प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा कांग्रेस पराजित भएको छ । देउवाले मतदान गरेको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका हुन् ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपीका नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् । करुवा’ चुनाव चिन्ह काँग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा काँग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरेका छन्।