदान गरेका थिए ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ५७ पटक पढिएको
  • भाेजपुरकाे श्यामशिलामा एमालेका राजेन्द्र विजयी

    इटहरी /भोजपुरको पौवादुङमा  गाउँपालिका वडा नम्बर १, श्यामशिलाकाे वडाध्यक्षमा एमालेका राजेन्द्र तामाङ विजयी बनेका छन् । तामाङ ४५९ मत ल्याएर वडाध्यक्ष जितेका हुन् ।एक हजार २१ मत गणना गर्दा गाउँपालिका अध्यक्षमा ३६९ मत एमालेका किरण राईको अग्रता रहेको छ । काङ्ग्रेसका टेकनरसिंह कार्कीले ३३४ र माओवादी केन्द्रका नगेन्द्र भुलेलले २०१ मत ल्याएका छन् । गाउँपालिकामा ६ वटा वडा छन् ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ८३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]