इटहरी । सुनसरीको गढी गाउँपालिकामा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ ।बुधबार बिहान गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको स्कुल बसले बाटोको साइडमा बसिरहेकी स्थानीय गुगलीदेवी महतोलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार बिहान करिब ८ः२० बजे चिमडीस्थित बर्जु लेक आर्डडीयल इङ्लिस स्कुलको को १ ख ३३९१ नम्बरको बसले ठक्कर दिँदा गढी–४ निवासी गुगलीदेवी गम्भीर घाइते भएकी थिइन् ।दुर्घटनापछि उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहान १०ः२४ बजे उनको मृत्यु भएको सुनसरी प्रहरीका सूचना अधिकारी प्रहरी नाय
इटहरी। प्रदर्शनका क्रममा ज्यान गुमाएका रवीन्द्र मेहताको शव हेलिकोप्टरमार्फत बुधबार बिहान सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज ल्याइएको छ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा राखिएको उनको शव बिहान करिब १०ः२० बजे कप्तानगन्ज ल्याइएको हो।शवलाई सुरुमा मृतकको घरमा लगेर परिवार, आफन्त तथा स्थानीयले श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि गाउँमा शवयात्रा निकालिएको छ। स्थानीय समाजसेवी अमरेश मेहताका अनुसार हरिनगर र देवानगन्ज क्षेत्रमा शवयात्रा गराइँदै छ। रवीन्द्रको अन्त्येष्टि गोली चलेको स्थानमै गर्ने तयारी गरिएको छ। साँझसम्ममा दाहसंस्कार गरिसक्ने तयारी रहेको मेहताले बताए। गत साउन १० गत
इटहरी। कोशी प्रदेश सरकारमा सहभागी नेपाली काङ्ग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले आज राजीनामा दिने भएका छन्। केन्द्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबिच भएको तीनबुँदे सहमतिअनुसार काङ्ग्रेस सरकारबाट बाहिरिने भएपछि मन्त्रीले राजीनामा दिन लागेका हुन्।नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार संसदीय दलका नेता उद्धव थापाले मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिनुभएको छ। सोही निर्देशनबमोजिम मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका छन्। यसैबिच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काङ्ग्रेसका मन्त्रीहरूलाई धन्यवादसहित बिदाइ गर्ने उद्देश्यले आज अपरा
विराटनगर । नेपालमा मत्स्यपालन क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरणका लागि सरोकारवालाबीच समन्वय र सहकार्य बढाउने उद्देश्यले विराटनगरस्थित होटल स्वागतममा समन्वय बैठक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) को आयोजना तथा USDA र Lutheran World Relief को सहकार्यमा आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, कृषि शाखाका प्रतिनिधि, माछा उत्पादक, व्यवसायी, बिक्री–वितरणकर्ता तथा उपभोक्ता क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।कार्यक्रममा कार्यकारी निर्देशक द्रव्यराज चौधरी ले सहभागीलाई स्वागत मन्तव्य सहित स्वागत गर्नुभएको थ
धनकुटा । धनकुटामा प्रहरीले विभिन्न समयमा बरामद गरेको १ हजार ५२१ केजी अवैध लागूऔषध गाँजा जलाएर नष्ट गरेको छ।जिल्ला प्रहरी कार्यालय धनकुटाले बुधबार धनकुटा नगरपालिका–९, मुलघाटस्थित तमोर नदी किनारमा उक्त गाँजा जलाएर नष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार विभिन्न समयमा बरामद गरिएको १ हजार ५२१ केजी गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको हो। जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहतका प्रहरी कार्यालयले विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेका थिए। प्रहरीले बरामद गरिएको गाँजा सुरक्षित रूपमा राखी आवश्यक कानुनी
