प्रेक्षा आचार्य
च्याप्टर लिड
लोला इटहरी च्याप्टर
इटहरी । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा लोला (लेडिज अफ लिबर्टि एलायन्स ) इटहरी च्याप्टर ले लियो क्लब अफ इटहरी पाथिभरासँगको सहकार्यमा “महिला अधिकार तथा समानता” विषयक विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
उक्त कार्यक्रम २४ फाल्गुन २०८२ गते इटहरीस्थित एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसमा आयोजना गरिएको थियो। कार्यक्रममा महिला हक, कानुन, अन्तर्राष्ट्रिय नियम कानुन तथा कानुनले महिलालाई प्रदान गरेका अवसरहरूबारे छलफल गरिएको थियो। कार्यक्रम मनिला ढकालद्वारा फ्यासिलिटेट गरिएको थियो, जहाँ उहाँले महिला हक, कानुन, अन्तर्राष्ट्रिय नियम कानुन तथा कानुनले प्रदान गरेका अवसरहरूलाई सरल र सहज रूपमा सहभागीहरूलाई बुझाउनुभएको थियो।
कार्यक्रममा १८ जना सहभागीहरूको उपस्थिति रहेको थियो, जहाँ सहभागीहरूले आफ्नो धारणा राख्दै विषयमा सक्रिय छलफल गरेका थिए। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सहभागी, सहकार्य संस्था तथा सहयोगीहरूलाई लोला इटहरी च्याप्टरले हार्दिक धन्यवाद व्यक्त गरेको छ।


