All Posts By कोशी प्रेस

    Showing २,९२१-२,९३० of १२,८१४ items.
  • ४७औँ हाङथुम कप २०८२ माघ ५ गतेदेखि सुरु हुने

    मिलन अधिकारी-संखुवासभा । संखुवासभा मादी नगरपालिका–३ मुलखर्कमा ४७ औँ हाङथुम कप २०८२ अन्तर्गत अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष फुटबल प्रतियोगिता माघ ५ गतेदेखि सुरु हुने भएको छ ।“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद – मादी मुलखर्कको पहिचान फुटबलको अभियान” भन्ने मूल नाराका साथ माघ ५ देखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका चर्चित क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा जम्मा ८ टोली सहभागी छन् ।उद्घाटन खेलमा इन्द्रेणी युवा क्लब फुङ्लिङ्ग संखुवासभा र कोशी प्रदेश प्रहरीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा इन्द्रेणी क्लब, बराहक्षेत्र–५ सुनसरी र म्याङलुङ

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • ५२३ पटक पढिएको
  • आयोग विघटनपछि पनि सक्रिय चौदण्डीगढी, भोगाधिकार प्रमाणपुर्जा वितरण

    इटहरी ।  उदयपुरको चौदण्डीगढी नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गाको हक कायम गरी भोगाधिकार दर्ताको प्रमाणपुर्जा वितरण गरेको छ । वडा नं। ६ को सिर्वानीमा आयोजित एक कार्यक्रममा नगरप्रमुख कालुमान लामाले भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गाको भोगाधिकार प्रमाणपत्र वितरण गर्नुभएको हो । सो अवसरमा नगरप्रमुख लामाले राज्यमा पटक पटक आयोग गठन र विघटन गर्दै जाने तथा राज्य कोषको अर्बौं रकम खर्च भए पनि अहिलेसम्म अव्यवस्थित बसोबासीले समेत जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्न सकेको अवस्थामा चौदण्डीगढी नगरपालिकाले भने आयोग विघटन भए पनि आफ्नो सक्रियता बढाएर अब भूमिह

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • २२५ पटक पढिएको
  • सापटी विवादले उग्र रूप लिँदा फुपूमाथि आगो लगाउने भदैनी पक्राउ

    इटहरी ।  पैसा सापटी नदिएको रिसमा फुपूमाथि पेट्रोल खन्याएर आगो लगाई हत्या गर्ने प्रयास गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिद्धिचरण नगरपालिका–११ मिलनचोककी ७४ वर्षीया धर्मलीला देवी राईमाथि गत कात्तिक १० गते उहाँकै घरमा गएर पेट्रोल खन्याई आगो लगाएको आरोपमा भदैनी नाता पर्ने ३९ वर्षीया विष्णु राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटनापछि फरार रहेकी राईलाई प्रहरीको विशेष टोलीले करिब तीन महिनाको खोजतलासपछि पुस २७ गते सिद्धिचरण नगरपालिका–११ मिलनचोकस्थित उहाँकै घरमा लुकिछिपी बसिरहनुभएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • २०८ पटक पढिएको
  • तिलगङ्गा टोलीको शिविरले उदयपुरमा फर्काइदियो दृष्टि

    इटहरी । विगत तीन वर्षदेखि दुवै आँखाका ज्योति गुमेपछि छामछामछुमछुम गर्दै जीवन गुजारा गर्दै आएकी उदयपुरको रौतामाई गाउँपालिका–२, बोदेकी ५० वर्षीय चरीमाया तामाङलाई फेरि यो सुन्दर संसार हेर्ने सौभाग्य मिलेको छ । तिलगङ्गा आँखा अस्पताल काठमाडौँका डा. सन्दुक रुइतको समूहले सफल शल्यक्रिया गरेपछि उहाँलाई बाहिरी संसार र आफ्ना सन्तानको मुख देख्ने यस्तो सौभाग्य मिलेको हो । चरीमाया मात्र होइन, उदयपुरको चौदण्डीगढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क आँखा शिविरमा करिब ४५२ जना आँखाका बिरामीको मोतीविन्दुको शल्यव्रिmया सम्पन्न भएको छ । बिहानसाँझ, घरआँगन, आफन्त परिवार सबै केवल आवाज र स्पर्शका भरमा चिनिन्थे । आ

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • २४९ पटक पढिएको
  • धरान उपमहानगरपालिकामा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु

    इटहरी । धरान उपमहानगरपालिकामा धारिलो हतियार खुकुरीको प्रहारबाट एक जनाको मृत्यु भएको छ । धरान–११ पुण्यमार्गमा बस्ने ३५ वर्षीय रुपक राईको मङ्गलबार राति आफ्नै घरभित्र टाउकोमा खुकुरी प्रहारबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भीषण बाबु राईले जानकारी दिनुभयो  । मृतक राईको टाउकोमा पटक–पटक खुकुरीले प्रहार गरिएको देखिएको उहाँले बताउनुभयो । टाउकोमा खुकुरी प्रहारका कारण गम्भीर चोट लागि उहाँको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलको मुचुल्का उठाई शव पोस्टमार्टमका लागि वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ९घोपा० पठाइएको प्रहरीले जनाएको छ ।प्र

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • १८६ पटक पढिएको
  • धनकुटामा निर्वाचन प्रहरीमा आकर्षण कम

