धरान : ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि सुनसरी जिल्लामा ४ हजार ६ सय ४८ जना कर्मचारी खटाइएको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले दिएको जानकारी अनुसार १ सय ६६ मतदान स्थलमा ५ सय ८१ मतदान केन्द्रका लागि ५ सय ८१ जना मतदान अधिकृत, ५ सय ८१ जना सहायक मतदान अधिकृत, १ हजार १ सय ६६ जना सहायक कर्मचारी, ५ सय ८१ सहयोगी कर्मचारी र १ हजार ७ सय ७३ जना स्वयम् सेवक गरी जम्मा ४ हजार ६ सय ४८ जना कर्मचारी खटाइएको छ । आज र भोलि मतदाता परिचय पत्र वितरण गरिँदै निर्वाचन आयोगले आज र भोलि मतदान स्थलबाटै मतदाता परिचय पत्र वितरण गर्दैछ । जहाँको मतदाता हो त्यही मतदान
दाङ / नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका–१७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन् ।एमालेको तर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाएको छ । उनले आज मनोनयन दर्ता गराएका हुन । लबरुको निधन भएपछि निर्वाचन आयोगले त्यस वडाको निर्वाचन ३ जेठमा गर्ने जनाएकाे छ ।
सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका समर्थकबीच झडप हुँदा ६ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ता गाउँपालिका–६ स्थित ऋषिडाँडामा दुई पक्षबीच झडप भएको हो।मंगलबार राति साढे ११ बजेतिर सामान्य विवाद भएको थियो। त्यसपछि दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।उक्त झडप नियन्त्रणमा खटिएका डिएसपीसहित चार जना प्रहरीलाई सामान्य चोट लागेको उनले बताए।यस्तै, नेकपा एमाले समर्थक २४ वर्षीय इन्द्र विक र ३६ वर्षीय सुनिल विक झडपमा परी घाइते भएका छन्।‘उनीहरू घाइते भएको प्रहरीलाई खबर आएको थिएन, पहिल्यै
सबैतिर स्थानीय तहको निर्वाचनको माहोलको तयारी भइरहँदा लुम्बिनीमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको लागि व्यापक तयारी गरिएको छ।आगामी जेठ २ गते परेको २५६६ औं बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने कार्यक्रम तय गरिएको छ।बुद्धपूर्णिमाका दिन भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने तय भएपछि स्वागतसँगै सुरक्षा व्यवस्थापनको लागि विभिन्न तयारी थालिएको छ।मोदी यसअघि पनि लुम्बिनी आउने कार्यक्रम तय भएर अन्तिममा रोकिए पनि यसपटक भने आउने पक्का भएपछि भारतीय सैनिकको टोली समेत लुम्बिनी आइपुगेको छ।बुधबार बिहान सवा १० बजे भारतीय प्रधानमन्त्री मोदी र अतिविशिष्ट पाहुनाहरूको बन्
काठमाडौ । स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न काठमाडौंबाट गाउँ फर्किनेहरुको चाप उपत्यकाका बस पार्कहरुमा बढेको छ ।बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउँन अब दुई दिन मात्रै बाँकी छ । निर्वाचनको दिन सरकारले सार्वजनिक यातायातका साथै हवाइ सेवा पनि बन्द गर्ने निर्णय गरेको छ । जसले गर्दा बसपार्कमा मात्रै नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको आन्तरिक उडानमा पनि यात्रुहरुको चाप बढेको छ ।बिभिन्न जिल्लाबाट कामको सिलसिलामा काठमाडौं आएर बसेकाहरुको मतदाता नामावली आफ्नो स्थानीय तहमा भएका कारण भोट हाल्न उनीहरु गाउँ फर्किन लागेका हुन् । त्यस्तै कतिपय स्थायी रुपमै काठमाडौं उपत्यकामानै बसोबास गर
