All Posts By कोशी प्रेस

    Showing ३,०९१-३,१०० of १२,८१४ items.
  • माइती नेपाल इटहरीद्वारा इ–रिक्सा तथा सीपमूलक सामग्री वितरण, ३३ जना लाभान्वित

    इटहरी । इटहरी उपमहानगरपालिका–२ मा रहेको माइती नेपाल परामर्श तथा पुनःस्थापना गृहले इ–रिक्सा ,ब्याट्री मेसिन वितरण समारोह तथा विभिन्न सीपमूलक तालिममा सहभागीहरूलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ । जोखिममा परेका तथा संरक्षणमा रहेका युवतीहरूलाई जीवनोपयोगी सीप प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यसहित माइती नेपालले तालिमको आयोजना गरेको हो। समापन कार्यक्रममा ३ जनालाई इ–रिक्सा, २ जनालाई इ–रिक्साको ब्याट्री, ५ जनालाई सिलाई–कटाई मेसिन वितरण गरिएको थियो । उनिहरुसँगै ७ जना सिलाई–कटाई तालिम, ५ जनालाई ब्यूटी पार्लर तालिम तथा ६ जना कम्प्युटर तालिममा सहभागी लगायत विभिन्न तालिम लिएका ३१ जनालाई प्रमाणपत्र वितर

    • प्रकाशित मितिः पुस १३, २०८२
    • ३२१ पटक पढिएको
  • धनकुटामा अलैँची उत्पादन बढ्यो

    इटहरी । धनकुटामा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको जमिन बढेपछि धनकुटामा अलैचीको उत्पादन बढेको हो। अघिल्लो वर्षको तुलनामा यस वर्ष ६ दशमलव ५२ प्रतिशतले अलैँची उत्पादन बढेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ। धनकुटामा गत आर्थिक वर्षमा १ सय २७ हेक्टर क्षेत्रफलमा अलैचीँ खेती भएकोमा यस आर्थिक वर्षमा १ सय ३३ हेक्टर क्षेत्रफलमा अलैचीँ उत्पादन भएको थियो। जसमा धनकुटामा गत आर्थिक वर्षमा ४० दशमलव ३ मेट्रिक टन अलैचीँ उत्पादन भएकोमा यस आर्थिक वर्षमा ४२ दशमलव ६४ मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले जानकारी दिनुभयो। धनकुटामा गत आर्थिक वर्षमा उत्प

    • प्रकाशित मितिः पुस १३, २०८२
    • ३२८ पटक पढिएको
  • पाँचथरको फिदिम नगरपालिका ४ मा रुखबाट लड्दा ८० वर्षीय वृद्धको निधन

    इटहरी। पाँचथरको फिदिम नगरपालिका ४ मा रुखबाट लड्दा ८० वर्षीय वृद्धको  निधन भएको छ । ज्यान गुमाउनेमा फिदिम ४ थापाटारका ८० वर्षीय चुडामणि थापा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। शनिबार बिहान घाँस काट्न जानु भएका थापा साँझसम्म घर नर्फेपछि खोजतलास गर्ने क्रममा आफन्त र छिमेकीले मृत अवस्थामा फेला पारेका थिए । खबर पाए लगत्तै पुगेको प्रहरीले घटनास्थलको स्थलगत मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको प्रहरीको भनाई छ ।करिब २५ फिट अग्लो टाँकीको बोटमा घाँस काट्ने क्रममा थापाको रुखदेखि खसेर ज्यान गएको प्रहरीको भनाइ छ ।  

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २३९ पटक पढिएको
  • मोरङको विराटनगर–१५ स्थित रानी क्षेत्रबाट स्रोत नखुलेको ६ लाखसहित एक व्यक्ति नियन्त्रणमा

    इटहरी। मोरङको विराटनगर–१५ स्थित रानी क्षेत्रमा स्रोत नखुलेको नेपाली नगदसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले आइतबार विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका ६ बस्ने अरबिन्द्र अग्रवाललाई ६ लाखसहित नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ हुण्डी रकमको कारोबार भइरहेको सूचनापछि प्रहरी टोलीले प्रदेश नं। १–०४–००१ च।०१६४ नम्बरको कारलाई निगरानीमा राखेको थियो । निगरानीकै क्रममा रानी–विराटनगर सडकखण्ड हुँदै रानीबाट विराटनगरतर्फ जाँदै गरेको उक्त कारलाई विराटनगर–१५ स्थित सुनसरी ट्रेडिङ सेन्टर ९पेट्रोल पम्प० अगाडि रोकी जाँच गरिएको थियो। कार रो

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २२३ पटक पढिएको
  • लेटाङ रनको तेस्रो संस्कारण माघ १ गते मोरङको लेटाङमा हुने

    इटहरी । लेटाङ रनको तेस्रो संस्कारण माघ १ गते मोरङको लेटाङमा हुने भएको छ । आयोजक लेटाङ रनले पत्रकार सम्मेलन गर्दै माघ १ गते करिव ८ सय धावकहरूको प्रतिस्पर्धाका बिच लेटाङ रनको आयोजना हुने जानकारी दिएको छ । लेटाङ रनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धावकहरुको समेत सहभागिता रहने बताउँदै आयोजक समितिका अध्यक्ष किरण राईले यसवर्ष चार वटा विधामा महिला र पुरुषतर्फ अलग अलग प्रतिस्पर्धा सञ्चालन गरिने जानकारी दिनुभयो । सबैभन्दा ठूलो पुरस्कार राशी खुला पुरुषरमहिला तर्फको १० किलोमिटरको म्याराथन रहनेछ । जसमा देश विदेशका खेलाडीहरुले खुलारुपमा सहभागिता जनाउने छन् । यस विधामा महिला र पुरुष दुवैतर्फ प्रथम

