All Posts By कोशी प्रेस

    Showing २,७११-२,७२० of १२,८१४ items.
  • मोरङको रङ्गेलीमा श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

    इटहरी ।  मोरङको रङ्गेली–५, बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रवक्ता लीलाराज लामिछानेका अनुसार रङ्गेली नगरपालिका(५, बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५, धनपट्टीस्थित ससुराली घर पुगेर मङ्गलबार बिहान २ बजेतिर श्रीमती अम्बिकाकुमारी मण्डलको हत्या गरी आफूूले आत्महत्या गरेका हुन् । मुकेश राति नै ससुराली पुुगेका थिए । मुकेशको घर र ससुराली घरको दूरी एक किलोमिटर भित्र पर्छ । विराटनगर बस्दै आएका दुबै जनाबिच घरायसी विवाद भएपछि अम्बिका माइत बस्दै आउनुभएको थियो । श्रीमानले चक्कुले प्रहार गर्

    • प्रकाशित मितिः माघ २०, २०८२
    • २११ पटक पढिएको
  • सुनसरीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि महिला उम्मेदवारको सहभागिता न्यून, १०८ उम्मेदवारमध्ये १९ जना मात्रै महिला, प्रमुख दलबाट सीमित क्षेत्रमा मात्र मनोनयन

    इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरीमा महिला उम्मेदवारको सङ्ख्या न्यून रहेको छ । यहाँ प्रमुख राजनीतिक दलमध्ये नेपाली कांग्रेसले कुनै पनि क्षेत्रमा महिला उम्मेदवार बनाएको छैन भने नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० एमालेले चारमध्ये एक, राष्ट्रिय स्वतन्त्र पार्टीले एक, जनता समाजवादी पार्टीले एक, नेपाली कम्युनिस्ट पार्टीले एक जना महिला उम्मेदवार बनाएको छ । जिल्लाको चार वटा निर्वाचन क्षेत्रमा कुल १०८ जनाको उम्मेदवारी दर्ता हुँदा १९ जना मात्रै महिलाको उम्मेदवारी परेको छ । यो सङ्ख्या कुल उम्मेदवारको करिब १७।६ प्रतिशत मात्रै हो ।प्रमुख राजनीतिक दलबाट नेकपा ९एमाले० ले निर्व

    • प्रकाशित मितिः माघ २०, २०८२
    • १६४ पटक पढिएको
  • खेलमैदानको अभाव झेल्दै आएको फिक्कल क्षेत्रमा सुविधा सम्पन्न तथा अन्तर्राष्ट्रियस्तरको खेलमैदान निर्माणको तयारी, युनाइटेड फिक्कल क्लबद्वारा १८ रोपनी १२ आना जग्गा खरिद

    इटहरी। इलामको सूर्योदय नगरपालिका १० मा खेलमैदान निर्माणका लागि १८ रोपनी बढी जग्गा खरिद गरिएको छ । खेलमैदानको अभाव रहेको फिक्कल क्षेत्रमा चाँडै सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नका लागि स्थानीय युनाइटेड फिक्कल क्लबले रमितेमा १८ रोपनी १२ आना जमिन खरिद गरेको हो । क्लबको सचिव श्रृजन गदालका अनुसार खेल मैदान निर्माणका लागि २५ रोपनी जमिन पुर्‍याइने छ । १८ रोपनी १२ आना जमिनको लालपुर्जा क्लबले प्राप्त गरी सकेको छ भने थप जग्गाको लालपुर्जा लिने काम भइरहेको छ । क्लबले जग्गा खरिदका लागि रकम जुटाउन विभिन्न सांस्कृतिक कार्यक्रम, सडक महोत्सव, हाउसी खेल सञ्चालन गर्दै आएको थियो । सचिव गदालका अनुसार जग्गा

    • प्रकाशित मितिः माघ २०, २०८२
    • २२४ पटक पढिएको
  • निर्वाचन आचारसंहिता पालना गर्न अनुगमन अधिकृतको अपिल

    इटहरी । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जिम्मेवारी तोकिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृतले सुनसरीमा निर्वाचन आचारसंहिता पालन गर्न अपिल गरेको छ । आयोगले तोकेका अनुगमन अधिकृतले जिल्लामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाधलिरहित, पारदर्शी एवं विश्वासनीय रूपमा सम्पन्न गर्न आचारसंहिता पालन गर्न अपिल गरेको हो । जिल्ला स्तरीय आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि गठित सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको टोलीले उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पालना गरे,नगरेको बारे अनुगमन तथा कारबाही गर्ने भएकाले आचारसंहितालाई पालन गर्न अपिल गर्नुभएको छ । निर्वाचनलार्य स्वच

    • प्रकाशित मितिः माघ २०, २०८२
    • १६५ पटक पढिएको
  • मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह

    इटहरी । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक सञ्जालबाट ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भनेर प्रश्न सोधी मतदाताको गोपनीयता भङ्ग नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेले विज्ञप्ति निकालेर यस्तो आग्रह गर्नुभएको हो । केही अनलाइन सञ्चारमाध्यमले मतदाताहरुसँग कुन दल, उम्मेद्वार र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ, भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएकाले त्यसलाई रोक्न सार्वजनिक सूचना निकालेको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत प्रसाइँको भना

