All Posts By कोशी प्रेस

    Showing १२,९११-१२,९२० of १३,७४९ items.
  • मनु मन्जिल नेतृत्वको इटहरी काङ्ग्रेस घोषणापत्र तयारी समिती बन्यो, १५ गते अगाडि सार्वजनिक हुँदै

    इटहरी : इटहरी एमालेले ९ गते नै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।  नेपाली काङ्ग्रेसले भने बैशाख १५ अगाडि सार्वजनिक गर्ने नेपाली काङ्ग्रेस इटहरीका सचीव मन्दिप भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार मनु मन्जिल नेतृत्वको घोषणापत्र लेखन समिति बनेको छ। सदस्यहरुमा चेतन धमला, भेषजा काफ्ले, विक्रम घिमिरे, मन्दिप भट्टराई लगातारको टीम घोषणापत्र तयारीमा जुटेको छ। "हाम्रो घोषणापत्र लामो हुनेछैन, केही पेजको मात्रै हुनेछ", भट्टराईले भने, " इटहरी काङ्ग्रेसको घोषणापत्र १५ गतेसम्म सार्वजनिक हुन्छ।"

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • ७४७ पटक पढिएको
  • विराटनगरमा विपद् न्युनिकरणका विषयमा अन्तरकृया कार्यक्रम सम्पन्न

    प्रदेश एकको बिराटनगरमा बहुसरोकारवाला निकायका बिच विपद जोखिम न्युनिकरण सम्बन्धि गठन तथा परिचालनको आवश्यत्ता र औचित्य सहितको गोष्ठि सम्पन्न भएको छ । आन्तरिक मामिाल तथा कानुन मन्त्रालय १ नं. प्रदेशका सचिव कालि प्रसाद पराजुलिको अध्यक्षतामा भएको कार्यक्रममा १३ वटै मन्त्रालयका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा प्रदेश १ मा आउने सम्भावित बाढि पहिरो , डुवान र अगलागी जस्ता विपदका बेलामा कसरी तयारी गर्ने र भएको स्रोत साधनलाई कुन क्षेत्रमा सहि सदुपयोग गर्ने भन्ने विषयमा उक्त कार्यक्रम आयोजना गरिएको हो । विपदका बेलामा कोहि कसैको पनि धन जनको क्षेति नहोस भनि पुणर् तयारीका साथ कसरी काम गर्

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • ४५ पटक पढिएको
  • भरतपुर महानगरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

    ९ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन् ।३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार उपमेयर पार्वती शाह ठकुरीलाई राजीना बुझाएकी हुन् । उनको राजीनामा उपमेयर ठकुरीले स्वीकृत गरेकी छिन् ।निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठबन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिएकी हुन् ।पाँच दलीय गठबन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।  ११ र १२ वैशाखमा उम्मेदवारहरुले मनोनयन दर्ता

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • १३८ पटक पढिएको
  • एमालेमा फर्किन् पूर्वराजदूत लक्की शेर्पा

    ९ वैशाख, काठमाडौं । पूर्वराजदूत लक्की शेर्पा पुनः नेकपा एमालेमा फर्किएकी छन् ।शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा शेर्पालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् संविधानसभाकी सदस्य समेत रहेकी शेर्पालाई अध्यक्ष ओलीले खादा ओढाएर स्वागत गरेका हुन् ।अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराएका छन् ।नवउद्घाटित केन्द्रीय कार्यालयमा आयोजित पूर्व कार्यक्रममा केन्द्रीय सहकारी विभागका शालिकराम पौडेल, सागर ढकाल, कोषबहादुर जिसी, शिक्षक गोविन्दप्रसाद आचार्य, वेली तामाङ, माओवादी केन्द्रका पूर्वक

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • ५१ पटक पढिएको
  • भारतीय प्रधानमन्त्री विवादास्पद काश्मिरमा जाने, सुरक्षा व्यवस्था कडा

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत र पाकिस्तानका बीचको विवादास्पद क्षेत्र जम्मु र काश्मिरमा जाने भएका छन् । सो क्षेत्रमा गएको तीन वर्षदेखि भारतले कडा कारबाही गर्ने गरी कडा सुरक्षा कानुन जारी गरेको थियो । त्यसयता सो क्षेत्रमा भारतका अधिकारीहरु उपस्थित भएका छैनन् ।तर प्रधानमन्त्री मोदी भने आइतबार सो क्षेत्रमा जाने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारत अधिनस्थ सो क्षेत्रमा भारत सरकारले निगरानी राख्ने गरेको छ । मोदी सरकार हिन्दू अतिवादीहरुको बाहुल्यताको समर्थनको सरकार रहेकाले पनि जम्मु काश्मिर क्षेत्रमा बहुसंख्यक मुस्लिम समुदायको बसोबास रहने गरेकाले पनि ती क्षेत्रहरुमा भारत सरकारले सन् २