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २०० पटक पढिएको
  • काँकड्भिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात

    इटहरी ।  चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकड्भिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजारको अलैँची भारततर्फ निर्यात भएको छ । कार्यालयका अनुसार उक्त अवधिमा एक अर्ब ८५ करोड ६२ लाख सात हजारको चिया र ८३ करोड ७० लाख ८६ हजारको प्लाइउड निर्यात भएको छ । साथै ४८ करोड ५२ लाख ७३ हजारको छुर्पी, ४४ करोड ९९ लाख ११ हजारको भेनियर सिट, ३७ करोड ४५ लाख ३८ हजारको अदुवा र सुठो, ३० करोड ४१ लाख ४९ हजारको अम्रिसो र ११ करोड ३१ लाख ९१ हजार मूल्य बराबरको काउली र बन्दागोपी निर्यात भएको छ

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २७४ पटक पढिएको
  • ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको काम सुरु

    इटहरी। ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको काम सुरु भएको छ । बहु प्रतिक्षित तथा चर्चित आयोजनाका रुपमा रहेको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजना निर्माणको काम सुरु भएको हो । जिल्लास्थित मेवा खोला र तमोर नदीको पानीको उपयोग गरी आयोजना निर्माण गर्न लागिएको छ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको प्रवर्धनमा निर्माण हुने आयोजनाको काम सुरु भएको छ । निर्माणको काम सुरु भएसँगै हालसम्म करिव २२ प्रतिशत कामको प्रगति भइसकेको प्रवर्धक कम्पनीका संस्थापक अध्यक्ष एवम् सञ्चालक भानेन्द्रकुमार लिम्बूले जानकारी दिनुभयो । सञ्चालक लिम्बूका अनुसार कम्पनीको मूख्य का

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २७९ पटक पढिएको
  • इटहरीमा तेक्वान्दो जुनियर रातो, रातो / कालो पेटी ग्रेडिङ्ग सम्पन्न

    इटहरी । इटहरीमा तेक्वान्दो जुनियर ग्रेडिङ रातो, रातो कालो पेटी ग्रेडिङ्ग सम्पन्न भएको छ । इटहरी स्थित पकली माध्यमिक विद्यालयमा राष्ट्रिय तेक्वान्दो संघ सुनसरीको आयोजनामा तेक्वान्दो जुनियर ग्रेडिङ रातो, रातो ÷ कालो पेटी ग्रेडिङ्ग सम्पन्न भएको हो। ग्रेडिङ्गमा २८ जना रातो–कालो पेटी भएका र १८ जना कालो पेटी भएका विद्यार्थीहरूले परीक्षा दिएका थिए । परीक्षामा उत्तीर्ण गरेका विद्यार्थीहरूले प्रमाणपत्र प्राप्त गरेका छन् । राष्ट्रिय तेक्वान्दो संघ सुनसरीका अध्यक्ष खगेंद्र कुटवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी इटहरी वडा नं. ५ का वडाध्यक्ष भिष्म कुमार घिमिरे, राष्ट्रिय तेक्वान्दो संघ

    • प्रकाशित मितिः पुस १३, २०८२
    • ३३३ पटक पढिएको
  • प्रदेश र सङ्घीय सरकारद्वारा आफ्ना मागप्रति चासो नदेखाएको स्थानीयको गुनासो ःपथरी शनिश्चरे र कानेपोखरी पालिका जोड्ने दुई अस्थायी (हिउँदे) पुल संचालनमा

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिका जोड्न  स्थानीय नागरिकहरूले पथरी शनिश्चरे नगरपालिका र वडा कार्यालयको सहयोगमा हिउँदे अस्थायी पुल निर्माण गरेका छन् ।   हरेक वर्ष वर्षयाममा आवतजावतमा समस्या झेल्दै आएका उनीहरुले हिउँद भरका लागि मात्रै भए पनि अस्थायी पुल निर्माण गरेका हुन् । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ को शुक्रबारे र मंगलबारेमा पर्ने डाँस खोलामा वडा कार्यालय र नगरपालिकाको जेसीबी डोजर र ट्याक्टर, स्थानीयहरुको बाँस र श्रम मिलाएर हिउँदे पुल निर्माण भएको वडा अध्यक्ष नवीनजंग कार्कीले जानकारी दिनुभयो। हरेक वर्ष यातायात सहजताका लागि उक्त स्थानमा अस्थायी हि

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २७८ पटक पढिएको
  • हरिनगरमा पहिलो टि–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु

    इटहरी । हरिनगर स्पोट्र्स क्लबको आयोजनामा पहिलो टि–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ । जिल्ला क्रिकेट सङ्घ सुनसरीको समन्वयमा हरिनगर खेलमैदानमा १२ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १० गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष मोहम्मद गजाली अन्सारीले जानकारी दिनुभयो। प्रतियोगिताको उद्घाटन हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले गर्नुभएको हो। उद्घाटन खेल रोलेक्स क्रिकेट क्लब भोक्रा नरसिंह र जुद्धगञ्ज क्रिकेट क्लब जुद्धगञ्जबीच सम्पन्न भएको थियो  । उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष गफार अन्सारीले खेलकुद क्षेत्रको विकासका लागि आफू सधैँ तत्पर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभ

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २४२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]