All Posts By कोशी प्रेस

    Showing १२,९८१-१२,९९० of १३,७४९ items.
  • एन्फा मोरङमा पूर्व राष्ट्रिय खेलाडी सन्जिव बुढाथोकी

    उर्लाबारी । मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पूर्व राष्ट्रिय खेलाडी सन्जिव बुढाथोकी निर्वाचित भएका छन् ।विराटनगरमा आइतबार सम्पन्न साधारण सभामार्फत बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको हो ।समितिको उपाध्यक्षमा दिपेन्द्र तिवारी, भुपाल श्रेष्ठ र धनकुमा लामा रहेका छन् । सदस्यहरुमा बसन्तराज अर्याल, राजेशकुमार व्यञ्जनकार, खगेन्द्र थेवे, दिपेन्द्र धिमाल, विशाल तामाङ, इन्द्र राई, इन्द्रमणी पोखरेल, शेखर कार्की, उद्धव अर्याल र सचिन घिमिरे रहेका छन् । महिला सदस्यमा कौशिला लिम्बु रहेकी छन् ।बुढाथोकी उर्लाबारी-२ निवाशी पुर्व राष्ट्रिय खेलाडी हुन् ।

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • १४७ पटक पढिएको
  • वीणा उल्का वर्षा आजदेखि सक्रिय, वैशाख ९ गते नेपालबाट देख्न सकिने

    ५ वैशाख, काठमाडौं । सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर अर्थात वर्षको पहिलो पटक देखिने उल्का वर्षा) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । वैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म उल्का वर्षा हेर्न/देख्न सकिने उनले बताए ।५ वैशाख, काठमाडौं । सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।आजदेखि सक्रिय हुने

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • ६० पटक पढिएको
  • पाँचथरमा घर शिलान्यास गर्दैगर्दा पहिरो खसेर मृत्यु

    पाँचथर : पाँचथरको फिदिम नगरपालिका १ बुद्धचोकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा अन्दाजी ६५ वर्षीय गोपाल ढुङ्गाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी राकेश थापाका अनुसार सोमबार (आज) बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो ।सो क्रममा उनी पुरिएका थिए । स्थानीय मदन पन्धाकको घडेरीमा घर बनाउन पूजा गर्नेक्रममा ढुंगानको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।शवलाई पोस्टमार्टका लागि जिल्ला अस्पताल पाँचथर लैजाने तयारी भइरहेको डीएसपी थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेक

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • ५५ पटक पढिएको
  • बढ्यो गर्मी, पश्चिम तराईमा लगातार ३ दिनसम्म तातो हावा चल्ने अनुमान

    ५ वैशाख, काठमाडौं । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । खासगरी तराई मधेसका जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने विज्ञहरुको भनाइ छ ।मौसमविदहरुका अनुसार लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते तातो हावा चल्ने छ । जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार हिजो देशका सात स्थानमा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको थियो । मौसमविद राजु प्रधानाङ्गका अनुसार हिजो भैरहवाको अधिकतम तापक्रम ४०.४ डिग्री सेल्सियस पुगेको थियो । ‘आज, भोलि र पर्सि पनि तापक्र

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • ५१ पटक पढिएको
  • अनेरास्ववियुले गर्यो विद्यालयलाई पङ्खा सहयोग

    सुन्दरहरैँचा । एमालेसम्बद्ध अनेरास्ववियुले सुन्दरहरैंचा १० स्थित चण्डेश्वरी आधारभूत विद्यालयमा सिलिङ पङ्खा सहयोग गरेको छ । सुकुम्बासी वस्तीभित्रका विपन्न विद्यार्थीहरु पठनपाठन गर्ने उक्त विद्यालयमा गर्मीको समयमा विद्यार्थीको सहजताको लागि आज पङ्खा सहयोग गरेको वताइएको छ ।विद्यार्थीको पक्षमा काम गर्दै आएको अनेरास्ववियुले ५ थान सिलिङ पङ्खा स्कुलका प्रधानाध्यापकसमक्ष हस्तान्तरण गरेको हो । विद्यार्थी नेता मिलन घिमिरेको नेतृत्वमा अनेरास्ववियु सुन्दरहरैंचा नगर कमिटी, सुकुना बहुमुखी क्याम्पस कमिटी र व्यक्तिगत सहयोग जुटाएर पङ्खा प्रदान गरिएको जानकारी गराइएको छ । अनेरास्ववियुले अन्य विद्यालयमा समेत शैक्ष

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • १२२ पटक पढिएको
  • पल प्रकरणमा पिडित गायिकाले कुरा फेरिन्, बलात्कार नभएको बयान