इटहरी। सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा पाँच घरपरिवार उच्च जोखिममा छन् । सिस्नेखोलाको निरन्तर कटानका कारण सुरु भएको पहिरो दिनप्रतिदिन फैलिँदै जाँदा स्थानीय बासिन्दा जोखिम मोलेरै गाउँमा बस्न बाध्य छन् । डेढ दशकअघि सोही वडाको चुप्लु गाउँमा पहिरोले घरखेतै सखाप पारेपछि स्थानीय राईबहादुर राई लखेटिएर डाँडाखर्क पुग्नुभएको थियो । दुःखसुख गरेर डाँडाखर्कमा नयाँ ओत त हाल्नुभयो, तर नियति फेरि दोहोरिएको छ । अहिले सिस्ने खोलाको कटानले सुरु भएको विशाल पहिरो उहाँकै आँगनसम्म आइपुगेको छ । डाँडाखर्कको पहिरोले घरबास मात्र ह
मोरङ। मोरङको लेटाङ नगरपालिका–२, बुधबारेस्थित भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते हुनु भएकी ८३ वर्षीया कौशिलादेवी खतिवडाको मृत्यु भएको छ।लेटाङ २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार गत साउन २५ गते बिहान करिब १०ः३० बेलबारीबाट लेटाङतर्फ जाँदै गरेको मे १ च २२८२ नम्बरको म्याजिक गाडीले बाटो काट्दै गरेको प्र.१–०२–००४ ह ७८८० नम्बरको सिटी सफारीलाई ठक्कर दिएको थियो । म्याजिकको ठक्करबाट सिटी सफारीमा सवार कौशिलादेवी खतिवडाको टाउकोमा गम्भीर चोट लागेको थियो । उहाँलाई उपचारका लागि विराटनगरस्थित आर्या न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचाररत खतिवडाको मङ्गलबार राति २ बजे घर
इटहरी : यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व सङ्कलन गरेको छ ।कार्यालयले अघिल्लो आवभन्दा गत आवमा रु ८१ लाख ९२ हजार ६२७ ले बढी राजस्व सङ्कलन गरेको लेखा शाखा प्रमुख पूर्ण राईले जानकारी दिए । यो अघिल्लो आवको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो । कार्यालयले अघिल्लो आव ०८१/८२ मा रु १३ करोड ८२ लाख तीन हजार ५१७ राजस्व सङ्कलन गरेको थियो । त्यसअघि आव ०८०/८१ मा रु ११ करोड ३२ लाख ६१ हजार ६७८ मात्र राजस्व उठाएको थियो । कार्यालयले सबैभन्दा धेरै सवारीसाधन करबाट रु १० करोड ९३ लाख ९१ हजार १८४ राजस्व सङ्कलन गरेको छ । सवारी चालक अनुमति पत्र, सवा
इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो संस्करणको टिकट दर घटाइएको छ । लाखेजात्रा सञ्चालन समितिले आगामी भदौ १२ गते देखि सञ्चालन गर्ने प्रतियोगिताको टिकट दर घटाएको हो ।समितिका अध्यक्ष सागर मादेनका अनुसार क्वाटरफाइनमा दुई सय रुपियाँ, सेमिफाइनलमा तीन सय रुपियाँ र फाइनलका लागि पाँच सय रुपियाँ टिकट दर निर्धारण गरिएको छ। समितिको आधिकारिक अफिसियल फेसबुकमार्फत अध्यक्ष मादेनले श्रव्य दृश्य सार्वजनिक गर्दे टिकट दर घटाइएको जानकारी दिनुभएको हो । यसअघि समितिले क्वाटरफाइनमा तिन सय रुपियाँ, सेमिफाइनलको लागि पाँच सय रुपैयाँ र फाइनलका लागि एक हजार रुपियाँ टिकट दर तोकेको थियो । सो टिकट प्रति
इटहरी: झापाको कनकाई नगरपालिकाबाट हालसम्म ९७ जनाले भूमि प्रशासनसम्बन्धी सेवा लिएका छन् ।नगरपालिकाले गत असार ८ गतेदेखि स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेपछि जग्गापास, रोक्का, कित्ताकाट तथा धनीपुर्जा वितरणको काम हुँदै आएको हो । नगरपालिकाको भूमि प्रशासन शाखाका प्रमुख बद्रीकुमार दाहालका अनुसार सेवा सञ्चालनमा आएयता हालसम्म ९७ वटा जग्गापास तथा रोक्कासम्बन्धी काम सम्पन्न भएका छन् । स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीलाई मालपोत कार्यालय धाउनुपर्ने बाध्यता घटेको छ । ‘भूमि प्रशासन तथा मालपोत सेवाअन्तर्गत धनीपुर्जा वितरण, कित्ताकाट तथा जग्गापाससम्बन्धी काम भइरहेको छ । नगर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.