    • प्रकाशित मितिः माघ १९, २०८२
    • २३० पटक पढिएको
  • नक्कली सुन धरौटी राखेर ठगी गर्दै हिँड्ने व्यक्ति झापामा पक्राउ

    इटहरी ।  झापाका विभिन्न ठाँउमा गएर नक्कली सुन देखाएर आफूलाई अप्ठ्यारो परेको र उपचारका लागि रकम अभाव भएको भन्दै ठगी गर्दै हिड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उदयपुर चौदण्डीगढी नगरपालिका वडा ३ बस्ने ४३ वर्षीय जितबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर बजारमा रहेको भोजपुर ज्वेलर्समा बिकले सुन जस्तो देखिने पहेलो धातु ९नक्कली सुन० धरौटी राख्न खोजेपछि यो रहस्य खुलेको हो । यसभन्दा अघि बिर्तामोडमा पनि बिक यस्तो कार्यमा संलग्न रहेको पाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ज्वेलर्सका सञ्चालकले शंका लागेर

    • प्रकाशित मितिः माघ १९, २०८२
    • २६२ पटक पढिएको
  • झापाको भद्रपुरमा मोटरसाइकलको दुर्घटनामा पैदलयात्रुको मृत्यु

    इटहरी ।  झापाको भद्रपुरमा मोटरसाइकलको दुर्घटनामा परेर पैदलयात्रुको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत भद्रपुर बनियानी सडक खण्डको भद्रपुर–२ स्थित सगरमाथा चोकमा बनियानिबाट भद्रपुर तर्फ आइरहेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले आइतबार साँझ पैदल यात्री स्थानीय ६४ वर्षीय कुलप्रसाद खरेललाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते बन्नु भएका खरेललाई भद्रपुरस्थित ओमसाइ पाथिभरा अस्पताल पुर्‍याइएकोमा स्वास्थ्यकर्मीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनु भयो । दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर–६ निवासी २१ वर्षीय अनुराग घोष घाइते बन्नु भएको छ ।

    • प्रकाशित मितिः माघ १९, २०८२
    • १९५ पटक पढिएको
  • अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार यस वर्ष तीन स्रष्टालाई प्रदान गरिने

    इटहरी । लेखक साहित्यकार तथा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष स्वर्गीय अमर नेम्वाङको स्मृतिमा स्थापित ‘अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार’ यस वर्ष तीन जना स्रष्टालाई प्रदान गरिने भएको छ । अमर नेम्वाङ स्मृति प्रतिष्ठानको पुरस्कार छनोट समितिको बैठकले निबन्धकार तथा पत्रकार दीपक सापकोटा, कवि देवेन्द्र सोक्तेन र लिम्बू याक्थुङ भाषाका साहित्यकार मलिसा याक्थुम्बालाई सम्मान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्वाङले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष वितरण हुन लागेको पुरस्कार सातौँ संस्करणको हो । पुरस्कारस्वरूप प्रत्येक स्रष्टालाई जनही ५० हजार रुपियाँ नगदसहित कदर

    • प्रकाशित मितिः माघ १९, २०८२
    • १८९ पटक पढिएको
  • ताप्लेजुङमा निर्वाचन प्रहरीलाई आइतबारदेखि तालिम दिन सुरु

    इटहरी ।  ताप्लेजुङमा निर्वाचन प्रहरीलाई आइतबारदेखि तालिम दिन सुरु गरिएको छ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीलाई तालिम दिन सुरु गरिएको हो । नेपाल प्रहरीतर्फ छनोट भएका ८४६ जना र शसस्त्र प्रहरीमार्फत छनोट भएका ४६ गरी ८९२ जना निर्वाचन प्रहरीलाई तालिम दिन थालिएको हो । नेपाल प्रहरीमार्फत छनोट भएका निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय चाँगे दोभान र इलाका प्रहरी कार्यालय तेल्लोक गरी तीन स्थानमा तालिम सुरु गरिएको छ । छनोट भएका निर्वाचन प्रहरीलाई तालिममा सहभागी हुनका लागि पायक पर्ने स्थान रोज्न लगाइएको थियो । सोहीअनुसार

    • प्रकाशित मितिः माघ १९, २०८२
    • १४८ पटक पढिएको
  • निषेधको राजनीतिले कोशीमा निर्वाचन सुरक्षा जोखिम बढायो

    इटहरी । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले कोशी प्रदेशमा निर्वाचन सुरक्षा चुनौती बढेको बताउनुभएको छ । धनकुटा सदरमुकामको बालमन्दिरले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पराजुलीले निर्वाचन नचाहने तथा नयाँ र पुरानाका नाममा भइरहेको निषेधको राजनीतिले सुरक्षा चुनौती थपेको बताउनुभयो । कोशीमा निर्वाचनकेन्द्रित विशेष सुरक्षा रणनीतिसाथ होसियारीपूर्वक काम भइरहेको पनि बताउनुभयो । मन्त्री पराजुलीले निर्वाचन नचाहने शक्तिको यस्ता काममा बढी भूमिका रहेको उहाँको भनाइ छ । निर्वाचनलक्षित सभा, भेटघाट, घरदैलो र सामाजिक सञ्जालमा समेत नयाँ र पुरानाका नाममा गैरराजनीतिक र निषेधलाई बल प

    • प्रकाशित मितिः माघ १९, २०८२
    • २०१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]