    इटहरी/ अभिनेता पल शाह प्रकरणमा पिडित भनिएकी गायिकाले आफ्नो बयान फेरेको खबर सार्बजनिक भएको छ । पिडक भनिएका शाह पुर्पक्षका लागि कारागारमा छन् ।पीडित गायिकाले तनहुँ जिल्ला अदालतमा बकपत्र दिने क्रममा बयान फेरेकी हुन् । अरुको उक्साहटमा लागेर जाहेरी दिन पुगेको भन्दै जाहेरीमा उल्लेखीत विवरणहरु सत्य नभएको कुरा बताईएको पिडितको तर्फबाट मुद्दा लडिरहेका एक कानुन ब्यवसायीको भनाई छ ।पल सत्य छन, सत्यको जित हुन्छ भन्दै पलको पक्षमा उभिएकी अभिनेत्री पुजा शर्माले पनि यसै बिषयलाई लक्षित गर्दै ‘थ्यान्कु गड’ भन्दै भगवानलाई धन्यवाद दिएको स्ट्याटस सामाजिक संजालमा पोस्ट्याएकी छन् । यस्तै पिडितकि बुवाले समेत बयान फेरेक

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • ५४ पटक पढिएको
  • पुर्वी नेपालका पयर्टन व्यवसायीहरु बैंकबाट ऋण नपाउदा थप सेवा सहित सौन्दर्यकरण गर्न कठिनाई

    मोरङ । कोरोना कहरका कारण लामो समय सम्म सञ्चालन हुन नसकेर समस्या झेलेका पुर्वी नेपालका पयर्टन व्यवसायीहरु बैंकहरुबाट ऋण नपाउदा थप सेवा सहित सौन्दर्यकरण गर्न कठिनाई भई रहेको गुनासो गर्दछन ।     लामो समयपछि पयर्टकीय क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकहरुको चहलपहल बढ्न थालेपनि पयर्टकहरुलाई अझ आकर्षित गर्न थप सेवा र सौन्दर्यकरण गर्नका लागि बैंकहरुले ऋण दिन नसक्दा समस्यामा परेको पयर्टन व्यवसायीहरुले गुनासो गर्न थालेका हुन ।    केही समय यता देखि बैंकहरुले ऋण दिन छोडेकाले पयर्टकहरुका लागि थप सेवा सुविधा वढाउने योजना पुरा गर्न नसकिएको मोरङको लेटाङ ६ मा रहेको लेटाङ भ्यु टावर

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • ५४ पटक पढिएको
  • वाटर पार्कहरुमा गर्मी बढेसगै स्वीमिङ्ग गर्न छिमेकी मुलुक भारतबाट समेत मानिसहरु आउन थाले

    झापा ।  व्यवसायीक रुपमा पानीजन्य मनोरञ्जनका लागि सञ्चालित पुर्वी तराईमा रहेका वाटर पार्कहरुमा गर्मी बढेसगै स्वमिङ्ग गर्न छिमेकी मुलुक भारतबाट समेत मानिसहरु आउन थालेका छन ।  झापाको झिलझिलेमा रहेको वाटर किण्डम पार्क एण्ड रिसोट लगायतका वाटर पार्कहरुमा भारतका विहार,बंगाल ,सिक्किम लगायतका ठाउँहरुबाट गर्मी बढेसंगै स्विमीङ्ग गर्न दैनिक मानिसहरु आउन थालेका हुन ।   पछिल्लो समयमा पुर्वी नेपालका विभिन्न ठाउँका साथै भारतका बिहार,बंगाल ,सिक्किम लगायतका ठाउँबाट समेत पानीहरु गर्मी छल्न स्वीमिङ्गका लागि आउन थालेको आन्तरिक तथा वाह्य पर्यटकहरुलाई पानीजन्य मनोरञ्जन प्रदान गर्ने उद्धेश्यल

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • १७२ पटक पढिएको
  • हप्तामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा

    हप्तामा दुई दिन बिदा दिन नेपाल राष्ट्र बैङ्क र नेपाल आयल निगमले गरेको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागेको पेट्रोलियम पदार्थको खपत कम गर्न नेपाल राष्ट्र बैङ्क र नेपाल आयल निगमले उक्त प्रस्ताव गरेका हुन् ।नेपाल आयल निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार दुई दिन सार्वजनिक बिदा दिँदा अत्यावश्यकबाहेकका सवारी साधनहरू नगुड्ने भएका कारण पेट्रोलियम पदार्थको खपतमा मासिक ३५ प्रतिशतले कमी आउने छ । जसका कारण नेपाल आयल निगमले बेहोरिरहेको घाटा पनि कम हुने उनको भनाइ छ ।हप्तामा दुई दिन बिदा दिने हो भने सवारी साधन कम गुड्ने भएका कारण खपत कम भई मुद्रा व

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • ७८ पटक पढिएको
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन गरिने

    काठमाडौँ / निर्माण कार्य सम्पन्न भई व्यावसायिीक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाइएको छ ।यसैगरी मन्त्री आलेले कोरोना सङ्क्रमण दर निकै कम भएको र जोखिम पनि घटेकाले अब विमानस्थलको सेवा २४सै घण्टा सञ्चालन गराउनसमेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।पुरानो एक हजार ५०० मिट

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • ५२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]