काठमाडौं । देशभरका सबै मतगणनास्थलमा सीसीटिभी क्यामेराबाट निगरानी गर्न असम्भव हुने निर्वाचन आयोगले जनाएको छ । सबै मतगणना स्थलमा सीसीटीभी जडान सम्भव नभएपछि भीडीओ रेकर्ड भने गरिने आयोगले जनाएको छ ।निर्वाचन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सबै ७ सय ५३ स्थानीय तहलाई मतगणना स्थलमा सीसीटीभी क्यामेरा राख्ने व्यवस्थाका लागि परिपत्र गरेको थियो ।त्यस अनुसार स्थानीय तहले व्यवस्थापन गर्न नसक्दा आधाभन्दा कम स्थानीय तहमा मात्रै सीसीटीभीबाट मतगणनाको निगरानी सम्भव भएको हो ।‘करिब ३०० मतगणना स्थलमा मात्रै सीसीटीभी क्यामेरा हुने भएको छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘हामीले सीस
काठमाडौं । स्थानीय तहको चुनावमा तीन दिन विद्यालय विदा हुने भएको छ। मतदान केन्द्र रहेका विद्यालयहरू २८ गतेदेखि ३० गतेसम्म तीन दिन विदा हुने भएका हुन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकोले मतदानस्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन आग्रह गरेको छ।सो अवधिमा विद्यार्थीहरुलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएसँगै विद्यालयमा पठनपाठन नहुने भएको हो।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्याल
एजेन्सी| एप्पलले नयाँ फ्ल्यागशिप आईफोन सिरिज प्रायः सेप्टेम्बरमा सार्वजनिक गर्ने गर्छ । यस वर्ष पनि कम्पनीले सोही समय तोकेको थियो । तर, चीनमा कोभिड संक्रमण तीव्र रूपले बढेसँगै कथाले नयाँ मोड लिएको छ ।आजका मितिसम्म आईफोन १४ सेप्टेम्बर दोस्रो सातामा नै अपेक्षा गरिएको छ । तर, केही प्रतिवेदनले याे सिरिज सार्वजनिक हुन केही ढिलाइ हुनसक्ने अनुमान गरेका छन् । एप्पलले यस वर्ष चारवटा नयाँ आईफोन मोडेल सार्वजनिक गर्नेछ, जसमा आईफोन १४, आईफोन १४ म्याक्स, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स छन् ।प्रतिवेदनमा ढिलो हुने भनिए पनि ठ्याक्कै कहिले सार्वजनिक हाेला भन्ने खुलाइएका छैन । आईफोन १४ सिरिज सार्वजनि
काठमाडाैँ | निर्वाचन आयोगले आज र भोलि मतदाता शिक्षा दिने भएको छ। नयाँ मतदाताहरूलाई मत हाल्ने बारेमा जानकारी नभएकोले मतदाता शिक्षामा समेटेर त्यसलाई सिकाइने आयोगले जनाएको हो ।आयोगले सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकाउनेछ। स्थानीय तहको निर्वाचनका लागि मंगलबार राति १२ बजेबाट नै मौनावधि सुरु भइसकेको छ। यो अवधिमा उम्मेदवार, नेता, कार्यकर्ताहरूले कुनै पनि प्रचारप्रसार र विभिन्न माध्यमबाट भोट माग्न पाउने छैनन्।यसको अनुगमनको लागि आयोगले अनुगम टोली खटाइसकेको छ। अनुगमन टोलीले निर्वाचन आचारसंहीता विपरीत काम गरेको पाइएमा तत्क
भारतको केरला सरकारले गरिबीको रेखामुनि रहेका २० लाख परिवारलाई निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको छ । सरकारले विधानसभा निर्वाचन क्षेत्रका आधारमा पहिलो चरणमा हरेक क्षेत्रका सय परिवारलाई यो इन्टरनेट उपलब्ध गराउने घोषणा गरेको हो ।यसको सुरुवात यही मे महिनाको अन्त्यबाट हुने जनाइएको छ । सन् २०१७ मा पिनाराई विजयन सरकारले ल्याएको यो कार्यक्रम हालको सरकारले कार्यान्वयनमा ल्याउन लागेको हो । केरला अप्टिकल फाइबर नेटवर्क नाम दिइएको यस परियोजनाका लागि इन्टरनेट सेवा प्रदायक (आईएसपी) छनोटको काम अघि बढिसकेको परियोजना प्रमुख सन्तोष बाबुले वताएका छन् ।उनका अनुसार यो परियोजना अन्तर्गत ३० हजार सरकारी निकायमा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.