All Posts By कोशी प्रेस

    Showing ३,०२१-३,०३० of १२,८१४ items.
  • कानेपोखरी – लेटाङ्ग – जाँते हुँदै पथरीको जाँते मोड ( नयाँ रुट) सडक संचालनमा

    इटहरी । मोरङको पथरी शनिश्चरे –१० मोरङ्गी खोलामा सडक निर्माणका क्रममा सडक किनारा धस्सिएपछि सवारी साधन आवातजावतका लागि नयाँ लामो डाइभर्सन संचालनमा ल्याइएको छ । हाललाई मोरङको पथरी शनिश्चरे वडा नं १ को जाँते मोड देखि जाँते गाउँ हुँदै लेटाङ र कानेपोखरी सडकलाई अल्पकालीन सडक सञ्चालनमा ल्याइएको हो । मोरङ्गी खोलाको सडकको दक्षिण पश्चिम पट्टि भागमा एसियन हाइवे रोडको थप पूर्वाधार निर्माणका क्रममा धसिएका कारण सवारी साधन आवागमनमा पुर्ण रुपमा रोक लगाइएको छ । नजिकमा अर्को विकल्पको बाटो नहुँदा ठूला– साना सबै सवारी साधनहरू तथा यात्रुहरूले पश्चिमबाट आउँदा कानेपोखरी देखि लेटाङ बजार – जाँतेगाउँ हुँदै पथरीको जाँते

    • प्रकाशित मितिः पुस २१, २०८२
    • ३३३ पटक पढिएको
  • छिन्नमस्ता गाउँपालिका ५ लोखरमका विपन्न दलित एक सय ५० परिवारलाई कम्बल वितरण

    इटहरी। छिन्नमस्ता गाउँपालिका ५ लोखरमका विपन्न दलित परिवारहरूलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार १ सय ५० परिवारलाई कम्बल वितरण गरेको छ । यसअघि झाडा पखालाबाट प्रभावित क्षेत्र भएकोले अति विपन्न परिवारको बस्ती भएकोले पछिल्लो दुई साता यता अत्यधिक जाडो बढेपछि तत्काल केही राहत हुने उद्देश्यले कम्बल वितरण गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेले जानकारी दिनुभयो । कम्बल वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बिध्यानन्द चौधरी, राष्ट्रिय अनुसन्धान प्रमुख कुलचन्द नेपाल तथा वडा अध्यक्ष जयप्रकाश ठाकुरको उपस्थिति रहेको थियोे । जिल्लामा शितलहर बढेपछि दलित,सिमान्तकृत तथा विपन्न परिबारले बाक्लो

    • प्रकाशित मितिः पुस २१, २०८२
    • २८३ पटक पढिएको
  • जग्गा लिलामी प्रक्रियामा गएपछि लालबहादुरले बैंकभित्रै गरे आत्मदाह प्रयास

    इटहरी। सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंकभित्रै एक ऋणीले आत्मदाह प्रयास गरेका छन् । इटहरी आइतबारेका लालबहादुर पौडेलले एनआईसी एसिया बैंकको इटहरीस्थित शाखा कार्यालयभित्र शरीरमा पेट्रोल छर्किन खोजेका हुन् । उनी बोतलमा पेट्रोल बोकेर बैंक गएका थिए । आफ्नै शरीरमा पेट्रोल छर्किन खोजेपछि उनलाई बैंकका कर्मचारी र दुर्गा प्रसाईँको नागरिक बजाउ अभियानका सदस्यले जोगाए । पौडेलले इटहरीमा रहेको जग्गा इटहरीकै व्यवसायी गंगाराम साह तेलीलाई धितोमा राख्न दिएको बुझिएको छ । झापामा मदिरा फ्याक्ट्री सञ्चालनका लागि भनेर साहले पौडेलसँग ब्याज दिने सहमतिमा धितो मागेका थिए । साढे २ करोड रूपैयाँमा आफ्नो जग्गा धितो राखेपछि

    • प्रकाशित मितिः पुस २१, २०८२
    • ३२६ पटक पढिएको
  • सोलुखुम्बु जिल्लामा दलित तथा पिछडिएका समुदायलाई लक्षित गर्दै धार्मिक कर्मकाण्डसम्बन्धी तालिम सुरु

    इटहरी । सोलुखुम्बु जिल्लामा दलित तथा पिछडिएका समुदायलाई लक्षित गर्दै धार्मिक कर्मकाण्डसम्बन्धी तालिम सुरु भएको छ। हिन्दु धर्ममा गरिने विभिन्न धार्मिक विधि, पूजापाठ तथा संस्कारबारे व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले एक साताको तालिम आयोजना गरिएको हो। माप्यदुधकोशी गाउँपालिकाको आयोजनामा सुरु भएको तालिममा गाउँपालिकाका सातवटै वडाबाट प्रतिनिधित्व हुनेगरी ११ जना दलित समुदायका व्यक्तिहरूको तालिममा सहभागिता छ। तालिममा जन्म, विवाह, मृत्यु संस्कार, चाडपर्वलगायत धार्मिक कार्यमा गरिने विभिन्न कर्मकाण्डबारे जानकारी दिइँदै सहभागीलाई आधारभूत रूपमा धार्मिक कार्य सम्पन्न गर्न सक्षम बनाउने लक्ष्य लिइएको छ। गा

    • प्रकाशित मितिः पुस २१, २०८२
    • ३१४ पटक पढिएको
  • वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा जारी

    इटहरी। धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको छ । वीरगञ्ज महानगरपालिकाका मुख्य तथा संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पुस २१ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा लागू भएको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचना अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३ क० बमोजिम शान्ति सुरक्षा कायम राख्नका लागि तोकिएका क्षेत्रहरूभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ ।