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • १७५ पटक पढिएको
  • एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

    काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् ।  पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् ।  घोषणापत्रलाई निर्वाचनमा महत्वपूर्ण मानिन्छ, जहाँ दलको प्रतिबद्धतासँगै पाँच वर्षे नीति तथा कार्यक्रमको स्पष्ट खाका हुन्छ । दलका प्रतिनिधि निर्वाचनबाट निर्वाचित भएको अ

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • ९७ पटक पढिएको
  • स्थापनाकालदेखि असन्तुष्टि, यस्ताे छ कम्युनिस्ट पार्टीको जुट र फुटको शृंखला

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना हुँदाखेरिको मतभेद अझैसम्म जारी छ । स्थापनाकालमा डा. केशरजंग रायमाझी, मनमोहन अधिकारीलगायतले थाहा नदिइ सुटुक्क नेकपा स्थापना गरेको भन्दै संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसहितप्रति असन्तुष्टि जनाएका थिए ।सोही असन्तुष्टि अन्ततः चर्को मतभेदमा परिणत भएको थियो ।मतभेदकै कारण हाल छिन्नभिन्न अवस्थामा कम्युनिस्ट पार्टीहरू छन् । ‘नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास’ पुस्तकका लेखक तथा राजनीतिक विश्लेषक सुरेन्द्र केसीका अनुसार कम्युनिस्ट पार्टीका नेतृत्वमा देखिएको स्वेच्छचारिता, दक्षिणपन्थ प्रवृत्ति र कार्यशैलीगत मतभेद पार्टी छिन्नभिन्न हुनुको कारण हो ।हुन पनि स्थापना

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • १४७ पटक पढिएको
  • ललितपुरमा स्थानीय निर्वाचनको कमाण्ड महिलाको काँधमा

    ललितपुर / ललितपुरमा आसन्‍न स्थानीय तहकाे निर्वाचनकाे कमाण्ड महिलाले सम्हालेका छन् । ६ स्थानीय तह रहेकाे ललितपुर जिल्लामा ४ मा निर्वाचन गराउने जिम्मा महिलाले लिएका छन् । बाँकी दुई पालिकामा मात्र पुरुष मुख्य निर्वाचन अधिकृत छन् ।त्यति मात्र हाेइन ललितपुरको जिल्ला निर्वाचन कार्यालय पनि गोमा धमलाले सम्हालेकी छन् । महालक्ष्मी नगरपालिकामा सर्वोच्च अदालतकी एजलास अधिकृत शारदा फुयाल, गोदावरीमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयकी श्रद्धा अर्याल, कोन्ज्योसोम गाउँपालिकामा सर्वोच्च अदालतकै इजलास अधिकृत देविकुमारी चौधरी र माहांकाल गाउँपालिकामा ललितपुर सरकारी वकील कार्यालयकी उपन्यायाधिवक्ता सुशीला ज्ञ

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • ५७ पटक पढिएको
  • कैलालीको घोडाघोडी नगरपालिकाका मेयर चौधरीले दिए राजीनामा

    ९ वैशाख, धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले पदबाट राजीनामा दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः मेयरमा उम्मेदवारी दिने भन्दै चौधरीलेउपप्रमुख प्रेमकुुमारी थापालाई राजीनामा बुुझाएका हुन् ।‘निर्वाचन आचारसंहिता लागुु भएका कारण कामकाज गर्न नसकिने अवस्था र अगामी निर्वाचनमा पुुनः उम्मेदवार बन्ने आकांक्षा भएकाले पदबाट राजीनामा दिएको हुुँ,’ चौधरीले अनलाइनखबरसँग भने । नेकपा एमाले कैलालीका उपसचिवसमेत रहेका चौधरी २०७४ सालमा भएको निर्वाचनमा घोडाघोडी नगरपालिकाको मेयरमा विजयी भएका थिए ।चौधरीले माओवादी केन्द्रका लक्ष्मण चौधरीलाई पराजीत गरेका थिए । यस्तै पुुनः द

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • १०३ पटक पढिएको
  • एमालेले गर्यो १७ योद्धालाई सम्मान

    नेकपा एमालेले कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा १७ योद्धालाई सम्मान गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा कम्युनिस्ट आन्दोलनलाई उचाईमा पुर्याउन सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको एमालेले जनाएको छ ।उनीहरुलाई प्रमाणपत्र र पुष्पगुच्छासहित अध्यक्ष केपी शर्मा ओलीले सम्मान गरेका हुन् ।

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • ५५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]