इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सत्यका पक्षमा उभिँदा जति गाली आए पनि सामना गर्न तयार रहेको बताउनु भएको छ। उहाँका अनुसार हालै दिएको अभिव्यक्तिमा समाजमा व्याप्त झुट र अन्याय अन्त्य गर्न आफू प्रतिबद्ध रहनु भएको छ। उहाँले झुटो समाजलाई सत्यवादी समाजमा रूपान्तरण गर्ने लक्ष्य राखेको बताउँनु भएको छ । साम्पाङले समग्र देशका लागि न्याय आवश्यक रहेकोमा जोड दिँदै सिंहदरबारलाईसमेत संकेत गर्दै राज्य संयन्त्रभित्र सुधारको आवश्यकता औंल्याउँनु भयो।


