सुन्दरहरैँचा । एमालेसम्बद्ध अनेरास्ववियुले सुन्दरहरैंचा १० स्थित चण्डेश्वरी आधारभूत विद्यालयमा सिलिङ पङ्खा सहयोग गरेको छ । सुकुम्बासी वस्तीभित्रका विपन्न विद्यार्थीहरु पठनपाठन गर्ने उक्त विद्यालयमा गर्मीको समयमा विद्यार्थीको सहजताको लागि आज पङ्खा सहयोग गरेको वताइएको छ ।

विद्यार्थीको पक्षमा काम गर्दै आएको अनेरास्ववियुले ५ थान सिलिङ पङ्खा स्कुलका प्रधानाध्यापकसमक्ष हस्तान्तरण गरेको हो । विद्यार्थी नेता मिलन घिमिरेको नेतृत्वमा अनेरास्ववियु सुन्दरहरैंचा नगर कमिटी, सुकुना बहुमुखी क्याम्पस कमिटी र व्यक्तिगत सहयोग जुटाएर पङ्खा प्रदान गरिएको जानकारी गराइएको छ । अनेरास्ववियुले अन्य विद्यालयमा समेत शैक्षिक सामाग्रीहरु वितरण गर्दै आएको छ ।