इटहरी : इटहरी एमालेले ९ गते नै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।  नेपाली काङ्ग्रेसले भने बैशाख १५ अगाडि सार्वजनिक गर्ने नेपाली काङ्ग्रेस इटहरीका सचीव मन्दिप भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार मनु मन्जिल नेतृत्वको घोषणापत्र लेखन समिति बनेको छ। सदस्यहरुमा चेतन धमला, भेषजा काफ्ले, विक्रम घिमिरे, मन्दिप भट्टराई लगातारको टीम घोषणापत्र तयारीमा जुटेको छ।

"हाम्रो घोषणापत्र लामो हुनेछैन, केही पेजको मात्रै हुनेछ", भट्टराईले भने, " इटहरी काङ्ग्रेसको घोषणापत्र १५ गतेसम्म सार्वजनिक हुन्छ।"