अछाम / अछामका दुई ठाउँमा मतदान स्थगित भएको छ। पञ्चदेवल विनायक नगरपालिका-५ लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि मतदान स्थगित भएको हो।लयाटीमा भएको झडपमा मतपेटिका तोडफोड गरेर मतपत्र च्यातिएका छन् भने चारजना घाइते भएका छन्। यस्तै साँफेबगर नगरपालिका- १३ बाब्लामा पनि मतदान स्थगित भएको छ। कांग्रेस-नेकपा एकीकृत समाजवादी गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको हो।मतदान सञ्चालन गर्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ।
काठमाडौं / स्थानीय तह निर्वाचनको मतदानाको समय सकिएको छ । निर्वाचन आयोगले दिएको समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने थियो । तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ ।देशभर शुक्रबार स्थानीय तहको निर्वाचन भएको हो । निर्वाचनमा कति प्रतिशत मत खसेको हो भन्ने अन्तिम विवरण आउन बाँकी रहेको छ । अपरान्ह ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्यांक प्राप्त भएको निर्वाचन आयोगले जनाएकाे छ ।देशका केही स्थानमा झपड र विवाद भए भने सर्लाहीको धनकौलमा भएको तनावपूर्ण अवस्थालाई नेपाली सेनाले नियन्त्रणमा लिनुपरेको थियो ।
काठमाडौं / देशभर ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्मको जानकारी अनुसार विभिन्न जिल्लाका ५३ मतदान केन्द्रको मतदान प्रक्रिया अवरुद्ध भएको हो ।राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि ति मतदान प्रक्रिया अवरुद्ध भएका हुन् । केही स्थानमा पुनः सुचारु भइसकेको छ भने केही स्थानमा अर्को दिन मतदान गर्ने गरी सकिएको छ ।निर्वाचन आयोगका अनुसार अहिलेसम्म ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, नुवाकोट, काठमाडौं, काभ्रे, मकवानपुर, रौतहट, बारा, दाङ, कालिकोट, हुम्ला लगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ ।ताप्लेजुङको आठराई त्र
सुर्खेत । वर्षाका कारण सुर्खेतमा मतदान प्रभावित भएको छ । हावाहुरीसहित पानी परेपछि जिल्लाका अधिकांश स्थानको निर्वाचन प्रभावित भएको हो ।सुर्खेतमा अहिले पनि हावाहुरीसँगै भारी वर्षा भइरहेको छ । जसले गर्दा जिल्लाका अधिकांश मतदान केन्द्रमा मतदान रोकिएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।‘केही ठाउँमा रोकिए पनि धेरै अधिकांश ठाउँमा भारी वर्षात भैरहेको छ, कतिपए ठाउँमा सम्पर्क नै हुन सकेको छैन् । जिल्लाका अधिकांश ठाउँमा एक घण्टादेखि मतदान रोकिएको छ,’ चालिसेले भने ।वीरेन्द्रनगर पानी पर्न रोकिएको छ । पानी रोकिएसँगै जन नमुना माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्र
चितवन । चितवनका ७ पालिकामा निर्वाचन सकिन आधा घण्टा बाँकी रहँदासम्म ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार नगर क्षेत्रमा ७० प्रतिशत र ग्रामीण भेगहरूका ६५ प्रतिशत मत खसेको छ । जिल्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।साँझ ५ बजेभित्र मतदान स्थलभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने उनले बताए । ‘मतदान केन्द्रमा संख्या निकै पातलो भइसकेको छ, त्यस्तो भिड छैन, अब केहिबेरमा सकिन्छ’ कार्यालय प्रमुख कार्कीले भने, ‘अहिलेसम्म शान्तिपूर्ण रूपमा नै मतदान भइरहेको छ ।’चितवनमा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । १६१ वटा मतदान
प्यूठान। प्यूठानमा १०४ वर्षीया एक वृद्धाले मतदान गरेकी छन । प्यूठान नगरपालिका-३ मन्द्रेचौर निवासी दुर्मती पुन मगरले शुक्रबार जनक प्रावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।दुर्मतीले छोरा तोनिराम पुन मगरको सहयोगमा लौरो टेक्दै मतदान केन्द्रसम्म आइपुगेकी थिइन् ।मतदानपछि उनले अब आउने चुनावमा पनि मतदान गर्ने इच्छा रहेको सुनाइन । उनले भनिन,’ यो उमेरमा पनि भोट हाल्न पाएँ, भाग्यमानी हुँ जस्तो लागेको छ।’
काठमाडौं । स्थानीय तह निर्वाचनको दिन बानेश्वरको संसद् भवन अगाडि सिलिण्डर बम विष्फोट भएको छ ।शुक्रबार बिहान २ बजेको घटना भए पनि प्रहरीले यसलाई गोप्य राखेको थियो ।काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार एक जना व्यक्तिले बिहान २ बजे संसद भवनको १ नम्बर गेट नजिकै सिलिण्डर फ्यालेर आगो लगाएर विष्फोट गराएको पाइएको छ ।हाल ती व्यक्तिको खोजीमा काठमाडौं प्रहरीसहित उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि परिचालित भएको छ । यद्यपि, हालसम्म उनी पक्राउ परेका छैनन् ।निर्वाचनको विरोधमा रहेको कुनै समूहले आफ्नो उपस्थिति देखाउन विष्फोट गराएको हुनसक्ने आशंका गरिएको छ । घटनामा कुनै क्षति भएको
पूर्वमन्त्री टेकबहादुर बस्नेत चढेको गाडी दाङमा दुर्घटनामा परेको छ। दुर्घटनामा बस्नेतसहित १० जना घाइते भएका छन्।मन्त्री बस्नेत सवार बा ८ च ६९२५ नम्बरको बोलेरो र ना अ प ९४१ नम्बरको एम्बुलेन्स बिहीबार दिउँसो आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार दुर्घटनामा बस्नेत, बोलेरो चालक रमेश ओली र महेश घर्ती घाइते भएका छन्।त्यसैगरी एम्बुलेन्समा सवार रुकुम पश्चिमका कलिभान खत्री, विष्णु खत्री, श्यामप्रसाद शर्मा, राधिका शर्मा७कदत्रगयस पुतली खत्री, सुभास शर्मा र शम्भुप्रसाद शर्मा घाइते भएका छन्।घाइते सबैको राप्ती प्रादेशिक अस्पताल त
मकवानपुरको कामानेमा शंकास्पद वस्तु फेला परेको छ । स्थानीय तह निर्वाचनको बिहानै हेटौंडाको कमानेमा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।शंकास्पद वस्तु फेला परेको जानकारी पाएलगत्तै सो क्षेत्रलाई शिल गरिएको छ । उक्त शंकास्पद वस्तु डिस्पोजको तयारी भइरहेको छ । सो शंकास्पद वस्तु डिस्पोजको लागि नेपाली सेनाको टोलीलाई बोलाइएको छ ।
तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ ।ब्यास नगरपालिका-८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको जोशीले बताएका छन् । उनको टाउकोमा चोट लागेको छ ।कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा दीपक नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार बनेका छन् ।जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा आफूमाथिआक्रमण भएको बताए । ‘२ मिनेट मात्र ढिला (कोठा) भित्र आएको भए म मर्न पनि सक्थें’ उनले भने, ‘अहिले पनि बाहिर गुण्डाहरु छन्, म भित्र छु ।’कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेको भन्दै जोशीमाथि कुटपिट गर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.