पूर्वमन्त्री टेकबहादुर बस्नेत चढेको गाडी दाङमा दुर्घटनामा परेको छ। दुर्घटनामा बस्नेतसहित १० जना घाइते भएका छन्।

मन्त्री बस्नेत सवार बा ८ च ६९२५ नम्बरको बोलेरो र ना अ प ९४१ नम्बरको एम्बुलेन्स बिहीबार दिउँसो आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार दुर्घटनामा बस्नेत, बोलेरो चालक रमेश ओली र महेश घर्ती घाइते भएका छन्।

त्यसैगरी एम्बुलेन्समा सवार रुकुम पश्चिमका कलिभान खत्री, विष्णु खत्री, श्यामप्रसाद शर्मा, राधिका शर्मा७कदत्रगयस पुतली खत्री, सुभास शर्मा र शम्भुप्रसाद शर्मा घाइते भएका छन्।

घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था सामान्य छ।