    • प्रकाशित मितिः पुस २१, २०८२
    • २०५ पटक पढिएको
  • खोटाङका थप दुई ठाउँमा बेलिब्रिज जडान हुने

    इटहरी । खोटाङका थप दुई ठाउँमा बेलिब्रिज जडान हुने भएको छ । खोटाङ र उदयपुर जोड्ने हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम बतासेघाट र लिम्चुबुङ गाउँपालिका –१ बास्बोटेस्थित सुनकोशीमा बेलिब्रिज जडान हुन लागेको हो । यस्तै, खोटाङको वराहपोखरी गाउँपालिका–१ भोर्मा–अजिङ्गरे–फेदिटार र खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे जोड्ने सावा खोलामा पनि बेलिब्रिज जडान हुने भएको कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ । सवारीसाधन वारपारका लागि अस्थायी बेलिब्रिज जडानका लागि खोटाङका उक्त दुई ठाउँ र इलामको फेवाखोला माङ्सेबुङ १ र २ जोड्ने गरी तीन वडा बेलिब्रिज जडानको ठेक्का सोमबार खुलेको छ। ठेक्का प्रक्रिय

    • प्रकाशित मितिः पुस २१, २०८२
    • ३१६ पटक पढिएको
  • कृषि ज्ञान केन्द्र धनकुटाले १७७ मुरी धान उत्पादन गर्ने एक कृषकसहित अन्य सात जनालाई नगदसहित सम्मान

    इटहरी । कृषि ज्ञान केन्द्र धनकुटाले १७७ मुरी धान उत्पादन गर्ने एक कृषकसहित अन्य सात जनालाई नगदसहित सम्मान गरेको छ । केन्द्रले एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट कृषकलाई जनही नगदसहित सम्मान गरेको हो । उत्कृष्ट भइ सम्मानित हुने ६५ रोपनी क्षेत्रफलमा १७७ मुरी धान उत्पादन गरी प्रथम हुने धनकुटाको चौविसे गाउँपालिका–५ सदमटारका यम लिम्बू रहनुभएको छ । त्यस्तै १२ रोपनी क्षेत्रफलमा ९ वटा ग्रीन हाउस हाइटेक टलेलमा व्यावसायिक तरकारी खेती गर्ने छथर जोरपाटी गाउँपालिका–५, स्थित बोक्रेकी डेगमाया लिम्बू द्वितीय र ८० रोपनी क्षेत्रफलमा अलैंची खेती गरी तृतीय हुने पाख्रीबास नगरपालिका–९, स्थित लिसुम्बाका हरिभक्त राईला

    • प्रकाशित मितिः पुस २१, २०८२
    • २१७ पटक पढिएको
  • तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि

    इटहरी ।  तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या तथा घाँटी र काँध क्षेत्रका मांसपेशी कडा हुनुजस्ता कारणले जाडो मौसममा टाउको दुखाइ बढ्ने चिकित्सकको भनाइ छ । कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा रोशन खड्का जाडो मौसमले शरीरको ताप सन्तुलन र रक्तसञ्चार प्रणालीमै प्रत्यक्ष असर पार्ने भएकाले यो समयमा टाउको दुखाइको समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ । उहाँका अनुसार जाडो मौसममा देखिने टाउको दुखाइको अर्को प्रमुख कारण शरीरमा पानीको कमी (डिहाइ

    • प्रकाशित मितिः पुस २१, २०८२
    • २३८ पटक पढिएको
  • अपाङ्गता भएका व्यक्तिको पहिचान र सेवामा चुनौती कायमै

    इटहरी ।  ताप्लेजुङमा दुई हजार पाँच सय ३० जना अपाङ्गता भएका व्यक्तिको पहिचान भइसकेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या दुई हजार नौ सय ७८ रहेको भएता पनि हालसम्म जिल्लामा दुई हजार पाँच सय ३० जना अपाङ्गता भएका व्यक्तिको मात्रै पहिचान भइसकेको हो । आइतबार जिल्ला समन्वय समिति ताप्लेजुङको सभाहलमा सम्पन्न अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा करुणा फाउण्डेसनका व्यवस्थापक कमल कोइरालाले प्रस्तुत गर्नुभएको विवरणले यस्तो देखाएको हो । उहाँका अनुसार बाँकी चार सय ४८ जनाको पहिचान गर्ने क्रम जारी रहेको छ

    • प्रकाशित मितिः पुस २१, २०८२
    • २३९ पटक पढिएको
  • पूर्वपश्चिम राजमार्ग विस्तार , निर्धारित लक्ष्य अनुसार भएन प्रगति

    इटहरी ।  एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन पूर्व–पश्चिम राजमार्ग एसियन हाइवेको काँकरभिट्टा–लौकही सडकखण्ड विस्तारमा निर्धारित लक्ष्य अनुसार प्रगति हुन सकिरहेको छैन । सडक निर्माणमा एकपछि अर्को विवाद, निर्माण सामग्रीको अभाव र विद्युत् प्राधिकरणले विद्युत् पोल समयमा नहटाइदिँदा निर्धारित लक्ष्य अनुसार प्रगति हुन नसकेको हो । कुल १२० किमी लम्बाइको काँकडभिट्टा–लौकही सडकखण्ड विस्तार गर्ने भनिए पनि हाल काँकडभिट्टादेखि इटहरी उपमहानगरपालिकाको लविपुरसम्म ९८ किलोमिटर सडकको मात्र ठेक्का लागेको छ । यो खण्डमा तीन सय मिटरभन्दा लामा छ वटा पुल छन् । ती पुलको अलग अलग दुई वटा ठेक्का र सडकको तीन वटा अलग

    • प्रकाशित मितिः पुस २१, २०८२
    • २२७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]