    इटहरी ।  धनकुटामा निर्वाचन प्रहरीमा आकर्षण निक्कै कम देखिएको छ । सरकारले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि पुस २५ गतेबाटै दरखास्त आह्वान गरेको छ । तर आवेदन खुलाएको पाँच दिनमा करिब ६ सय जनाको मात्र आवेदन परेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । धनकुटाका लागि नेपाल प्रहरी तर्फ नौ सय ८९ र शसस्त्र प्रहरीमा ९६ गरी एक हजार ८५ निर्वाचन प्रहरीको कोटा छ । आवेदन न्यून परेपछि जिल्ला प्रहरी कार्यलयले थप दुई स्थानबाट समेत आवेदन दिने व्यवस्था मिलाएको छ । जिल्ला प्रहरी कार्यलयसहित इलाका प्रहरी कार्यलय छिन्ताङ र इलाका प्रहरी कार्यलय राजारानीबाट समेत आवेदन दिन सक

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • १७१ पटक पढिएको
  • राष्ट्रपति रनिङ शिल्डमा पान्दोलुङ च्याम्पियन

    इटहरी । मेरिङदेन गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पान्दोलुङ मावि नाल्बु च्याम्पियन बनेको छ । १३ स्वर्ण, ६ रजत र ७ कांश्य पदक जित्दै पान्दोलुङ च्याम्पियन बनेको हो ।   स्वर्ण, ७ रजत र ४ काश्य पदक जितेको पृथ्वी मावि खाम्लुङ द्वितीय र ६ स्वर्ण, ४ रजत र ४ काश्य पदक जित्दै लक्ष्मी मावि तृतीय भएको पालिकाले जनाएको छ । २ स्वर्ण, ३ रजत र २ काश्य पदक जितेको त्रिभुवन मावि थुकिमा चौथो हुँदा सूर्यदेवी मावि सान्थाक्रा १ स्वर्ण, ६ रजत र २ कांश्य पदक जितेर पाँचौँ भएको छ । सुर्के मावि थुकिमाले १ स्वर्ण, १ रजत र १ काश्य पदक जितेर छैटौँ भएको छ भने स्वर्णविही

    • प्रकाशित मितिः पुस २९, २०८२
    • २५७ पटक पढिएको
  • सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनु पर्नेमा सभामुख घिमिरेको जोड

    इटहरी । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त गर्न सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनु पर्नेमा जोड दिनु भएको छ ।बिर्तामोडमा आज पत्रकार सम्मेलन गरेर उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबै पक्ष सहभागी हुनु पर्नेमा जोड दिनुभएको हो । ताजा जनादेशको  विकल्प नभएको धारणा व्यक्त गर्दै उहाँले आगामी माघ ५ गते आफ्नो कार्यकाल समाप्त हुने बताउनु भयो । तीन वर्षे कार्यकालमा मतदाताको विकासको चाहना पूरा गर्न आफूले हरसम्भव प्रयत्न गरेको बताउनु भयो ।

    • प्रकाशित मितिः पुस २९, २०८२
    • २४३ पटक पढिएको
  • बोराबाँधमा देखिन थाले सोँस डल्फिन, बढ्दै पर्यटकको आकर्षण

    इटहरी। नेपालका नदिनालाहरुमा कम मात्रमा देखिदै आएको सोँस ९डल्फिन० सप्तकोसी नदीको सूर्य अस्तक्षेत्र बोराबाँध क्षेत्रमा देखिन थालेपछि सोँस हेर्न आन्तरिक पर्यटकहरु बोराबाध आउने गरेका छन् । गत मङ्सिरबाट सूर्य अस्तको दृश्य अवलोकन गर्ने स्थानका रुपमा परिचित बनेको बोराबाँध क्षेत्रबाट सोँस देखिन थालेपछि आन्तरिक र बाह्य पर्यटकहरुको भिड बढ्न थालेको छ ।गङ्गाको बाघ भनेर चिनेने सोँस ९डल्फिन० धेरै वर्षपछि वरेजभन्दा २० किलोमिटर उत्तर सप्तकोसी नदीको बोराबाँध क्षेत्रमा देखिदै आएको डल्फिन संरक्षणमा काम गर्दै आउनुभएको लभ केसीले बताउनुभयो । उहाँका अनुसार जलीय स्तनधारी जन्तुहरूमध्ये सङ्कटापन्न आवस्थामा रहेको सोँस क

    • प्रकाशित मितिः पुस २९, २०८२
    • २१८ पटक पढिएको
  • इटहरीमा समावेशी शिक्षा नीति व्यवहारमा उतार्न सरोकारवालाबीच बृहद् छलफल

    इटहरी। अपाङ्गता भएका बालबालिका, भाषिक तथा सांस्कृतिक विविधता भएका विद्यार्थी तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायका बालबालिकालाई समावेशी शिक्षामा समेट्न सकिने व्यवहारिक उपायबारे सरोकारवाला पक्षबिच इटहरीमा बृहद् छलफल गरिएको छ । इटहरीमा आयोजित एक कार्यक्रममा सहभागी सरोकारवालाले समावेशी शिक्षाको नीति कागजमा मात्र सीमित नभई सबै प्रकारका फरक क्षमता भएका बालबालिकासमेतका लागि हुने गरी व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएका छन् । काठमाडौँ विश्वविद्यालयले यहाँ आयोजना गरेको “समावेशी शिक्षा स् नीति र अभ्यास” विषयक कार्यशालामा सहभागी शिक्षाविद् तथा सरोकारवालाहरुले सो कुरामा जोड दिनुभएक

    • प्रकाशित मितिः पुस २९, २०८२
    • ३८४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]